इलाम- तीन लाख पुरस्कार राशिको माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी र ललितपुरको थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार दोस्रो सेमिफाइनलमा आर्मीले रुपन्देही–११ लाई ३–० ले हराउँदै उपाधि प्रतिस्पर्धामा थ्री स्टारलाई भेटेको हो। फाइनल शनिबार हुनेछ।सदरमुकामस्थित ठूलो टुँडिखेलमा बिहीबार ३४औं मिनेटमा टंक बस्नेतले वान भर्सेज वानको अवस्थामा गोल गर्दै आर्मीलाई अग्रता दिलाए। रुपन्देहीलाई दबाबमा राखेको आर्मीबाट दोस्रो गोल नवयुग श्रेष्ठले गरे। उनले ४६औं मिनेटमा टेकबहादुर बुढाथोकीको पासमा गोल गरेका हुन्। तेस्रो गोल ७५औं मिनेटमा दीपक गुरुङले गरेका थिए।
आधा दर्जन राष्ट्रिय खेलाडी मैदान उतारेको आर्मीविरुद्ध रुपन्देहीले ए डिभिजन खेलेका अनिल ओझा र सुवास गुरुङलाई उतारेको थियो। घरेलु दर्शकको समर्थन रुपन्देहीलाई थियो।
आर्मीका प्रशिक्षक मेघराज केसीले रुपन्देहीसँग अपेक्षाअनुरुप नै जित पाएको बताए। ‘विपक्षी टिममा पनि राम्रा खेलाडी नभएका होइनन् तर लामो समय टिम सेट हुन नपाएकाले उनीहरूले खुलेर खेल्न सकेनन्,' केसीले भने, ‘अब फाइनलमा थ्री स्टारसँग पनि हामी त्यस्तै आक्रामक फुटबल खेल्छौं।'
फर्ममा रहेको आर्मीसँग पराजित भएपछि रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले हतारको तयारीमा प्रतियोगिता खेल्न आउँदा नतिजा खस्किएको बताए। ‘प्रतियोगिता सुरु हुनैलाग्दा हामी इलाम आएका हौं, टिमका कतिपय खेलाडी पोखराको खेलमा पनि व्यस्त भएकाले सोचेअनुरुप नतिजा निस्किएन,' सापकोटाले भने, ‘खेलाडी बाँडिनुपरेकाले पनि यस्तो भएको हो।'
यसअघि आर्मीले झापालाई १–० ले र रुपन्देहीले भुटानको सिएफसी क्लबलाई २–० ले पराजित गरेका थिए।