सुनसरीको हरिनगरमा भएको प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गत पुरुषतर्फ १० हजार मिटर दौडमा भोजपुरका नविन तामाङ्ले स्वर्ण पदक जितेका छन्। नवीले पाँच हजार मिटर दौडमा पनि अर्को स्वर्ण पदक हात पार्न सफल भएका छन्।
प्रतियोगितामा झापाका मेघराज चामलिङ् राईले रजत पदक पाए भने र इलामका विवेश राई कास्य पदक हात पारे। महिलातर्फ १० हजार मिटर दौडमा भोजपुरकै छेम्वी माया राईले स्वर्ण पदक प्राप्त गरिन्। यस्तै, संखुवासभाकी सुनकला राईले रजत र झापाकी भवानी कामतीले कास्य पदक जितिन्।
प्रतियोगिताको पाँच हजार मिटर दौडमा पनि पुरुषतर्फ भोजपुरका नविनले नै स्वर्ण पदक पाए भने झापाका मेघराजले रजत पदक पाए। मोरङ्का अमर यादवले कास्य पदक पाए। महिलातर्फ पाँच हजार मिटर दौडमा भोजपुरकै छेम्वीले स्वर्ण पदक पाइन भने संखुवासभाकी सुनकलाले नै रजत पदक पाइन्। यस्तै, सुनसरीकी रुकमा उराँवले कास्य पदक पाइन्।
दुई–दुईवटा स्वर्ण पदक विजेता नवीन र छेम्वी दङ् छन्। दुवै जनाले स्वर्ण पदक नै जित्नेभन्दा पनि रजत र कास्यसम्म हात पार्ने लक्ष्य राखेका थिए। तर, दुवैले स्वर्ण पदक प्राप्त गर्न सफल भए।
त्यसैगरी ज्यावलिङ् थ्रो पुरुषतर्फ मोरङ्का देवान तामाङ्ले स्वर्ण पदक पाए भने ओखलढुंगाका जीवन खड्काले रजत पदक पाए। यस्तै, सुनसरीका विश्व श्रेष्ठले कास्य पदक प्राप्त गर्न सफल भए। ज्यावलिङ् थ्रो महिलातर्फ संखुवासभाकी मेनुका श्रेष्ठले स्वर्ण, सुनसरीकी असिता चौधरीले रजत र इलामकी आयुष्मा राईले कास्य पदक पाइन्।
प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगितामा सुनसरी, मोरङ, झापा, इलाम, संखुवासभा, ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, खोटाङ, भोजपुर र धनकुटा जिल्लाबाट सहभागिता रहेको थियो। सुनसरीको हरिनगर माध्यमिक विद्यालय हरिनगराको खेल मैदान भएको प्रदेश नं. १ स्तरीय एथलेटिक्स प्रतियोगिता विजयी हुने खेलाडीलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरियो। हरिनगर गाउँपालिकालाई खेलकुदको मार्फतबाट चिनाउने प्रयास स्वरुप प्रदेश नंं. १ स्तरीय एथलेटिक्स प्रतियोगिता गरिएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए।