काठमाडौं– एपिएफले राष्ट्रिय महिला क्रिकेटमा लगातार जित हात पार्ने क्रममा मंगलबार वीरगन्जलाई ८ विकेटले हराएको छ। अर्को खेलमा भैरहवाले बैतडीलाई ७ विकेटले पराजित गर्यौंर।
प्रतियोगिताको पहिलो दिन एपिएफले भैरहवालाई १ सय ७५ रनले हराएको थियो। लगातार दुई खेल जितेपछि एपिएफ समूह ‘ए' मा ४ अंक जोडदै शिर्ष स्थानमा छ। भैरहवा र पोखराको समान २ अंक छ।कीर्तिपुर क्रिकेट मैदानमा मंगलबार बैतडीले निर्धारित ४० ओभरमा ७ विकेट गुमाई ७९ रन जोडयो। वीरगन्जकी निसा गिरीले अविजित २४, ममता चौलागाईले ११ र पुजा गिरीले १० रन बनाए।
एपिएफकी बिनु बुढामगरले ७ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन। रुविना क्षेत्री, रितु कनोजिया, सरिता मगर र करुणा भण्डारीले समान १ विकेट लिए। जवाफमा एपिएफले ९.५ ओभरमा २ विकेटको नोक्सानीमा लक्ष्य हासिल गर्योम। प्लेयर अफ द वुमन एपिएफकी सीता राना मगरले अविजित ३१ र ज्योती पाण्डेले ३१ रन बनाए। सीताले २८ बलमा ७ चौंका प्रहार गरिन्। ज्योतीले २४ बलमा ५ चौंका प्रहार गरेकी थिइन। एपिएफकी ओपनर मधु थापा ४ रन बनाएर निशा गिरीको हातबाट क्याच आउट भइन। प्रतियोगिताको पहिलो दिन मधुले भैरहवा विरुद्ध ८५ रन बनाएकी थिइन। मंगलबार मधु पहिलो विकेटको रुपमा आउट हुदा एपिएफले ८ रन मात्र बनाएको थियो।
वीरगन्जकी सुभद्रा अधिकारी र रोजिना अर्यालले समान १ विकेट लिए।
यसैगरी पुल्चोक क्याम्पस मैदानमा टस जितेको बैतडी ३४ ओभरमा १ सय १७ रनमा अलआउट भयो। बैतडीकी ओपनर द्रोपती कुवर खाता खोल्न नसकेर आउट भइन। द्रोपतीलाई भैरहवाकी सीमा थापाले बोल्ड गरिन्। रेखा रावललाई भैरहवाकी कप्तान इन्दु वर्माले २ रन जोडेको बेला बोल्ड गरेपछि बैतडीले २.६ ओभरमा २ विकेटको नोक्सानीमा ६ रनमात्र जोडेको थियो। सुरुवात ब्याटसवुमनले राम्रो सुरुवात गर्न नसकेको बेला बैतडीकी कप्तान अन्जली चन्दले ३५ रन र कविता कुवरले २६ रन बनाएर टोलीको स्कोर बढाउने कोसिस गरे। बैतडीकी अन्जली र कविता बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन।
अन्जलीले ५० बलमा ३ चौंका र कविताले ५४ बलमा २ चौंका प्रहार गरिन्।
तर २१.२ ओभरमा अन्जलीलाई इन्दुले रनआउट गराएपछि बैतडीको लय बिग्रिएको थियो। त्यतिबेला टोलीले बैतडीले ४ विकेटको नोक्सानीमा ८६ रन बनाएको थियो।
भैरहवाकी सरस्वती पुनले ७ ओभरमा २० रन खर्चेर ४ विकेट लिइन। प्लेयर अफ द म्याच इन्दु बर्मा र सीमा थापाले समान २ विकेट लिए।
जवाफमा भैरहवाले ३५.१ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय १८ रन जोडदै लक्ष्य पुरा गर्यौंक। भैरहवाकी इन्दुले अविजित ४५ रन, नितु भण्डारीले २२, र मेलिना थापाले अविजित २४ रन जोडि्न। इन्दुले ४९ बलमा ७ चौंका प्रहार गरिन्। मेलिनाले ७२ बलमा १ चौंका र नितुले ४३ बलमा २ चौंका प्रहार गरेकी थिइन। बैतडीकी निशा भंटले २ विकेट र सम्झना खड्काले १ विकेट लिए।