सनसनीपूर्ण खेलमा आयारल्यान्डको जित
२४ फागुन २०७१
•
७ मिनेट पाठ
सनसनीपूर्ण खेलमा आयारल्यान्डको जित
होबर्ट– आयरल्यान्डले सनसनीपूर्ण खेलमा शनिबार जिम्बावेलाई ५ रनले हराउँदै विश्वकप क्रिकेटको क्वार्टरफाइनल पुग्ने सम्भावना कायम राखेको छ। ३ सय ३२ रनको लक्ष्य पछ्याएको जिम्बावेले एकसमय ७४ रन जोड्दा माथिल्लोक्रमका चार ब्याट्सम्यान गुमाइसकेको थियो । तर कार्यवाहक कप्तान ब्रेन्डन टेलर र सिन विलियम्सले पाँचौं विकेटमा १ सय ४९ रनको साझेदारी गरेपछि जिम्बावेले खेल जित्ने सम्भावना बढायो । टेलरले १ सय २१ र विलियम्सले ९६ रन बनाएका थिए । 

टेस्ट मान्यता नपाएको आयरल्यान्डका केभिन ओ'ब्रायनको बलमा जोन मुनीले बाउन्ड्री नजिक विलियम्सको क्याच लिएपछि खेल आयरल्यान्डको पक्षमा गएको हो । तर, मुनीले बाउन्ड्रीको डोरीलाई खुट्टाले छोएको भन्दै जिम्बावेको छक्का भएको अनुमान गरेका थिए । तर अम्पायरले रिम्भु प्रक्रिया सुरु गरेपछि विलियम्स आफैले मैदान छाडेका थिए । पछि रिभ्युमा विलियम्स आउट भएको निर्णय गर्दा त्यो जिम्बावेको सातौं विकेट थियो । त्यति बेला टोलीको स्कोर ३ सय रन थियो । ८३ बल खेलेका विलियम्सले ७ चौका र २ छक्का प्रहार गरे । अन्तिम २० बलमा जिम्बावेलाई जित पाउन ३२ रन आवश्यक थियो ।

'त्यसमा मुनीले जे भन्छन् त्यही हुने हो । मलाई लाग्छ त्यो छक्का थियो । तर फिल्डरको शब्दको मान्यता हुन्छ,' कप्तान टेलरले भने । अर्कातिर आयरल्यान्डका कप्तान विलियम पोटरफिल्ड विवादबाट पर्न चाहेनन् । 'लाइनमा हुँदा भन्न निकै कठिन हुन्छ । मैले त्यसको रिप्ले हेरिनँ,' उनले भने, 'उनले डोरीमा छोए, छोएनन् थाहा छैन । तर त्यो उत्कृष्ट क्याच थियो ।'

तर पुछारतिरका तावान्डा मुपारिवाले बिष्फोटक ब्याटिङ गरेपछि अन्तिम ओभरमा जिम्बावेलाई मात्र ७ रन आवश्यक थियो । अन्तिम ओभरमा एलेक्स सुसकले २ विकेट लिएपछि जिम्बावे तीन बल बाँकी रहँदा अलआउट भयो भने टोलीको ३ सय २६ रन रोकियो । सुसकले अन्तिम ओभरको पहिलो बलमा रिगिस चाकाभुको र दुई बलपछि मुपारिवाको विकेट लिएका थिए । ती दुईसँगै सुसकले ३२ रन खर्चेर ४ विकेट लिए । सन् २००७ मा आयरल्यान्ड र जिम्बावेबीचको खेल 'टाइ' भएको थियो ।

यो जितसँग आयरल्यान्डसहित तीन टोलीको समान ६ अंक पुगेको छ । साबिक विजेता भारत ८ अंकसहित नकआउट चरणमा पुगिसकेको छ । दक्षिण अफ्रिका र पाकिस्तानसँग पनि ६ अंक छ ।

त्यसअघि भेट्रान एड जोयसको १ सय १२ रनप्रेरित आयरल्यान्डले ८ विकेट गुमाई ३ सय ३१ रन बनायो । सुरुआतमै जिम्बावेका खलाडीले जोयसको क्याच छुटाउनु टोलीका लागि महँगो प¥यो । टस हारेर ब्याटिङ अवसर पाएको आयरल्यान्डबाट जोयसको शतक बाहेक एन्डी बाल्बिर्नीले ९७ रन बनाए । यी दुईले तेस्रो विकेटमा १ सय ३८ रनको साझेदारी भूमिका निभाए ।

चोटग्रस्त इल्टन चिगुम्बुराको ठाउँमा टोलीको नेतृत्व गरेका टेलरले पूर्वअनुमानित मौसमका आधारमा टस जितेर पहिले फिल्डिङको निर्णय लिएका थिए । टोलीले सुरुआती सफलताका रूपमा पाउल स्टिर्लिङ (१०) लाई आउट पनि बनायो । जोयस पनि ३४ रनमा छँदा आउट हुने अवस्थामा पुगेका थिए । तर मुपारिवाले आफ्नै बलमा क्याच छुटाएपछि जोयसले जीवनदान पाए । त्यसपछि बायाँहाते ब्याट्सम्यान जोयसले ९६ बलमा शतक पूरा गरे । १ सय ५ रनमा अर्को जीवनदान पाएका उनले १ सय ३ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरेका थिए ।

विलियम्सले पनि आफ्नै बलमा बाल्बिर्नीलाई आउट गर्ने मौका चुकाएपछि उनले लगातार दोस्रो अर्धशतक पूरा गरेका हुन् । दक्षिण अफ्रिकासँग २ सय १ रनको हारमा उनले ५८ रन बनाएका थिए । जिम्बावेविरुद्ध ७९ बल खेलेका बाल्बिर्नीले ७ चौका र ४ छक्का हाने । ३ रनले एकदिवसीयमा पहिलो शतक बनाउनबाट चुकेका उनी रनआउट भए ।

खेल जित्न जिम्बावेले विश्वकपमा नयाँ कीर्तिमानी लक्ष्य पछ्याएका थिए । चार वर्षअघि आयरल्यान्डले इङ्ल्यान्डविरुद्ध ३ सय २९ रनको लक्ष्य पछ्याउँदै जितेको थियो । टोलीको शीर्ष ब्याटिङक्रम चाँडै आउट भएपछि टेलर र विलियम्सले इनिङ्स सम्हाले । टेलरले ७९ बलमा १० चौका र २ छक्कासाथ शतक पूरा गरे । ९१ बल खेलेका उनले आफ्नो इनिङ्समा ११ चौका र ४ छक्का प्रहार गरे । १ सय ६६ एकदिवसीयमा २९ बर्षे टेलरको यो सातौं शतक हो भने कुनै पनि जिम्बावेका खेलाडीबाट विश्वकपमा बनेको पहिलो शतक हो । सुसकको स्लो बलमा केभिन ओ'ब्रायनले क्याच गर्नुअघि टेलरले जर्र्जी डकरेललाई एकै ओभरमा दुई छक्का प्रहार गरेका थिए ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस