इलाम-दर्शकलाई भरपूर मनोरन्जन दिलाउँदै २–२ खेल जितेर फाइनल पुगेका त्रिभुवन आर्मी र थ्री स्टार क्लब दुवै माइभ्याली गोल्डकप जितेर राजधानी फर्कने दाउमा छ। नेपाली फुटबलका ‘हाइ प्रोफाइल' टोलीहरू सुदूर पूर्वी पहाडी जिल्लामा लामो समयपछि भइरहेको ठूलो प्रतियोगिताको फाइनलमा हार्न नचाहने मुडमा छन्।१७ वर्षअघि इलाममा भूकम्प पीडित स्मृति कपको फाइनल पुगे पनि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित थ्री स्टार यसपल्ट रित्तो हात नफर्कने पक्षमा छ। ‘पावर गेम' खेल्न अभ्यस्त आर्मी कडा प्रकृतिको मैदानमा पनि विचलित नभई खेल प्रदर्शन गर्न सफल छ। टोली ३ लाख रुपैयाँको पुरस्कार पोल्टामा हाल्न लालयित छ।
दुवै टोलीमा ए डिभिजन खेलेका खेलाडीको बाहुल्य छ। राष्ट्रिय टोलीका कप्तान सागर थापाको कप्तानीमा उत्रिएको थ्री स्टारबाट सन्तोष साहुखल, प्रकाश बुढाथोकी, सन्दीप राई, निराजन खड्का, नाइजेरियन भिक्टरले दर्शकको मन जितिसके। करिब १२ हजार दर्शकले हेर्ने अनुमान गरिएको फाइनलमा पनि थ्री स्टारकै पक्षमा समर्थक स्वर गुञ्जिने देखिएको छ।
मोफसलका केही प्रतियोगितामा दमदार प्रदर्शन गर्दै चुस्त देखिएको आर्मीमा पनि कप्तान राजु तामाङसँगै भरत खवास, टंक बस्नेत, नवयुग श्रेष्ठ, टेकबहादुर बस्नेतजस्ता राष्ट्रिय खेलाडीसम्मिलित छन्। आर्मी खेलाडी नियमित अभ्यासमा छन् र जितको शृंखला बढी भएकाले उच्च मनोबलमा छन्। शारीरिक रूपमा सुगठित उनीहरू आर्मीकै मैदान भएकाले इलामबाट खाली हात नफर्किने योजनामा छन्।
थ्री स्टारले आर्मीविरुद्ध रक्षात्मक खेल पस्किने योजना बुनेको छ। प्रशिक्षक अञ्जन केसीले आर्मी शक्तिशाली टिम भएकाले फाइनल केही रक्षात्मक र केही आक्रामक खेल्ने बताएका छन्। भन्छन्, ‘इलामबाट उपाधि जितेरै फर्किने लक्ष्यअनुरुप दमदार प्रदर्शन गर्न हामी आतुर छौं।'
लोभलाग्दो ‘टिम स्पिरिट' मा देखिने आर्मीका खेलाडी आपसमा राम्ररी परिचित छन्। मैदानमा त्यसैगरी उत्रन चाहन्छन्। आर्मीका प्रशिक्षक मेघराज केसीले आक्रामक र तालमेलयुक्त खेल पस्कँदै गोल गर्न केन्द्रित रहने जनाएका छन्। भन्छन्, ‘विपक्षी टिम कमजोर छैन भन्ने जान्दाजान्दै पनि हामी उपाधि जित्न चाहन्छौं र त्यसका निम्ति राम्रो फुटबल खेल्छौं।'
उत्कृष्ट ‘टिमवर्क' कै कारण फाइनल पुगेको उल्लेख गर्दै केसीले थ्री स्टार अहिले कमजोर नभए पनि विगतका भेटमा आफ्नो टिमले ८० प्रतिशत जित निकालेकाले उपाधि चुम्ने दाबी गरे।
थ्री स्टारका केसीले ‘इतिहास जहिल्यै उल्टिने' भन्दै आर्मीसँग यसपल्टको भेटलाई जितमा रुपान्तरण गर्ने बताए।
दुवै टोलीका सबैलाई शुक्रबार ‘इलाम चौतारी' मा सम्मान गरिएको थियो।
प्रतियोगितामा थ्री स्टारले सिक्किमको सुनाल्चु क्लबलाई ४–० ले र सेमिफाइनलमा पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो। आर्मी झापा–११ लाई १–० ले र सेमिफाइनलमा रुपन्देही–११ लाई ३–० ले हराउँदै फाइनल पुगेको हो।