क्यानले खेलाडी अनुबन्ध गर्ने
१९ पौष २०७१
•
८ मिनेट पाठ
क्यानले खेलाडी अनुबन्ध गर्ने
काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रियस्तरका २२ खेलाडीलाई मासिक निश्चित पारिश्रमिक उपलब्ध गराउने गरी सेन्ट्रल कन्ट्र्याक्ट गर्ने तयारी गरिरहेको छ। वर्तमान राष्ट्रिय टोलीका बैकल्पिकसहित सबै १८ र विभिन्न उमेर समूहका चार प्रतिभावान खेलाडीलाई चार वर्गमा विभाजन गरी यसै साता सम्झौता गर्न लागेको क्यान स्रोतले नागरिकलाई जानकारी गराएको छ।




अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट एसोसिएट राष्ट्रका लागि 'हाइपर्फमेन्स प्रोग्राम' अन्तर्गत आउने बजेट खेलाडीकै लागि खर्च गर्ने उद्देश्यअनुरुप सम्झौता गर्न लागिएको क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले बताए।

उनका अनुसार तत्काल जनवरी १ बाट लागू हुनेगरी खेलाडीसँग एकवर्षे सम्झौता गरिनेछ। त्यसपछि प्रत्येक वर्ष समीक्षासाथ नवीकरण गर्ने क्यानको योजना छ। राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेसँगको सल्लाहअनुसार क्यानले कन्ट्रयाक्ट गर्न लागेको कर्माचार्यले बताए।

कन्ट्रयाक्टका लागि क्यानले २२ खेलाडीलाई चार वर्गमा विभाजन गरेको छ। कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित ६ जना 'ए' वर्गमा परेका छन् भने 'बी' र 'सी' वर्गमा पनि ६–६ जना छन्। सेन्ट्रल कन्ट्रयाक्टका लागि छानिएका बाँकी चार खेलाडी 'डी' वर्गमा परेका छन्। क्यानले कन्ट्रयाक्टका लागि तयार गरेको प्रारम्भिक प्रस्तावअनुसार 'ए' वर्गमा पर्ने खेलाडीले मासिक ३५ हजार रुपैयाँ पाउने छन् भने 'बी' मा पर्नेले मासिक २५ हजार पाउने व्यवस्था छ। यसैगरी 'सी' मा पर्नेलाई १० हजार रुपैयाँका दरले दिने प्रस्ताव गरिँदा 'डी' मा पर्नेलाई मासिक ५ हजार रुपैयाँ प्रोत्साहनस्वरुप दिने बताइएको छ।

'ए' वर्गमा पारस र ज्ञानेन्द्रसहित शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी र सुवास खकुरेल छन्। 'बी' मा सोमपाल कामी, सागर पुन, नरेश बुढाऐर, अमृत भट्टराई, विनोद भण्डारी र भुवन कार्की छन् भने 'सी' वर्गमा जितेन्द्र मुखिया, आरिफ शेख, अनिल मण्डल, राहुल विश्वकर्मा, प्रदीप ऐरी र महबुब आलम परेका छन्। 'डी' वर्गमा भने राष्ट्रिय टोलीका नवप्रवेशी करण केसीसहित राजेश पुलामी र रामनरेश गिरीको नाम प्रस्तावित छ। 'डी' मा समावेश गरिने चौथो खेलाडीको नाम निर्णय भइसकेको छैन। त्यसमा लामो समयदेखि चोटसँग संघर्ष गरिरहेका पृथु बास्कोटा र अविनाश कर्णमध्ये एक हुनसक्ने क्यानका एक पदाधिकारीले बताए।

कार्यवाहक महासचिव कर्माचार्यले डिभिजन २ का लागि नेपाली टोली दक्षिण अफ्रिका हुँदै नामिबिया जानुअघि नै सेन्ट्रल कन्ट्रयाक्ट गरिसक्ने बताए। टोली प्रतियोगिताका लागि नामिबिया पुग्नुअघि केही दिन विशेष तयारी तथा तीन अभ्यास खेल खेल्न दक्षिण अफ्रिका जाने योजनामा छ। जनवरी १ का दिन दक्षिण अफ्रिका जाने बताइए पनि भिसा समस्याका कारण टोली अझै नेपालमै अभ्यास गरिरहेको छ। समयमा दक्षिण अफ्रिकाको भिसा पाए राष्ट्रिय टोली बुधबार त्यसतर्फ जानेछ। सुरुमा दक्षिण अफ्रिकामा स्थानीय टोलीहरूसँग चार अभ्यास खेल खेल्ने बताइए पनि निर्धारित समयमा जान नपाएपछि अब नेपालले तीन खेलमात्र खेल्न सक्नेछ।

'डिभिजन २ का लागि उता जानुअघि कन्ट्रयाक्ट गरिसक्ने हाम्रो योजना छ। तर अहिले धेरै कुरा निर्णय भइसकेको छैन। हामीले कन्ट्रयाक्टको खाकामात्र तयार गरेका छौं। सोमबारको बैठकबाट त्यसलाई अन्तिम रुप दिएर मंगलबार कन्ट्रयाक्ट गर्ने योजना छ,' कर्माचार्यले भने, 'आउँदो केही दिनमै औपचारिक सम्झौता गर्न हामी जुटेका छौं। मुख्यत हाइपर्फमेन्सका लागि आउने पैसाबाट खेलाडीलाई प्रोत्साहित गरेर आगामी दिनमा थप राम्रो नतिजा ल्याउन आधार बनाउने हाम्रो योजना हो।'

आइसिसीले २००१ मा टेस्ट खेल्ने र नखेल्ने देशबीचको क्रिकेट स्तर कम गर्ने उद्देश्यका साथ 'हाइपर्फमेन्स प्रोग्राम' सुरु गरेको हो। त्यसमा उच्च प्रदर्शनसाथ सम्भावना प्रस्तुत गरेका एसोसिएट सदस्य राष्ट्रलाई अतिरिक्त आर्थिक सहयोग, आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको कार्यक्रममातहत नियमित प्रशिक्षण व्यवस्था, शीर्ष विपक्षीविरुद्ध थप अभ्यास खेलको अवसर दिने लगायतका कार्यक्रम छन्। नेपालले 'हाइपर्फमेन्स प्रोग्राम' अन्तर्गत वार्षिक ५० हजार डलर पाउँछ।

२०६८ मा राष्ट्रिय खेलकुद परिषदले क्यान पुनर्गठन गर्दै माओवादी नेता टंक आङबुहाङको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको थियो। आङबुहाङ नेतृत्वको कार्यसमितिले क्यानमा आउनेबित्तिकै राष्ट्रिय खेलाडीलाई मासिक ५ हजारका दरले पारिश्रमिक दिन थालेको थियो। गत वर्ष बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकपका लागि छनोट भएपछि डेढ वर्षअघिदेखि खेलाडीको पारिश्रमिक दोब्बर गरेर १० हजार पुर्यािइएको थियो।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले क्यानसँगको अनुबन्धनबाट खेलाडीलाई फाइदा पुग्ने बताए। 'कन्ट्रयाक्टपछि खेलाडीको हक सुनिश्चित हुन्छ। त्यसमा खेलाडीका लागि नियमहरु पनि लागु हुन्छन्। जसले गर्दा हामीलाई पनि के गर्न हुने के नहुने जस्ता विषयमा जानकारी हुन्छ,' पारसले भने, 'क्यान, खेलाडी र प्रशिक्षक सबैको प्रयासमा यो हुन लागेको हो। पद्दतिमा जान यो सम्झौताले सहयोग पुग्नेछ।'

क्यानले कन्ट्रयाक्टको प्रस्ताव राष्ट्रिय टोलीलाई दिएको र त्यसमाथि खेलाडीहरुबीच छलफल भएको पनि उनले बताए।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस