प्रदेश १ र मधेस प्रदेशमा महिलाहरुलाई क्रिकेट खेलप्रति आकर्षित गराउने योजनासहित दुई संस्थाले काम थाल्ने भएका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली महिला क्रिकेटको विकास र स्तरोन्नतिका लागि बेलायतको मेरिलेबोन क्रिकेट फाउण्डेसन र नेपाल क्रिकेट फाउण्डेसनले संयुक्त रुपमा काम गर्ने बताएका हुन्। नेपाल क्रिकेट फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले महिला क्रिकेटलाई ग्रासरुटबाटै अघि बढाउन आवश्यक रहेको हुँदा प्रदेश १ र मधेस प्रदेशमा महिला क्रिकेटदेखि प्रशिक्षक तालिमसम्मका कार्यक्रम हुने जानकारी दिए।
दुवै फाउण्डेसनले प्रदेश १ को विराटनगर र धनकुटा तथा मधेस प्रदेशका ८ वटै जिल्ला विद्यालयका महिला विद्यार्थीलाई क्रिकेट खेलप्रति आकर्षित गराउँदै खेलाडी र प्रशिक्षक बनाउने योजना रहेको बताइएको छ। धनकुटाका ५ वटा विद्यालयका महिला विद्यार्थीलाई क्रिकेटको ३ दिन आवश्यक तालिम दिने छ। १ महिनासम्म निरन्तर रुपमा हुने कार्यक्रममा बेलायतका क्रिकेट प्रशिक्षकसमेत सहभागि हुने उनले बताए। टोलीले सप्तरीको राजविराजमा महिला खेलाडीका लागि मधेस प्रदेश स्तरीय ४ दिने बन्द प्रशिक्षणको कार्यक्रम तय गरेको छ। सप्तरीमा तालिम लिएका २० र बन्द प्रशिक्षणमा रहेका २१ जनाको टोली बनाएर खेल खेलाइने छ।
महिला क्रिकेट प्रवद्र्धनका लागि फागुन २२ गतेबाट ४ दिन मोरङ, झापा, सुनसरी र इलामका महिला क्रिकेट टोलीबीच समानता क्रिकेट कप आयोजना हुनेछ। सो अवसरमा मेरिलेबोन क्रिकेटका अपरेसन डाइरेक्टर बेरीले क्रिकेटसँगै समानताको विषयमा सहजीकरणको विषयले सकारात्मक प्रभाव पर्ने बताए। उनले नेपालमा महिला क्रिकेटलाई प्रवद्र्धन गर्ने कार्य प्राथमिकतामा रहेको बताए। बेलायतस्थित क्रिकेट विदाउट बाउन्ड्रीबाट इङ्लिस क्रिकेट बोर्डको लेभल ३ प्रशिक्षक सारा बेग, प्रशिक्षक ली जनाथोनको उपस्थित रहेको थियो।
एक महिनासम्म चल्ने कार्यक्रममा उनीहरुले महिला खेलाडी तथा प्रशिक्षकलाई सहजीकरण गर्नेछन्। नेपाल क्रिकेट फाउण्डेसनका अनुसार कार्यक्रमका लागि माघ १४ गते मेरिलेबोन क्रिकेटसँग करिब २९ लाखमा सम्झौता भएको हो। मेरिलेबोनसँगै बेलायतकै कनेक्टिङ क्लब र क्रिकेट विदाउट बाउण्ड्रीको पनि सहभागिता रहेको छ।
नेपाली क्रिकेटको विकासका लागि दीर्घकालीन रुपमा ४ वटै संस्थाले संयुक्त रुपमा काम गर्न इच्छुक रहेको बताएका छन्। क्रिकेट त्यसमा पनि महिला खेलाडी प्रवद्र्धन र स्तरोन्नतिका लागि टोलीले काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान)सँग छलफल गरेको बताए। यस संस्थाको मुख्य उद्देश्य महिला क्रिकेट खेलाडी मात्रै उत्पादन गर्नु नभई पुरुष टोलीसमेत बनाउने योजना रहेको छ। खेल र खेलाडीको माध्यबाट समाजलाई लैंगिक रुपान्तरण गर्दै अघि बढ्ने तथा व्यवसायिक खेलाडी बनाउने योजना रहेको जानकारी दिएको छ।