२० औं आहा रारा गोल्डकपः एपीएफसँग सहारा उद्घाटनमा तेस्रोपटक पराजित
०६ माघ २०७८
•
३ मिनेट पाठ
२० औं आहा रारा गोल्डकपः एपीएफसँग सहारा उद्घाटनमा तेस्रोपटक पराजित
सहाराका खेलाडीले घेरिएको बीचमा हेड गर्दै एपीएफका प्रदीप लामा। तस्बिरः उमेश पुन
उद्घाटन खेलमा हारको श्रृखंलालाई दोहोर्‍याएको सहाराले २० औं संस्करणको आहा रारा गोल्डकपलाई अविस्मरणीय बनाउन चुक्दा सशस्त्र प्रहरी बल(एपीएफ) भने क्वार्टरफाईनल प्रवेश गरेको छ। बिहीबार २–० को जित निकालेको एपीएफले आहा रारा गोल्डकपको संस्करणमा तेस्रो भेटपनि सहाराको चुनौतिलाई पन्छायो। पहिलो पटक अफ्रिकन खेलाडीलाई आफ्नो जर्सीमा मैदान उतारेको एपीएफले क्वार्टरफाईनल भेट भने अमेरिकन टोली भटानिज युथ सोसाईटी क्लबसँग पक्का गरेको छ।




०७५सालमा एपीएफसँगै उद्घाटन खेलमा टाईब्रेकरमा पराजित भएको सहाराले ०७७ सालमा पनि १–० ले पराजित भएको थियो। एपीएफसँग दुईपटक उद्घाटन खेलमा पराजित भएको बदला लिने अवसर तेस्रो पटकका पनि सहाराले सदुपयोग गर्न सकेन। घरेलु मैदानमा टिकट काटेर हेर्ने दर्शकविहीन अवस्थामा सहाराले सोचेजस्तो प्रदर्शन देखाउन सकेन। निकै कमजोर देखिँदा पहिलो गोल १४ औं मिनेटमा घरेलु क्लबले घरेलु मैदानमा सामना गर्यो।

अर्मण्ड बेडाउनले दिएको पासलाई आवास लामिछानेले सट पास कप्तान नविन लामालाई दिए। नविन लामाले वान टच पास आवासलाई मिलाईदिए। पेनाल्टी बक्सभित्र मिलाईदिएको वान टच पासलाई लामिछानेले सेकेण्ड बार च्याप्दै गोल गरे। उनको गोलसँगै एपीएफले अग्रता लिन पुग्यो। अर्मण्डले गोलकिपर कुरियामा युकाको लङबललाई कलेक्ट गर्दै पास उपलब्ध गराएका थिए।

खेलको २१ औं मिनेटमा शसस्त्रले अर्मण्डको पासलाई विके तामाङले सदुपयोग गर्न सकेनन्। सहाराले पनि पहिलो हाफमा केही राम्रो अवसर पाएपनि बराबरी गोलगर्न चुक्यो। २५ औं मिनेटमा शुशिल लामाको पासलाई अजय मार्टिनले  सिक्स यार्डबक्स बाहिर कसैको निगरानीमा नरहेका जीवन रायमाझीलाई पास उपलब्ध गराए। तर रायमाझीले बललाई पोष्टको दिशाभन्दा धेरै बाहिर फाले। ३० औं मिनेटमा कप्तान मनबहादुर तामाङले दिएको फ्रिकिक बललाई शुशिल लामाको हेड क्यिलर हुन पुग्यो। पहिलो हाफको इन्जुरी समयमा मनबहादुर तामाङले हानेको फ्रिकिक बललाई एपीएफका गोलकिपरले पन्च गरे। पन्च गरेको बललाई सहाराका मुकुन्द निउरेले हानेको हेडबल बाहिरगयो।

खेलको ५३ औं मिनेटमा शसस्त्रको भाग्यमा ठेस लाग्यो। नविन लामाले हानेको फ्रिकिक बललाई अग्ला कदका अफ्रिकन स्ट्राईकर अर्मण्ड बेडाउनको हेड क्रसबारमा लागेर बाहिरियो। अग्रता दोब्बर बनाउने महत्वपूर्ण अवसरलाई गुमाएको एपीएफले ६० औं मिनेटमा अग्रतालाई दोब्बर बनाई छाड्यो। रवि तामाङको पासमा डिबक्सभित्र क्लियर हुन नसकेको बललाई उपयोग गर्दै प्रदीप लामाले सेकेण्ड बारमा गोल गरेपछि जितको प्रष्ट आधार देखियो।  

७९ औं मिनेटमा डिबक्स लाईन नजिकै बाहिर पाएको फ्रिकिकलाई एपीएफले सदुपयोग गर्न सकेन। नविन लामाको क्रसपासलाई सहाराका कप्तान मानबहादुर तामाङले हेड गर्दै क्लियर गरे। सहाराले ५९ औं मिनेटमा पिटर सेगुनले शुशिल लामाको पासलाई सदुपयोग गर्न नसकेपछि सहारा गोलविमुख हुँदै २० औं संस्करणको आहा रारा गोल्डकपको यात्राबाट विट मार्यो। अफ्रिकन खेलाडी स्टपर र स्ट्राईकरलाई उतारेको थियो। सहाराले भने पुरानै अफ्रिकन खेलाडी पिटर सेगुनलाई स्ट्राईकरको जिम्मेवारी दिएको थियो।  

‘जुन रुपमा गोल हान्न सक्नुपर्ने हान्न सकेन। सहारामाथि जितको ह्याट्रिक गर्यौं’, एपीएफका प्रशिक्षक कुमार थापाले भने, ‘सहाराले दुई चार जना खेलाडी क्लबहरुबाट ल्याएर टिम बनायो। हामीलाई खेल्न सजिलो भने तर जुन रुपमा गोल गर्नुपर्ने थियो त्यो सकेनौं।’ खेलमा एपीएफका नविन लामा प्लेयर अफ दि म्याच घोषित भए।  

टिम राम्रै भएपनि खेलाडीहरु बीच समन्वय नहुदाँ पराजित भएको सहाराका प्रशिक्षक प्रल्हाद हिराचनले बताए। ‘टिम सेट ढिला भयो। खेलाडी बीच समन्वय नै हुन सकेन,’ उनको भनाई थियो। शुक्रबारको खेल नेपाल पुलिस क्बलले हिमालयन शेर्पासँग खेल्ने छ।  

हिमश्री फुड्सको प्रायोजन,सहारा क्लबको आयोजनामा बिहीबारदेखि शुरु भएको २० औं आहा रारा गोल्डकपको प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङले गरेका थिए। उद्घाटन समारोहमा सर्वोत्कृष्ठ राष्ट्रिय खेलाडी सम्मानबाट नेपाली राष्ट्रिय टोलीका सदस्य अन्जन विष्टलाई सम्मान गरिएको थियो। विष्टलाई दोसल्ला ओढाई नगद ३५ हजार पुरस्कार राशीबाट सम्मानित गरिएको थियो।
अर्को समाचार
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
५५ मिनेट अघि
•
१ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।




बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्गको डाँगिहाट रंगशालामा पुस ४ देखि १० गतेसम्म हुन लागेको प्रतियोगिताबारे आयोजक डाँगिहाट युथ क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो। क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारी क्षेत्रको पहिचान विभिन्न क्षेत्रबाट भइरहँदा खेलकुदबाट पनि अझ व्यापक गर्न गोल्डकपको आयोजना गरिएको बताए। उनले यस क्षेत्र विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृतिको संगमस्थल रहेको हुँदा यसको आफ्नै छुट्टै महत्व र स्थान रहे पनि खेल क्षेत्रबाट अझ विशेष बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको प्रस्ट्याए।

प्रतियोगिता सुगम ठाउँमा गर्न जति सजिलो र सहज छ, त्योभन्दा पनि गाह्रो मोफसलको पनि यस्तो गाउँ झन् मोफसलमा कति गाह्रो र समस्याले गरेका छौं, अध्यक्ष बान्तवाले भने, ‘सुगम ठाउँमा हुने प्रतियोगितालाई प्रायोजक र आर्थिक सहयोग सबैतिरबाट जुट्छ। तर, सहरभन्दा बाहिर गाउँमा गरिने प्रतियोगितालाई प्रायोजन गर्न खोज्दैनन्। जसका कारण प्रतियोगिता भनेजस्तो गर्न सकिँदैन। हामीलाई यस क्षेत्रबाट विदेश जानुभएकाले र यहाँका स्थानीयवासी, व्यापारी र नगरपालिकाले सहयोग गर्दै आउनुभएको हुँदा आर्थिक समस्याकाबीच एउटा भव्य र सभ्य तरिकाले गोल्डकपको ९ औं संस्करणसम्म आइपुगेका छौं।’

प्रतियोगिताले निरन्तरता पाउनु हाम्रो आर्थिक गतिविधि पारदर्शिता पनि हो भन्ने लाग्छ, अध्यक्ष बान्तवाले भने। युवा वर्गलाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै एउटा राम्रो खेलाडी उत्पादन गर्नुका साथै सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विश्वासका साथ प्रतियोगिता गर्न लागेको उनले बताए। यो मैदानमा दैनिक १ सय जनाले प्रशिक्षण गर्दै आएका छन्।

प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ। आयोजक डाँगिहाट युथ क्लब, सिरहाको सलहेश युवा क्लब, काठमाडौंको विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंको थ्रीस्टार क्लब, काठमाडौंकै प्लानिङ ब्वाइज क्लब, झापाको रेडस्टार क्लब, भोजपुरको भोजपुर जिल्ला फुटबल संघ र भारतको मिक्स क्लब खार्साङले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र मिडफिल्डरले जनही १७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिता आयोजना गर्दा करिब ७६ लाख १ हजार रुपैयाँ आम्दानी हुने र ७२ लाख ७४ हजार अनुमानित खर्च रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता रनिङ शिल्ड भएकाले एक पटक झापा र एक पटक काठमाडौंको प्लानिङ ब्वाइज क्लबले लगिसकेका छन्। गतवर्ष काठमाडौंको प्लानिङ ब्वाइज क्लब र सिरहाको सलहेश युवा क्लबबीच भएको फाइनल खेलमा प्लानिङ क्लबले उपाधि जितेको थियो।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस