चितवन-चितवनको पटिहानीमा हुने राष्ट्रिय भलिबल प्रतियोगिताका लागि एकै व्यक्तिले पाँच लाख रुपैयाँ सहयोग गरेका छन्। फागुन ४ देखि ६ सम्म हुने प्रतियोगिताका लागि विमलसिंह ठकुरीले ५ लाख रुपैयाँ उपलब्ध गराएको आयोजक समितिका संयोजक रामहरि सेढाईंले बताएका छन्। काठमाडौंमा बस्ने ठकुरी पटिहानीमा हुर्केका हुन्।प्रतियोगितामा पाँच विकास क्षेत्रका टिम, त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ क्लब, विश्वविद्यालय, ढोरपाटन, आयोजकसहित १२ टोलीले भाग लिने शनिबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।
पद्मोदय युवा क्लबले लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आइरहेको छ। शिवरात्रिको अवसर पारेर हुने प्रतियोगितालाई यसपटकदेखि राष्ट्रिय रुप दिन थालेको मूल आयोजक समितिका संयोजक रामहरि सेढाईंले जानकारी दिए। पहिला गाविसस्तरीय हुने प्रतियोगिता २०६६ सालदेखि जिल्लास्तरको हुन्थ्यो।
विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउने छन्। अन्य पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही ५ हजार पुरस्कार दिइने सेढाईंले बताए।
पुरस्कार तथा खेलाडीका लागि खानेबस्ने र यातायात खर्च गरी २० लाख खर्च हुने संयोजक सेढाईंले बताए।
स्पर्धा भरतपुर उपमहानगरपालिका–२७ स्थित पदमपोखरी मैदानको कोर्टमा हुनेछ।
प्रतियोगितामा क्षेत्रीय र विभागीय टिमका साथै त्रिभुवन विश्व विद्यालय टिम, ढोरपाटन टिम, सामाखुसी क्लब र आयोजकको टिमले भाग लिने छ। प्रतियोगिता अवलोकनका लागि २०, सय, पाँच सय र एक हजार रुपैयाँको टिकट काट्नु पर्ने आयोजकहरुले जानकारी दिएका छन्। प्रतियागिता सम्पन्न गर्न ५०१ सदस्यीय मुल समिति र १९ वटा उप समिति गठन भएका छन्।