कपिलवस्तु क्रिक्रेट संघकोे अध्यक्षमा प्रकाश गैरे निर्बिरोध निर्वाचित भएका छन्। संघको तौलिहवामा संपन्न दोश्रो अधिवेशनले गैरेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरहेको हो। गैरे दोश्रो कार्य कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका निर्वाचन मण्डलका संयोजक कृष्ण पौडेलले बताए।
समितिको उपाध्यक्षमा बिश्वेन्द्र सिंह रावल, सचिवमा अजय शर्मा, कोषाध्यक्षमा पदमराज श्रेष्ठ रहेका छन्। यस्तै समितिको सदस्यहरुमा अरुणकुमार खड्का, राजेश प्रताप शाक्य, दिनेश हमाल, माया ज्ञवाली, चन्द्रकान्त शर्मा, हबिव अहमद खा र रिषिकेश श्रेष्ठ छन्। सो अवसरमा जिल्लाका २ पूर्व क्रिक्रेटरहरुलाई सम्मानित गरिएको थियो। पूर्व क्रिकेटर चर्तुभुज उपाध्याय र लुम्बिनी क्रिकेट संघका प्रदेश सदस्य कैलाश रोका मगरले पूर्व क्रिकेटर अरुण खड्का र हबिव अहमद खालाई दोसल्ला र कदर पत्रले सम्मानित गरेका थिए। पूर्व क्रिकेटर खालाई ज्याकेट समेत प्रदान गरिएको थियो।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष गैरेले जिल्लाको क्रिकेटको विकासमा आफू लागि पर्ने बताए। कपिलवस्तुमा क्रिकेटको क्रेज बढीरहेको र खेलाडीहरुले राम्रो गरीरहेको भन्दै उनले खेलाडी र खेलको विकासका लागि सक्दो प्रयास गर्ने बताए। सो अवसरमा पूर्व क्रिकेटर शर्माले क्रिकेटको विकासमा समितिले नयाँ योजनासहित अघि बढ्नु पर्ने बताए।
यस्तै प्रदेश सदस्य रोकाले लुम्बिनी प्रदेशमा कपिलवस्तुको क्रिकेटमा राम्रो संभावना रहेको बताए। उनले खलाडीहरुलाई प्रोत्साहन गरी अघि लैजानु पर्ने बताए। प्रकाश गैरेको अध्यक्षता र माया ज्ञवालीको संचालनमा भएको कार्यक्रममा पदमराज श्रेष्ठले ४ वर्षे कार्यकालको प्रगति बिवरण प्रस्तुत गरको थिए। सो अवसरमा निर्वाचन मण्डलका संयोजक कृष्ण पौडल लगायतले शुभकामना मन्तव्य दिएका थिए।