सहिद स्मारक 'ए' डिभिजन लिगः बढुवा गराएको क्लब रेलिगेसनको कारक
१० फागुन २०७८
•
३ मिनेट पाठ
सहिद स्मारक 'ए' डिभिजन लिगः बढुवा गराएको क्लब रेलिगेसनको कारक
वि.सं. २०७७ सालमा सातदोबाटो युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन विजेताको हैसियतमा ‘ए’ डिभिजनमा बढुवा भयो। सातदोबाटो शीर्ष डिभिजनमा उक्लिँदाका प्रशिक्षक थिए, सनोज श्रेष्ठ।




सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२औं चरणको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ‘ए’ डिभिजन लिगको हैसियत जोगाउन सातदोबाटोविरुद्ध जितको विकल्प थिएन। सनोजले ‘ए’ डिभिजनमा भने बिबिसीको प्रशिक्षण समाले। आफ्नो पूर्वटोली सातदोबाटोलाई ३–२ को नतिजा सम्पिएसँगै सनोजको बिबिसीले ‘ए’ डिभिजन हैसियत गुमाउनुपर्‍यो।  

१०औं चरणमा रेलिगेसनबाट जोगिन संघर्षरत पे्रmन्ड्स क्लबलाई नतिजा सुम्पिएपछि नै बिबिसी रेलिगेसन क्षेत्रमा झरेको थियो। शनिबार पे्रन्डससँग नै स्तब्ध च्यासल युथ क्लब पनि रेलिगेसनमा परिसकेको थियो।

दुई टोलीमध्ये एकले शीर्ष डिभिजन हैसियत गुमाएको अवस्थामा बिबिसी र पे्रन्ड्स रेलिगेसन संघारमा थिए। बिबिसीले सातदोबाटोलाई नतिजा सुम्पिपछि फ्रेन्ड्सको ‘ए’ डिभिजन हैसियत पनि जोगिएको छ। १३औं स्थानको बिबिसीको १२ खेलबाट सात अंक रहँदा समान खेलबाट च्यासल ६ अंकसहित पुछारमा छ। रेलिगेसनबाट जोगिएको पे्रन्ड्सले भने १२ खेलबाट १० अंक बनाएको छ। १३औं मिनेटमा सुशील राईको गोलबाट सातदोबाटोले अग्रता लियो।

तर, त्यसको तीन मिनेटपछि नै बेर्रान्ड ओटुको गोलबाट बिबिसी खेलमा फर्कियो। १८औं मिनेटमा दीपकराज सिंह ठकुरीले गोल फर्काउँदै सातदोबाटोलाई २–१ को अग्रता दिलाए। ५१औं मिनेटमा रोशन रानामगरले बिबिसीलाई पुनः खेलमा फर्काए। तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा नीरज चौधरीले गोल गर्दै सातदोबाटोलाई ३–२ को जित सुनिश्चित गराएसँगै बिबिसीको ‘ए’ डिभिजनमा रहिरहने ढोका बन्द भयो। बिबिसीको रेलिगेसनले नेपाली फुटबलमा एउटा दुर्लभ संयोग पनि बन्यो। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानद्वय विराज महर्जन र अनिल गुरुङले सम्हालेको टोली एकै सिजन ‘बी’ डिभिजनमा घटुवा भयो। च्यासलको कप्तानी विराजले गरेका थिए भने अनिल बिबिसीका कप्तानी हुन्। त्यसो त बिबिसीको ‘ए’ डिभिजनमा प्रदर्शन कहिले उल्लेख्य रहेन।

वि.सं. २०६१ सालमा ‘ए’ डिभिजनमा बढुवा भएयता बिबिसी रेलिगेसनमा परेको यो तेस्रो पटक हो। त्यो वर्ष नवौं स्थानमा रहेर सिजनको अन्त्य गरेको बिबिसीले ०६२ मा नवौं स्थानमै रहेर पनि लिगको अन्त्य गर्‍यो। ०६३ को लिगमा भने अन्तिम स्थानमा रहेसँगै बिबिसीले ‘ए’ डिभिजन लिगको हैसियत गुमाएको थियो। ‘बी’ डिभिजनबाट बढुवासँगै ०६८ सालको ‘ए’ डिभिजन लिगमा उक्लिएको बिबिसी सोही वर्ष पुनः रेलिगेसनमा पर्‍यो। ०७५ मा बिबिसीले तेस्रो पटक ‘ए’ डिभिजन लिग खेल्यो। सो वर्ष बिबिसी १२औं स्थानमा रह्यो।

कर्माछिरिङ शेर्पा एन्फा अध्यक्षमा निर्वाचित भएपछिको पहिलो लिगमा रेलिगेसनको प्रावधान हटाइयो। बिबिसीले वि.सं. २०७६ को लिगमा १४ टोलीमध्ये १३औं स्थानमा रहँदै सिजनको अन्त्य गर्‍यो। सो वर्ष एक टोली मात्र ‘बी’ डिभिजनमा घटुवा हुने प्रावधानका कारण बिबिसी जोगियो। तर, यस सिजन भने बिबिसीले रेलिगेसन संकट टार्न सकेन। सुरुआती दुई चरणसम्म दोस्रो स्थानमा बसेको बिबिसीले त्यसपछि भने राम्रो प्रदर्शन गर्न सकेन। बिबिसीका प्रशिक्षक सनोजले टोलीको आर्थिक संकट नै क्लब घटुवा हुनुको मुख्य कारक बनेको बताउँछन्।

‘टोलीले लिगको सुरुआतबाटै राम्रो प्रदर्शन गर्न सकेन,’सनोजले भने, ‘टोलीले सबै खेलमा गोलका अवसर बनायो। तर त्यसलाई सदुपयोग भने गर्न सकेन। घटुवाको मुख्य कारण आर्थिक समस्या पनि हो। 

हामीले सोचेअनुरूपका खेलाडी अनुबन्धित गर्न पनि सकेनौं।’ सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने बिबिसीविरुद्धको जितबाट खुसी नभएको बताए। ‘वि.सं. २०६१ सालमा बिबिसी पहिलो पटक ‘बी’ डिभिजनबाट बढुवा हुँदै शीर्ष डिभिजन खेल्दा म त्यो टोलीको सदस्य थिए,’ केसीले भने, ‘तर आज बिबिसी रेलिगेसनमा पर्दा दुःख लागेको छ।’
अर्को समाचार
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
१५ मिनेट अघि
•
१ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए।




शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम एपीएफसँग अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो।

खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो।

पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस