काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्याँसको घोषणा गर्ने तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको विदाईलाई भव्य बनाउन नेपाल क्रिकेट संघ (क्यान) ले कार उपहार दिने योजना बनाएको छ।अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्युजको स्मृतिमा शनिबार हुने खेल दौरान विनोदले संन्यासको घोषणा गर्ने बताइसकेका छन्। डेढ दशकभन्दा लामो समय राष्ट्रिय टोलीको मुख्य हिस्सा रहेका विनोदलाई विदाईको चिनोस्वरुप कार दिने योजना रहेको क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले जानकारी गराएका छन्। क्यानले विनोदको सम्मानका लागि ५ लाख रुपैयाँ छुट्टाइसकेको बताउँदै कार्यवाहक अध्यक्ष कोइरालाले बाँकी रकमका लागि सरकार तथा प्रायोजकसँग अनुरोध गरेर कार दिने प्रयास भइरहेको बताए।
‘नेपाली क्रिकेटमा विनोद दासको योगदान अतुलनीय छ। त्यसैले हामी उहाँको विदाई स्मरणीय बनाउन चाहन्छौं,' कोइरालाले नागरिकसँग भने, ‘नेपाली क्रिकेटलाई यहाँसम्म ल्याउन ठूलो योगदान गरेका खेलाडीलाई विदाईका अवसरमा कार चढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यहीअनुसार हामीले क्यानका तर्फबाट ५ लाख रुपैयाँको ‘सिड मनी' छुट्टाउने निर्णय गरेका छौं। नपुग रकमका लागि नेपाल सरकार र प्रायोजकहरुसँग अनुरोध गर्नेछौं।'
कोइरालाले सरकारसँग सहयोगका लागि कुराकानी भइरहेको जानकारी गराए। उनले सरकारबाट केही रकमका साथै कारको कर छुट गराउने अपेक्षा गरेको बताए। ‘सरकारबाट यति भयो भने बाँकीका लागि हामी प्रायोजक खोज्नेछौं,' उनले थपे, ‘विनोद दासजस्ता खेलाडीलाई उहाँको योगदानको कदरस्वरुप भव्य रुपमा विदाई गर्न सकियो भने अरु खेलाडीलाई पनि प्रेरणा मिल्नेछ। राष्ट्रका लागि योगदान गर्नेलाई राष्ट्रले पनि हेर्छ भन्ने सन्देश मिल्नेछ।'
उनले कार दिने योजनामा सफल नभए पनि विनोदलाई स्मरणीय सम्मानका साथ विदाई गर्ने वचन दिए। कार दिन नसके क्यानले छुट्टाउने रकममा शनिबार हुने खेलबाट बचेको रकम तथा दाताहरुबाट उठेको रकम थप गरेर विनोदलाई सम्मान गर्ने कोइरालाले बताए। ‘शनिबार हुने खेलबाट हामीले ह्युजको ब्याट सगरमाथा पुर्याउउनेसम्मको खर्च व्यवस्थापन गर्नुपर्छ। तथापि त्यो खेलबाट जोगिएको रकम पनि विनोदकै सम्मानमा थप गरिनेछ,' उनले भने।
विनोदले शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हुने खेल आफ्नो अन्तिम खेल हुने बताएका थिए। अस्ट्रेलियाका तीन तथा बाँकी नेपाली खेलाडीको समूहलाई दुई टिममा विभाजन गरेर ह्युजको स्मृतिमा शनिबार खेल हुँदैछ। गतवर्ष अस्ट्रेलियाको एक घरेलु खेलदौरान विपक्षी खेलाडीको बाउन्सर लागेर वेहोस भएका ह्युजलाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको थियो। ६३ रन बनाएर खेलिरहेका बेला घाइते भएका ह्जुय त्यसपछि कहिल्यै मैदानमा फर्किएनन्। त्यसैले शनिबार टिम रातो र निलोबीच हुने खेलमा दुवै टोलीले ३१.३ ओभरका दरले कुल ६३ ओभरको खेल खेल्नेछन्। विनोदले निलो टोलीको कप्तानी गर्नेछन्।
ह्युजको मृत्युपछि क्रिकेट संघको प्रस्तावअनुसार अस्ट्रेलिया क्रिकेट बोर्ड कीर्तिपुरमा ६३ ओभरको सम्मान खेल गर्न तथा ह्युजको ब्याट सगरमाथा पुर्या्उन सहमत भएको थियो।
सन् २००० संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको एसिसी ट्रफीबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका विनोद मलेसियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा टोलीको कप्तान बनेका थिए। मलेसियामा भएको २००८ को एसिसी ट्रफीसम्म कप्तानी गरेका उनी पछिल्लो पटक युएइको एसिसी इलिटसम्म टोलीको सदस्य थिए। तर चोटका कारण उनले त्यो प्रतियोगिता खेल्न पाएनन्। झन्डै १२ वर्ष राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहेका उनले उमेर समूहको प्रतियोगिताबाट अन्तर्राष्ट्रिय क्रिकेटमा यात्रा प्रारम्भ गरेका थिए। १९९७ मा हङकङमा नेपालले एसिसी यू–१९ खेल्दा उनी टोलीको उपकप्तान थिए। २००१ मा नेपालले पहिलो पटक यु–१९ को उपाधि जित्दा उनी त्यसको कप्तान थिए। उनले एसिसी यु–१७ मा समेत देशको प्रतिनिधित्व गरे।
पछिल्लो झन्डै दुई दशक आफूले क्रिकेट बाहेक केही नसोचेको बताउँदै विनोदले मंगलबार आफ्नो विदाइलाई भव्य र अविस्मरणीय बनाइदिन क्यानसँग अनुरोध गरेका थिए।