काठमाडौं, वैशाख १५– हजारौंको ज्यान लिनेगरी शनिबार आएको महाभूकम्पमा परी एक खेलकर्मीले ज्यान गुमाएका छन् भने अर्काले परिवारका चार सदस्य गुमाएका छन् ।
भलिबलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठले शनिबारको महाभुकम्पमा ज्यान गुमाए । कलंकीस्थित आफ्नै घरमा पुरिएका श्रेष्ठले घटनास्थलमै ज्यान गुमाएको राष्ट्रिय खेलकुद परिषदका अधिकारीहरुले जनाएका छन् । श्रेष्ठको आइतबारै दाहसंस्कार भइसकेको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले श्रेष्ठको मृत्युबाट सम्पूर्ण भलिबलकर्मीलाई असह्य पीडा भएको बताउँदै भनेका छन्, ‘प्रकृतिभन्दा ठूलो कोही छैन् । तथापि उहाँको मृत्यु नेपाली खेलकुदकै लागि ठूलो क्षति हो । हामी उहाँको आत्माको चीर शान्ती कामना गर्दछौं,’ चन्दले फेसबुकमा लेखेका छन् ।
त्यस्तै २०१० मा चिनको ग्वानझाउमा सम्पन्न १६ औं एसियाली खेलकुदमा नेपालका लागि एकमात्र कांस्य पदक जितेका बक्सिङ खेलाडी दीपक महर्जनले परिवारका चारजनालाई गुमाएका छन् । मातातिर्थ, बोसिगाउँस्थित घर पूरै भत्किँदा दीपककी आमा, दाजु, भाउजु र भतिजीको मृत्यु भएको नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठले नागरिकलाई जानकारी गराए ।
‘भुईचालोका कारण मैले मेरी आमा, दाई, भाउजु र भतिजीलाई गुमाएँ,’ दिपकले फेसबुकमा लेखेका छन् ।
मातातिर्थका स्थानीय वासिन्दाले बताएअनुसार घर भत्किँदा परिवारका अन्य सदस्य भाग्न सफल भए पनि चार जना पुरिएका थिए । मृतक सबैको दाहसंस्कार भइसकेको छ ।
प्रतियोगिता स्थगित ः
महाभूकम्पका कारण शनिबारै काठमाडौंमा हुने तय भएको एएफसी यु–१४ क्षेत्रीय महिला फुटबलको फाइनल र तेस्रो स्थानको प्लेअफ तथा जारी राष्ट्रिय लिगका खेलहरुसँगै नेपाली गल्फकै सबभन्दा ठूलो प्रतियोगिता सूर्य नेपाल मास्टर्स र राष्ट्रिय महिला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता तत्कालका लागि स्थगित भएका छन् ।
शनिबार दशरथ रंगशालामा हुने तय भएका भारत र इरानबीचको प्लेअफ तथा नेपाल र बंगलादेशबीचका भूकम्पका कारण गर्न नसकिएको अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार बंगलादेश, भारत र इरानका टोली आइतबार नै स्वदेश फर्किइसकेका छन् । दिउँसो ३ बजे फाइनल तथा त्यसअघि १ बजे तेस्रो स्थानको प्लेअफ हुने तय थियो । त्यसअनुसार तेस्रो स्थानको प्लेअफका लागि इरान र भारतका टोली मैदान पुगेर वार्मअप गरिरहेका बेला भूकम्प आएपछि खेल स्थगित भएका थिए ।
‘हामीले यहाँको विषम परिस्थितीका कारण खेल रद्द गरेर एसियाली फुटबल महासंघ (एएफसी) मा प्रतिवेदन बुझाएका छौं,’ श्रेष्ठले फाइनलबारे भने, ‘अब एएफसीको निर्देशनपछि मात्र फाइनल हुने की नहुने वा कहाँ र कहिले हुने थाहा हुन्छ ।’
यसैगरी मंगलबारदेखि गोकर्ण गल्फ क्लबस्थित ७२ पारको कोर्समा हुने तय भएको भारतीय व्यावसायिक गल्फ टुर (पिजिटिआई) अन्तर्गतको इभेन्ट सूर्य नेपाल मास्टर्स स्थगित भएको छ । नेपाली गल्फमा सर्बाधिक (५६ लाख रुपैयाँ) पुरस्कार राशीको प्रतियोगिताका लागि विभिन्न देशबाट खेलाडी आउने क्रम सुरु भइसकेको थियो भने भारतबाट पिजिटिआईको प्राविधिक टिम आइसकेको आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का महासचिव तथा गोकर्ण गल्फ क्लबका वरिष्ठ गल्फ निर्देशक दीपक आचार्यले जानकारी गराए । आचार्यका अनुसार पिजिटिआईको प्राविधिक टोली आइतबार भारतीय वायुशेनाको विशेष विमानबाट फर्किएको थियो ।
‘यस्तो दुखःद घडिमा प्रतियोगिता गर्न नहुने भएकाले हामीले अनिश्चित कालका लागि स्थगित गरेका हौं । देशको अवस्था राम्रो भएपछि हामी नयाँ मिति तय गर्नेछौं,’ आचार्यले नागरिकसँग भने ।
भलिबल संघले पनि भूकम्पका कारण यही वैशाखको तेस्रो सातादेखि गर्ने घोषणा गरेको महिला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता स्थगित गरेको छ । महासचिव चन्दले भने, ‘देश महाभूकम्पको भुमरीमा फसेका बेला भलिबललाई अर्को शोक पनि परेको छ । भलिबलका प्रमूख प्रशिक्षकलाई हामीले गुमाएका छौं । त्यसैले तत्कालका लागि हामीले यो प्रतियोगिता स्थगित गरेका छौं ।’
यसैगरी दुई महिना अघिदेखि उपत्यकालगायत झापा, मोरङ, कपिलबस्तु र कैलालीमा चलिरहेको राष्ट्रिय लिगका खेलहरु पनि एन्फाले अनिस्चित कालका लागि स्थगित गरेको छ । एन्फाका कार्यवाहक अध्यक्ष श्रेष्ठका अनुसार देशको अवस्था सामान्य नभएसम्मका लागि प्रतियोगिता स्थगित गरिनेछ । ‘अहिले उद्धार र राहत पु¥याउने समय भएकाले पनि खेल गराउनु सान्दर्विक हुँदैन । हाम्रा सबै रंगशाला भूकम्पका पीडितहरुका लागि सुरक्षित आश्रयस्थल बनेका छन्,’ श्रेष्ठले भने, ‘पूरा देश नै शोकमा डुबेका बेला अहिले हामी फुटबल परिवार पनि उद्धार र राहत संकलन तथा वितरणमा केन्द्रित छौं । खेलबारे पछि सोचौला ।’
लगातार भूकम्पको धक्का आइरहेका बेला खुला स्थानको खोजीमा रहेका उपत्यकावासीको लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, कीर्तिपुरको क्रिकेट मैदान, मुलपानीको निर्माणाधिन क्रिकेट एकेडेमी, सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिषर सुरक्षित आश्रयस्थल बनेका छन् । दशरथ रंगशालामा मात्र करिव ५ सय पीडित पाल टाँगेर बसेका छन् । त्रिपुरेश्वरमै बस्ने कराते खेलाडी परशुराम वास्तोलाका अनुसार स्थानीय युवा खेलाडीहरुले सबै पीडितलाई सामूहिक भोजनको व्यवस्था गरिरहेका छन् ।
कीर्तिपुरमा स्वस्फूर्त रुपमा करिव ४ सय स्थानीयवासी पाल टाँगेर बस्नेका छन् । त्यस्तै सातदोवाटोमा पौडी पोखरी, टेनिस कोर्ट र एन्फामा गरी हजारको हाराहारीमा भूकम्प पीडितले आश्रय लिइरहेका छन् । मुलपानीको क्रिकेट मैदानमा पनि हजारकै हाराहारीमा स्थानीयवासी पाल टाँगेर बसेका छन् ।
खेलकुदमा क्षति ः
महाभूकम्पको धक्काले दशरथ रंगशालाका तीनवटा गेट, पौडी पोखरी, राष्ट्रिय खेलकुद परिषदको मुख्य कार्यालय भवन तथा टेनिस कोर्टमा क्षति पुगेको छ । रंगशालाको मुल गेटसँगै दुर सञ्चार गेट र फुटबल मैदान प्रवेशद्धार भत्किएका छन् । यसैगरी टेनिस कोर्ट वरिपरीको पर्खाल भत्किनुका साथै प्यारापिट चर्किएको छ भने पौडी पोखरीको पिँध पनि नराम्ररी चर्किएको छ । उता कीर्तिपुर क्रिकेट मैदानको दक्षिणपट्टीको पर्खाल पूरा भत्किएको छ भने सातदोवाटोमा पनि भवनहरु सामान्य चर्किएको बताइएको छ ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सरकार अहिले पूर्वाधारको चरणमा नपुगिसकेको बताउँदै खेलकुदीय संरचना क्षतिको विवरण लिन नभ्याएको बताए । ‘सरकार अहिले उद्धारको चरणमा छ । भोलीदेखि राहतको चरणमा प्रवेश गर्ने योजना छ । त्यसपछि मात्र पूर्वाधारबारे सोच्न सकिन्छ,’ मन्त्री पौडेलले नागरिकसँग भने, ‘अहिलेको मुख्य प्राथमिकता मानवीय उद्धार र राहत वितरण हो । अझैसम्म मानवीय उद्धारका लागि पनि उपत्यका र जिल्ला सदरमुकामको विवरण मात्र आएको अवस्था छ । पीडितलाई राहत वितरणको प्रक्रिया सकिएपछि पूर्वाधारको विवरण संकलन गर्ने योजना छ । त्यसपछि आवस्यकताअनुसार मर्मत गर्ने की नयाँ बनाउने भन्ने निर्णय हुन्छ ।’