शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरमा हरायो। सुदूरपश्चिमका केशवराज जोशी, नरेन्द्र कार्की र कान्तुराम पनेरुले समान १–१ गोल गरे। म्यान अफ द म्याच सुदूरपश्चिमका केशवराज जोशी घोषित भए।
त्यसैगरी, दोस्रो खेलमा नेपाली सेनाले लुम्बिनी प्रदेशलाई ५–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो। सेनाका रोमन राणाले ४ गोल र राजेन्द्र कार्कीले १ गोल गरे। म्यान अफ द म्याच सेनाका रंजित राउत भए।
प्रतियोगिताको उपाधि जितका लागि शनिबार सेना र सुदूरपश्चिम प्रदेश खेल्ने छन् भने तेस्रो स्थानका लागि गण्डकी प्रदेश र लुम्बिनी प्रदेश खेल्ने छन्।