अन्तिम बलमा आस गुम्दा
०३ माघ २०७१
•
९ मिनेट पाठ
अन्तिम बलमा आस गुम्दा
काठमाडौं–अन्तिम बलमा नेपाललाई जितका लागि तीन रन आवस्यक थियो। स्ट्राइकमा थिए, वसन्त रेग्मी। ९ विकेट गइसकेको अवस्थामा नन स्ट्राइकबाट करण केसीले वसन्तलाई चौकाका लागि प्रेरित गरिरहेका थिए।विश्व क्रिकेट लिग डिभिजन १ मा उक्लन वा डिभिजन २ कै हैसियत जोगाउन पनि शनिबारको खेलको महत्व सायद सबभन्दा बढि थियो। नेपाली क्रिकेटको भविष्यलाई दुरगामी प्रभाव पार्न सक्ने महत्व बोकेको प्रतियोगितामा विजयी सुरुआतका लागिमात्र युगान्डाविरुद्धको खेलको अर्थ सिमित थिएन। प्रतियोगितामा तुलनात्मक रुपमा सहज मानिएको प्रतिद्वन्द्वी भएकाले पनि नेपालसामू जित अनिवार्य थियो।
वसन्तसामू अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई जिताएर जस लिने राम्रो अवसर थियो। १५ रन बनाउने क्रममा ५४ बल सामना गर्दा उनी क्रिजमा अभ्यस्त भइसकेका पनि थिए। त्यसैले आत्मविश्वासका साथ जोखिम मोलेर उनले अन्तिम बलमा ठूलो सट खेल्ने निर्णय लिए। त्यहीअनुरुप उनले जोनाथन सेबजानाको बलमा लामो सट खेल्न खोज्दा ब्रायन मासाबालाई क्याच दिए। प्रतियोगितामा नेपालको सम्भावना एकाएक कमजोर भयो।

Players celebrate
त्यसोत ऐन मौकामा मध्यक्रमको ब्याटिङ चुक्दा युगान्डाले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको नेपाल धेरै अघि अभियानबाट लर्खडाइसकेको थियो। विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो पहिलो खेलमा नेपालले युगान्डालाई २ रनले नतिजा सुम्पिएपछि टोलीको उपाधि लक्ष्य संकटमा परेको छ। लक्ष्य पछ्याउने क्रममा अन्तिम बलसम्म संघर्ष गरे पनि नेपाल १ सय ४४ रनमा सिमित भएको थियो।
मध्यक्रममा सबभन्दा बढि आश गरिएका कप्तान पारस खड्काको ब्याट राम्ररी नचलेपछि नेपालको संकट सुरु भएको थियो। ३० रनका लागि पाँच विकेट गुमाएको नेपालका तर्फबाट उपकप्तान ज्ञानेन्द्र मल्लले सर्बाधिक ३४ रन बनाए। ज्ञानेन्द्रले धैर्यपूर्ण ब्याटिङ गर्दै ६६ बलमा १ चौका प्रहार गरेका थिए। एउटा इन्डबाट लगातार विकेट गइरहँदा ज्ञानेन्द्रले नेपालको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। पारस र शरद भेषावकरजस्ता भर गरिएका ब्याट्सम्यानहरु पाँच रन बनाएर पवेलियन फर्किदा संकटमा परेको नेपालको इनिङ विनोद भण्डारी, सोमपाल कामी र सागर पुनले पनि पार लगाउन सकेनन्। विनोद १ रन बनाएर पवेलियन फर्किए भने सोमपाल ४ रनभन्दा बढिको योगदान गर्न सफल भएनन्। 
भर गरिएका ब्याट्सम्यान सस्तैमा आउट हुँदा नेपाल ३३.३ ओभरमा ९७–६ को अवस्थामा पुगिसकेको थियो। एकातिरबाट इनिङ सम्हालिरहेका ज्ञानेन्द्र पनि ३८ औं ओभरको अन्तिम बलमा हेनरी सेनयोन्डोबाट कट एन्ड बोल्ड भएपछि नेपालको खेल जित्ने व्यवहारिक सम्भावना सकियो। ज्ञानेन्द्र आउट भएको पाँच बलपछि सागर खाता खोल्न नपाउँदै आउट भए। सागर आउट भएपछि नेपालको आशा थप पातलियो। 
तर वसन्तले धैर्य देखाइरहेका बेला शक्तिले आक्रामक खेलेर खेललाई नाटकीय मोड दिने प्रयास गरेका थिए। ४७ ओभरको समाप्तीमा १२०–८ को दयनीय अवस्थामा रहेको नेपाललाई खेलमा फर्काउने प्रयासस्वरुप शक्तिले ४८ औं ओभरमा दुई छक्का प्रहार गरेका थिए। जसका कारण अन्तिम बलसम्म नेपालको आशा टिकेको थियो। तर शक्ति ४९ औं ओभरका तेस्रो बलमा आउट भएपछि नेपालमाथिको दबाव अझै चुलिएको थियो। उनले नवौं विकेटका लागि वशन्तसँग २४ रनको आशलाग्दो साझेदारी गरेका थिए।
ओपनर सुवास खकुरेलले ३२ तथा नरेश बुढाऐरले १६ रनको योगदान गरेर मध्यक्रमलाई राम्रो आधार बनाइदिएका थिए। नरेशसँग पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका सुवासले ज्ञानेन्द्रसँग दोस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेर डेभिस कारासानीको बलमा एभ्राम मुत्यागाबालाई क्याच दिँदै पवेलियन फर्किए। 
त्यसपछि ज्ञानेन्द्रले तेस्रो विकेटका लागि पारससँग ६, चौथो विकेटका लागि सरदसँग ८, विनोदसँग पाँचौं विकेटका लागि ६ तथा सोमपालसँग छैटौं विकेटका लागि १० रनको साझेदारी गरेका थिए। करण ५ बलमा एक चौकासहित ५ रन बनाएर अविजित रहे।
युगान्डाका लागि सेन्योन्डोले तीन विकेट लिए भने काराशानी र फ्रांक एनसुबुगाले दुई/दुई तथा जोनाथन सेबान्जा र प्याटि्रक ओचानले एक/एक विकेट लिए।
यसअघि कप्तान पारसको तीन विकेटप्रेरित नेपालले युगान्डालाई १ सय ४६ रनमा रोकेको थियो। पारसले ९ ओभरमा तीन मेडनसहित १४ रन खर्चेर तीन विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको युगान्डा निर्धारित ५० ओभरको एक बल बाँकी रहँदै अलआउट भएको थियो। 
पारसले विपक्षी टोलीका दुवै ओपनरलाई पाँच रनको बीचमा आउट गर्दा युगान्डा १४.५ ओभरमा ४०–२ मा सिमित भएको थियो। १३ रन बनाएका रोजर मुकासालाई पारसको बलमा विकेटकिपर सुवास खकुरेलले क्याच आउट गरेका थिए। त्यतिखेर युगान्डाको स्कोर १०.४ ओभरमा ३५ रन थियो। त्यसको १९ बलपछि पारसले युगान्डाका अर्का ओपनर आर्थर क्योबेलाई एलबीडब्लु धरापमा पारे। क्योबेले ४२ बलमा ३ चौकासहित २३ रन बनाएका थिए। पारसले तेस्रो व्यक्तिगत सिकारका रुपमा फिलेमोन मुकोबे (३) लाई एलबीडब्लु आउट गरे। 
मुकोबे आउट हुनुअघि शक्ति गौचनले १० रन बनाएका मुत्यागाबालाई विनोद भण्डारीको हातबाट क्याच गराएर नेपालको अवस्था बलियो बनाइसकेका थिए। पाँचौ विकेट लिनका लागि भने नेपालले धेरै संघर्ष गर्नुपर्योग। मुकोबे आउट हुँदा २०.२ ओभरमा ५३–३ को संघर्षमय अवस्थामा पुगेको युगान्डाको इनिङ त्यसपछि क्रिजमा आएका ब्रायन मासाबा र काराशानीले उकास्ने काम गरे। 
मासाबा र काराशानीले पाँचौं विकेटका लागि १ सय १२ बलमा ६५ रनको साझेदारी गरेका थिए। मासाबाले वसन्त रेग्मीको बलमा सुवासबाट स्टम्पिङ हुनुअघि ७० बलमा ४ चौका र १ छक्कासहित ४३ रन बनाएका थिए। यसैगरी काराशानीले ५४ बलमा १ चौकासहित २३ रन बनाएका थिए। काराशानीलाई सुवासले रनआउट गरेका थिए। 
पारसले तीन विकेट लिनुका साथै एक रनआउट पनि गरेको खेलमा वसन्त र सोमपाल कामीले दुई/दुई विकेट लिए। वसन्तले १० ओभरमा दुई मेडन राख्दै १९ रन खर्चिएका थिए भने सोमपालले ९.५ ओभरमा ३१ रन दिएका थिए। 
प्रतियोगितामा नेपालले आइतबार नेदल्यान्ड्सको सामना गर्नेछ। सोही दिन क्यानडा र केन्या तथा आयोजक नामिबिया र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस