झापा-पहिलोपटक घरेलु मैदानमा राष्ट्रिय लिग खेल्न मैदान ओर्लिएको झापाले सोमबार जितको मुखैमा पुगेर पनि लिग महारथी थ्री स्टार क्लबसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ।
झापाले खेलमा आफ्नो टोलीलाई पूरै दबाबमा राखेको थ्री स्टार प्रशिक्षक अञ्जन केसीले खेलपछि स्वीकारे।‘हामी आज पूरै डिफेन्सिभ रह्यौं,' केसीले नागरिकसँग भने, ‘हामीले भाग्यवश गोल खानुपरेन। झापाले उत्कृष्ट खेल्यो। हामी खुसी छौं।' उनको खुसी खेल जोगाउन पाएकोमा थियो। घरेलु मैदानको फाइदा झापाली खेलाडीले उठाएर उत्कृष्ट खेलेको प्रतिक्रिया दिँदै केसीले विपक्षी टोलीको खुलेर प्रशंसा गरे।
आधा दर्जन बढी विपक्षी पोस्टमा राम्रा आक्रमण बुनेको झापाका लागि थ्री स्टारका गोलरक्षक एलेन न्यौपाने बाधक बने। पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङको अस्वस्थताका कारण मौका पाएका उनले झापामा म्यान अफ द म्याच प्रदर्शन गरे। झापाका खेलाडीको सात वटा आक्रमणमा आधा उनले नै विफल पारे। आधा झापाली खेलाडीले नै मौका चुकाए।
बिर्तामोडस्थित डोमालाल रंगशालामा खचाखच घरेलु दर्शकबीच झापा जितका साथ लिगको शीर्ष स्थान कब्जा गर्ने दाउमा थियो। त्यसैले उत्कृष्ट खेल पस्केको थियो। तर, राष्ट्रिय टोलीका कप्तान सागर थापा, रक्षक सन्दीप राई, स्ट्राइकर सन्तोष साहुखल लगायतका स्टार खेलाडीले भरिएको थ्री स्टारलाई हराउने योजना सफल हुन सकेन। ‘हामी जितकै लागि केन्द्रित थियौं,' झापाका प्रीशक्षक भगीरथ आलेले भने, ‘तर भाग्यले साथ दिएन।'
थ्री स्टारसँग बराबरी खेलेपछि १० अंकसाथ झापा लिगको दोस्रो स्थानमा छ। मनाङ पहिलो र थ्री स्टार तेस्रोमा यथावत छन्।
झापाले सुरुदेखि नै दबाबमा राखेको थियो। थ्री स्टारले पनि केही मुभ बनाएको थियो। तर, फिनिसिङमा दुवै टोलीका अगुवा खेलाडी चुके।
२०औं मिनेटमा सन्तोष साहुखलले गोल गर्ने मौका चुकाए। झापाका गोलरक्षक दिनेश थापा बिट भइसकेको अवस्थामा पनि उनले बललाई सही दिशा दिएनन्। लगत्तै २२ औं मिनेटमा सन्दीप राईको पास नियन्त्रणमा लिएर सन्तोषले शक्तिशाली प्रहार गरे। त्यो पनि गोलकिपरले बचाए। थ्री स्टार आक्रामक बनेपछि झापा पनि तातिएको थियो। २६ औं मिनेटमा योगेश गुरुङको डी बक्स भित्रबाटको प्रहार थ्री स्टारका किपर एलेनले जोगाए। लगत्तै थ्री स्टारले दूर्भाग्यपूण क्षण सामना गर्योब। निराजन खड्काले हानेको बलमा झापाली गोलरक्षक दिनेश बिट भइसकेका थिए। तर, बल सेकेन्ड बारमा लागेर फर्कियो। बाउन्स भएको बललाई दिनेशले सजिलै नियन्त्रणमा लिए।
त्यसपछि लगातार झापाले एक्लै आक्रमण गरिरह्यो। कर्ण लिम्बु, विशाल राई र नरेन लिम्बुले धेरै प्रहार किपर एलेनले विफल पारे।
खेलको उत्तरार्द्ध निकै तनावपूर्ण बनेको थियो। घरेलु दर्शकको दबाबअघि झापाली खेलाडी आक्रामक बन्दा केही खेलाडी घाइते भए भने त्यही क्रममा थ्री स्टारकै खेलाडीले पनि संयम गुमाए। झापाका योगेश गुरुङ र विशाल राई तथा थ्री स्टारका सागर थापा, सन्तोष साहुखल, रञ्जित धिमाल र विक्रम लामालाई रेफ्री सुवास पाण्डेले पहेँलो कार्ड दिएका थिए।