कर्णाली प्रदेशमाथि ३ विकेटको जित निकाल्दै गण्डकी प्रदेशले कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा गण्डकीले कर्णालीले प्रस्तुत गरेको ६५ रनको समान्य लक्ष्य १७.३ ओभरमा ७ विकेट गुमाएर भेटाउँदा उपाधि उचाल्न सफल भएको हो। विजेता गण्डकीले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
उपविजेता बनेको कर्णाली प्रदेशले एक लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। ६५ रनको विजयलक्ष्य पछ्याउने क्रममा गण्डकीका लागि ज्योत्सनिका मरासिनीले ११ र सृजना पौडेल तथा आङ्पेम्बलुम्बा सेर्पाले समान ९/९ रन बनाए। बलिङतर्फ कर्णालीकी श्रीमीसिं थारुले ४ विकेट लिइन्। यस्तै विना थापाले २ र एन्जिला थापाले १ विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि कर्णालीका लागि किरण कुमारी कुँवरले एक्लै ब्याटिङ सम्हालिन्। ६७ बलको सामना गरेकी उनले टिमलाई २९ रनको योगदान दिइन्। बलिङतर्फ गण्डकीका लागि आकृति तिवारीले २ र मनीषा उपाध्याय तथा ज्योत्सनिका मरासिनीले समान १/१ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच गण्डकीकी ज्योत्सनिका मरासिनी भइन्। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी ज्योत्सनिका नै भइन्। उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरिन्। सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जिला थापा र उत्कृष्ट ब्याटर बाग्मतीकी हेलिशा गुरुङ भए। उनीहरूले जनही १० हजार प्राप्त गरे।