इलाम-सिक्किमको सुनाल्चु क्लबलाई ४–० ले हराउँदै ललितपुरको थ्री स्टार क्लब सोमबार माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। थ्री स्टारले नाम्चे क्लबविरुद्ध सुरुबाटै हाबी बन्यो। टोलीले दुवै हाफमा २–२ गोल गरेको हो। बुधबार हुने सेमिफाइनलमा थ्री स्टारको भेट नेपाल पुलिस क्लबसँग हुनेछ। पुलिसले मोरङ–११ लाई हराएको थियो।थ्री स्टारबाट सन्तोष साहुखल र अमर डंगोलले २–२ गोल गर्दै पहिलोपल्टमै टोलीलाई सेमिफाइनल पुर्या्एका हुन्। खेलको ३७औं मिनेटमा पहिलो गोल सन्तोषले दोस्रो गोल ४५औं मिनेटमा गरेका थिए। मध्यान्तरपछि ११औं मिनेटमा अमरले टोलीका लागि तेस्रो गोल गरे। उनैले ३०औं मिनेटमा अर्को गोल थपेपछि थ्री स्टारको जित फराकिलो भयो।
थ्रीस्टारका कप्तान सागर थापाले मैदान सुख्खा भएकाले खेल्न केही कठिन भए पनि फराकिलो जितले टोलीको मनोबल बढाएको बताए। उनले भने, हामी उपाधि दाबेदार हौं। टोलीका सबै खेलाडी फर्ममा रहेकाले पनि उपाधि जित्नेमा म धेरै आशावादी छु।' टोलीमा गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर जगजित श्रेष्ठ अनुपस्थित छन्। सागरले पुलिससँगको सेमिफाइनलमा उनीहरूको अभाव खड्कन नदिने दाबी थियो।
सुनाल्चु क्लवका कप्तान निमा तामाङले राष्ट्रिय टोलीका खेलाडीसम्मिलित थ्रीस्टारलाई खुलेर खेल्न नदिएको बताए। यद्यपि टोलीले अनपेक्षित रुपमा एकपक्षीय हार बेहोरेको बताए। ‘थ्री स्टार बलियो टोली हो भन्ने राम्रोसँग थाहा थियो,' उनले भने, ‘सुख्खा मैदान र अनसाइजको बलका कारण हामीलाई लय मिलाएर खेल्न गाह्रो भयो।'
सुनाल्चु क्लब भारतीय फुटबल पूर्वकप्तान भाइचुङ भुटियाको गाउँकै हो। खेलमा अमर डंगोल म्यान अफ द म्याच भए। उनले ५ हजार पुरस्कार पाए। विजेतालाई इलामका व्यापारी प्रदीप मित्तलले ११ हजार पुरस्कार दिए। मंगलबार रुपन्देही–११ र भुटानी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।