छैटौ हराईजन टुबोर्ग राष्ट्रिय बास्केटवल कप प्रतियोगितामा काठमाडौंको टाइम्स क्लब च्याम्पियन भएको छ।
धरान १७ स्थित श्री घोपा माविको बास्केटवल कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ८१–७८ स्कोरले हराउँदै टाइम्स च्याम्पियन भएको हो। टाइम्सले च्याम्पियन ट्रफीसँगै नगद पुरस्कार १ लाख ११ हजार रुपैयाँ पाएको छ भने उपबिजेता बनेको आर्मीले ५५ हजारमा चित्त बुझाएको छ।
टाइम्सले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः १९–१८–१८–२६ स्कोर गरेको थियो भने आर्मीले क्रमशः २५–१४–२२–१७ स्कोर गरेको थियो। विजेता टाइम्स क्लबबाट राष्ट्रिय बास्केटबल टिमका क्याप्टेन सदिश प्रधानसहित बिक्रम जोशी, बिजय बुर्जा, मोबिन्द्र क्षेत्री र मनिष केसी गरि ६ जना राष्ट्रिय टिमबाट सदस्य कोर्टमा उत्रिएका थिए। यस्तै, आर्मीबाट पनि आयुश सिंह, सौरभ श्रेष्ठ, रामकृष्ण घतानी, बिनोद महर्जन, आशिस बस्नेत, निश्चल महर्जन र अजय कुशवाह गरि ७ जना राष्ट्रिय टिमका सदस्यहरु उत्रिएका थिए।
फाइनल खेलको म्यान अफ द म्याच आर्मीका बिनोद महर्जन घोषित भए। प्रतियोगिताको उत्कृष्ट खेलाडी टाइम्सका सदिश प्रधान घोषित भएका थिए। राष्ट्रिय टिमका क्याप्टेन समेत रहेका प्रधानले नगद पुरस्कार ११ हजार रुपैयाँ हात पारे। उदयमान खेलाडी घोषित हुँदै ब्रदर्श क्लब धरानका कबिन मगरले नगद ५ हजार पुरस्कार पाए।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई आयोजक हराईजन क्लबका अध्यक्ष वसन्त राई, प्रमुख अतिथि रहेका मेयर तिलक राई, अग्रज पत्रकार हर्ष सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए। चैत्र ५ गतेदेखि सुरु भएको प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको थियो।