धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा हिमालयन शेर्पा क्लवले बिजयी शुरुवात गरेको छ। धनगढी रंगशालामा शनिवार भएको खेलमा नव जन जागृती युवा क्लव सिमरा लाई ४–० गोलको अन्तरले पराजित गर्दै शानदार जित हात पारेको हो । यो जित सँगै हिमालयन शेर्पा क्वाटर फाईनल प्रवेश गरेको छ । सेमिफाईनल प्रवेशका लागि शेर्पाले अब आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल सोमबार धनगढी रंगशालामा हुनेछ ।
शनिबारको एकतर्फी खेलमा हिमालयनले ३१ औं मिनेटमा विकास मेराग्लियाको गोलबाट अग्रता बनायो । उनले डेब्यु खेलमै हिमालयनका लागि गोल गरेका हुन् । ईटालीमा व्यवसायिक फुटबल खेल्दै आएका नेपाली मुलका विकासले च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलेका थिए । मोफसलका लागि उनी हिमालयनमा आबद्द भएका हुन् । लिगमा गोल गर्न नसकेका विकासले नेपालमा पहिलो गोल पनि खप्तड गोल्डकपमा गरेका छन् ।
खेलको ४३ औं मिनेटमा उल्रिच सिवेले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए । ५५ औं मिनेटमा उल्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३–० ले अघि रह्यो । त्यसपछि खेलको ८१ औं मिनेटमा पूर्ण बहादुर गुरुङले गोल गर्दै हिमालयनलाई ४–० को जित दिलाए । खेलको म्यान अफ द म्याच उल्रिच सिव भए । उनले नगद १० हजार पाए ।
खेलपछि हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगल किशोर राईले आफ्नो खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए । उत्कृष्ट खेल प्रदर्शनले शानदार जित हात पार्न सकेको उनको भनाई थियो । विकासले नेपालमा पहिलो गोल गरेको उल्लेख गर्दै उ अब्बल खेलाडी भएको बताए ।‘विकासले आजको खेलमा आफ्नो क्षमता देखायो, त्यैसेले हामीलाई शानदार जित दिलायो’उनले भने ।
टीमका लागी सवैले राम्रो खेलेको उनले बताए । विपक्षी टीमका केही खेलाडीहरुले पनि टेक्निकल खेल राम्रो खेलेको उनको भनाई थियो । ‘अबको खेल पनि हामी राम्रो नै खेल्छौं’उनले भने ।
नव जनजागृति युवा क्लबका प्रशिक्षक सोनु क्षेत्रीले आफ्ना सबै खेलाडी आउन नसकेका कारण खेल गुमाएको बताएका छन । हुनुपर्ने ४ जना खेलाडी टिममा नभएकाले टिम कमजोर भएको उनको भनाई थियो ।
‘दुई जना खेलाडी दुर्घटनामा परे । दुई जना विदेशी खेलाडी आउन सकेनन् । त्यसले हामीलाई समस्या पार्यो’उनले भने,‘ त्यसैले हामी विपक्षी टीमसँग कमजोर देखियौं ।’ टीममा जुनियर खेलाडी ल्याएको उल्लेख गर्दै उनीहरुले पनि राम्रो खेल्न नसकेको उनको भनाई थियो । ‘धेरै समय हामीले डिफेन्डमै वितायौं । त्यसमै लागेका वेला गोल खान पुग्यौं ’उनले भने ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता हेर्न बिद्यार्थीका लागी १ सय र अन्य दर्शकका लागी १ सय ५० शुल्क तोकिएको छ । नकआउट आधारमा खेलाईराखिएको प्रतियोगिताको फाइनल फागुन २८ मा हुने छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन । यसैगरि प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १०, १० हजार प्रदान गर्ने गरिएको छ ।