काठमाडौं-नामिबियाबाट उपाधि जितेर फर्कने लक्ष्यसाथ नेपाली राष्ट्रिय क्रिकेट टोली विशेष तयारी गर्न बुधबार दक्षिण अफ्रिकातिर लागेको छ। जनवरी १७ देखि २४ सम्म नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को उपाधि जित्ने लक्ष्यमा नेपालले दक्षिण अफ्रिकामा एक साता विशेष अभ्यास तथा तीन अभ्यास खेल खेल्ने योजना बनाएको छ। टोली जनवरी १३ मा दक्षिण अफ्रिकाबाट नामिबियातिर लाग्नेछ।प्रशिक्षक पुबुदु दासानायके र कप्तान पारस खड्काको भनाइ मान्ने हो भने यसपालि नेपाली टोलीको तयारी विगतभन्दा धेरै राम्रो छ। त्यसैले उपाधि आशा गर्न सकिन्छ। उपाधि नभए शीर्ष दुईमा पर्ने, भाग्यले अझै ठगे शीर्ष चारमा पर्ने प्रशिक्षकको विश्वास छ। त्योभन्दा तल हुने सम्भावना नदेखेका प्रशिक्षक पुबुदुको विश्वास छ, ‘हामी जित्नेमा पूरा विश्वस्त छौं। केही कुराले खेलका दिन साथ नदिए दोस्रो हुन सकिन्छ। अझै नतिजा बिग्रिए शीर्ष चार पक्का छ। त्यो पनि भएन भने दुर्भाग्यका कारण मात्र नहुन सक्छ।'
विश्व क्रिकेट लिगअन्तर्गत डिभिजन २ नेपालका लागि निकै महत्वपूर्ण प्रतियोगिता हो। यो प्रतियोगिताको नतिजाले धेरै हदसम्म नेपाली क्रिकेटको भविष्यलाई निर्धारण गर्नेछ। त्यसैले यो प्रतियोगितालाई नेपाली टोलीले निकै गम्भीरतापूर्वक लिएको छ। कप्तान पारसका अनुसार खेलाडीले नेपाली क्रिकेटलाई नयाँ स्तरमा पुर्या्उन आफ्नो तर्फबाट सतप्रतिसत मिहिनेत गर्नेछन्। ‘हामी आफ्नो तर्फबाट गर्न सक्ने जति सबै नामिबियामा गर्नेछौं,' उनले भनेका थिए, ‘यसपालि तयारी राम्रो भएकाले उपाधि नै जित्ने हाम्रो विश्वास छ।'
डिभिजन २ मा नेपालको पहिलो लक्ष्य शीर्ष दुईमा रहनु हुनेछ। त्यसो नभए कम्तीमा शीर्ष चारमा पर्न नेपालले प्रयास गर्नेछ। शीर्ष चारभित्र परे पनि त्यो नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि हुनेछ। पुछारका दुईमा सीमित भए नेपाल फेरि डिभिजन ३ मा झर्नेछ। जसलाई प्रशिक्षक पुबुदु ‘अकल्पनीय' भन्न रुचाउँछन्।
शीर्ष दुईमा परे टोली डिभिजन १ मा उक्लने छ। जसले आगामी चार वर्षका लागि नेपाललाई एकदिवसीय मान्यता दिलाउने छ। डिभिजन १ मा हालका आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, पपुवा न्युगिनी, संयुक्त अरब इमिरेट्स र हङकङ तथा डिभिजन २ बाट जाने दुई टोली गरी आठ टोलीबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप हुनेछ। चारवर्षे अवधिमा लिग च्याम्पियनसिपका देशले सबै सात विपक्षीसँग होम एन्ड अवे पद्धतिमा चारदिवसीय, एकदिवसीय तथा ट्वान्टी–२० खेल खेल्नेछ।
च्याम्पियनसिपका शीर्ष दुई टोली सन् २०१९ को एकदिवसीय विश्वकपलाई सोझै छनोट हुनेछन्। साथमा च्याम्पियनसिपका शीर्ष टोलीले टेस्ट वरीयताको पुछारमा रहेका देशसँग टेस्ट शृंखला खेल्न पाउनेछ। त्यो शृंखलाले टेस्टको आधिकारिक मान्यता पाउनुका साथै भविष्यमा टेस्ट मान्यता दिलाउन ठूलो भूमिका खेल्न सक्छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले कुनै पनि देशलाई एकदिवसीय वा टेस्ट मान्यता दिन त्यहाँको भौतिक पूर्वाधार, घरेलु क्रिकेट संरचना, बजेटको आन्तरिक स्रोत, दर्शक लगायतका विषयको अध्ययन गर्ने गर्छ।
आयोजक नामिबियासँगै नेपाल, क्यानाडा, केन्या, नेदरल्यान्ड्स र युगान्डा गरी ६ टोलीले राउन्ड रोबिन लिग पद्धतिमा प्रतिस्पर्धा गर्ने प्रतियोगितामा तेस्रो वा चौथो भए पनि नेपाल डिभिजन २ मा यथावत हुनेछ। यसो भए नेपाल आइसिसीको ‘हाइपर्फमेन्स टिम' मा पर्नेछ र टोलीले डिभिजन २ का देशबीच हुने आइकप खेल्न पाउनेछ। आइकपमा नेपालले सबै पाँच विपक्षीसँग होम एन्ड अवे पद्धतिमा तीनदिवसीय खेल खेल्नेछ। साथमा ‘हाइपर्फमेन्स टिम' मा परेपछि नेपालले अहिले एसियाली क्रिकेट परिषद (एसिसी) र आइसिसीबाट पाइरहेको सहयोग वृद्धि हुने तथा बलिया देशसँग सबै स्वरुपमा थप अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाउनेछ।
नेपालले अहिले वार्षिक ४ लाख डलरको हाराहारीमा सहयोग पाइरहेकोमा डिभिजन २ मा टिकिरहन सके वार्षिक करिब ७ लाख डलर पाउने सम्भावना रहन्छ।
नेपाली टोलीको लक्ष्य प्रस्ट छ, सके उपाधि जित्ने वा दोस्रो हुने। नसके पनि शीर्ष ४ मा समेटिने। तर के लक्ष्य हासिल गरेर टोली फर्किए त्यसका लागि नेपाली क्रिकेट तयार छ त?
राष्ट्रिय खेलकुद परिषदका प्रमुख क्रिकेट प्रशिक्षक जगत टमाटा भन्छन्, ‘यत्तिकैमा सम्भव छैन। टिम डिभिजन २ मा पुगिसक्यौं। हाम्रो भौतिक पूर्वाधार र घरेलु क्रिकेट संरचना परापूर्वकालकै छ। टिमको सुधारजस्तै यसमा पनि विकास गर्नुपर्छ।'
टमाटाको विचारमा नेपाल डिभिजन १ मा उक्लिएको वा डिभिजन २ मा टिकेको दुवै अवस्थामा नयाँ कार्यक्रम सुरु हुन केही महिना लाग्नेछ। त्यतिन्जेलमा नेपालले भौतिक पूर्वाधार र क्रिकेट संरचनामा क्रान्तिकारी परिवर्तन गरे सम्भावना प्रचुर रहेको उनी बताउँछन्। ‘हामीसँग अहिले राष्ट्रिय टोलीमा १८ जनाको विकल्प छैन। बेन्च अत्यन्तै कमजोर छ। अझ बेन्च नै छैनभन्दा पनि फरक पर्दैन। डिभिजन २ वा १ मा रहेपछि हामीलाई कम्तीमा पनि तीनवटा टिम चाहिन्छ। विकल्प अहिलेभन्दा तीन गुणा बढी आवश्यक हुन्छ। त्यसका लागि घरेलु संरचनामा व्यापक परिवर्तन गर्नुको विकल्प रहन्न,' टमाटा भन्छन्, ‘होम एन्ड अवे पद्धतिमा धेरै खेल खेल्नुपर्ने भएपछि भौतिक पूर्वाधार पनि समयमै सुधार नथाल्ने हो भने थेग्न कठिन हुन्छ।'
नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे पनि वर्तमान अवस्थामा सुधार नगरे आउन लागेको उपलब्धि थेग्न गाह्रो हुने स्वीकार्छिन्। भन्छिन्, ‘हाम्रो टिमले मैदानमा धेरै राम्रो प्रदर्शन गरिरहेको छ। तर मैदान बाहिर नेपाली क्रिकेटको प्रदर्शन राम्रो छैन। हामीले घरेलु संरचनामा व्यापक सुधार गर्नुपर्छ र भौतिक पूर्वाधार पनि बनाउनुपर्छ। यसपालि टोलीले हामीलाई उपलब्धि दिने सम्भावना धेरै छ। तर सबैले उत्तरदायित्व बहन नगरे त्यसपछिको अवस्था थेग्न कठिन हुनसक्छ।'
क्यानका एक असन्तुष्ट सदस्य नेपाल डिभिजन १ मा उक्लिए देशको ‘आन्तरिक दरिद्रता र बेथिति' को नतिजा छरपष्ट हुने विचार राख्छन्। नेपालमा अन्तर्राष्ट्रिय ट्वान्टी–२० स्तरअनुसार रंगशाला नभएका कारण हङकङविरुद्धको शृंखलाका लागि त्यहाँ वर्षा हुने समयमा श्रीलंका जानुपरेको दाबी गर्दै ती सदस्यले भने, ‘नेपालको क्रिकेट प्रशासन कहिल्यै पनि खेलको विकासमा गम्भीर भएन। टिमको उपलब्धिमा जस लिन हतारिनु बाहेक संघका पदाधिकारीले कहिल्यै दीर्घकालीन योजना ल्याउन सकेनन्। सरकार र राष्ट्रिय खेलकुद परिषद पनि सधैँ राजनीतिक फाइदा हुने खालका सस्ता कार्यक्रममै अल्भि्कए।'
सन् २०१३ मा डिभिजन ३ जितेर २ मा उक्लिएको नेपाल गत वर्ष जनवरीमा न्युजिल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका सहभागी १० टोलीमध्ये नवौं भएपछि पुनः डिभिजन ३ मा घटुवा भएको हो। त्यतिखेर टोलीका कप्तान पारससहित ओपनिङ ब्याट्सम्यान एवं विकेटकिपर सुवास खकुरेल घाइते हुँदा नेपाल घटुवा हुनुपरेको थियो। ‘बेन्च कमजोर भएकाले त्यस्तो नतिजा बेहोर्नुपरेको हो। त्यसले नेपाली क्रिकेटको वास्तविक अवस्था चित्रण गर्योब,' क्यानका सदस्यले भने।
गत वर्ष रेलिगेसनमा परेको नेपालले आइसिसीबाट तत्कालै अर्को मौका पायो। पहिलो मौकालाई नै सदुपयोग गर्ने क्रममा टोलीले दुई महिनाअघि मलेसियामा सम्पन्न डिभिजन ३ को उपाधि जितेर डिभिजन २ मा फर्किएको हो।