चितवन-एपिएफ क्लब र नेपाल पुलिस क्लबले सोमबार पटिहानीमा सुरु राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा दोहोरो जित पाएका छन्। उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफले आयोजक पद्मोदय युवा क्लबलाई २५–१७, २५–५, २५–१० को सोझो सेटमा पराजित गर्यो।अर्को खेलमा सशक्त प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २६–२४, २५–१८, २५–१५ को सेटमा हराउँदै एपिएफले बलियो दाबेदारी प्रस्तुत गरेको छ।
त्यस्तै जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई पराजित गरेर उत्साहित पुलिसले अर्को खेलमा पश्चिमाञ्चलमाथि विजय पाएको थियो। पुलिसले जावलाखेललाई २५–२०, २५–१७, २५–१२ को सोझो सेटमा हरायो। पश्चिमाञ्चलमाथि पुलिसले २५–११, २५–२३, २५–१५ को सोझो सेटमै विजय प्राप्त गर्यो–।
आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको राष्ट्रिय खेलकुद परषिदका सदस्यसचिव युवराज लामाले उद्घाटन थिए।
आयोजक समितिका संयोजक रामहरि सेढाईंका अनुसार विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख, तेस्रोले ५० हजार र चौथो हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
प्रतियोगिताका लागि करिब २० लाख खर्च लाग्ने आर्थिक समिति संयोजक मुक्तबहादुर पौडेलले जानकारी दिए।