काठमाडौ– नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) ले वैशाख ३० गते दोस्रो चुनावी साधारणसभा गर्ने भएको छ। चार वर्षअघि चितवनमा पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन गरेको क्यान अहिले कार्यवाहक अध्यक्ष दीपक कोइरालाको नेतृत्वमा छ।निर्वाचित अध्यक्ष माओवादी नेता टंक आङबुहाङसहित १० पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष भ्रष्टाचार गरेको ठहरसाथ विशेष अदालतमा मुद्दा चलाएको थियो। त्यसपछि मुद्दा चलाइएका सबै पदाधिकारी निस्कृय हुँदा तत्कालीन वरिष्ठ उपाध्यक्ष तारिणीविक्रम (टिबी) शाहले कार्यवाहक अध्यक्षमा क्यानको नेतृत्व लिए। तर तीन महिनाअघि शाहको पनि मृत्यु भएपछि कोइरालाले नेतृत्व लिइरहेका छन्।
दुईदिन चलेको क्यान बोर्ड बैठकले बुधबार साधारणसभाको मिति तय गर्नुका साथै सबै ९ क्षेत्रका लागि विकास निर्देशक तथा क्यानको कार्यसञ्चालन व्यवस्थापक (अपरेटिङ म्यानेजर) नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
क्यान र आयोजक जोहरा स्पोर्टसबीचको विवादका कारण गत वर्ष सुरु भए पनि सम्पन्न हुन नभ्याएको एनपिएलको ट्वान्टी–२० संस्करणलाई वैशाख १२ बाट मैदान उपलब्ध गराउने निर्णय भएको क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले जानकारी गराए। उनले प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरे र फाइनान्स म्यानेजर प्रकाश महर्जनको सम्झौता तीन महिना नवीकरण गर्ने निर्णय भएको बताए।
अन्तर्राष्ट्रिय त्रिकेट परिषद (आइसिसी) को दबाबपछि क्यानले ६ महिनाअघि सिइओ र फाइनान्स म्यानेजर खुला प्रतिस्पर्धाबाट परीक्षणकालका लागि नियुक्त गरेको थियो। दुवैको सम्झौता बुधबार सकिएको थियो।
‘सबै ९ विकास क्षेत्रमा विकास निर्देशक क्यानको पुरानै निर्णय हो। साथमा हामीले केन्द्रमा क्रिकेट अपरेटिङ अफिसर पनि राख्ने सहमति गर्दै दुवैका लागि तत्काल आवेदन माग गर्ने निर्णय लिएका छौं,' कर्माचार्यले भने, ‘क्रिकेटलाई व्यवस्थित रूपमा अघि बढाउने उद्धेश्यअनुसार हामीले यस्तो निर्णय गरेका हौं।'
क्यानले यसअघि पूर्वघोषित राष्ट्रिय ट्वान्टी–२० प्रतियोगिता भने नगर्ने भएको छ। गत महिनामात्र क्यानले नेपाल टेलिकमसँग नयाँ प्रायोजकमा सम्झौता गर्दा वार्षिक एउटा ट्वान्टी–२० प्रतियोगिता पनि गर्ने उल्लेख भएकाले त्यहीअनुरुप गर्ने निर्णय भएको थियो। ‘टेलिकम ट्वान्टी–२० कप गर्ने सम्झौता भएकाले अब टेलिकमसँगको सहकार्यमा मात्र गर्ने भनेर पूर्वघोषित प्रतियोगिता नगर्ने निर्णय भयो,' कर्माचार्यले भने।