धनकुटाको राजारानी फुटबल क्लव शनिबारदेखि सुरु भएको पाँचौ अन्तर्राष्टिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ। पाहुना टीमलाई हराउँदै राजारानी विजयी हुन सफल भएको हो।
सुनसरी बराहक्षेत्र वडा नं. ५ स्थित भरौल खेल मैदानमा भएको उद्घाटन खेलमा कञ्चनजङ्गा फुटबल क्लब भारतलाई ४–१ गोल अन्तरले पराजित गर्दै राजारानी क्लवले विजयी सुरुवात गरेको हो। राजारानीका लागि शिशिर लेखी र मनिष थापाले दुई–दुई गोल गरे।
लेखीले खेलको २७ औं र ३५ औं मिनेटमा गोल गरे। थापाले ३० औं र ४७ औं मिनेटमा गोल गरेका थिए। कञ्चनजङ्गाको लागि पुजन सुब्बाले ८२ औं मिनेटमा सान्तवना गोल गरे। कञ्चनजङ्गाका खेलाडीबीच खेलमा आपसी तालमेल नमिल्दा हार बेर्होनु पर्यो।
उद्घाटनको खेलको म्यान अफ दि म्याच राजारानी क्लबका शिशिर लेखी घोषित भए। उनले नगद ५ हजार पुरस्कार पाए।
आइतबारको खेल बिन्दबाशिनी फुटबल क्लब विराटनगर र रेडहर्ष क्लब इलाम बिच हुने आयोजकले जनाएको छ। न्यू स्टार फुटबल क्लव भरौलले आयोजना गरेको गोल्डकप यसअघि दुई बर्ष कोरोना भाइरस संक्रमणका कारण हुन सकेको थिएन। प्रतियोगीतामा दुई भारतीय क्लबसहित नेपालका आठ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए। दुई वर्षपछि भएको गोल्डकपमा दर्शकको थामि नसक्ने गरि जमघट रहेको थियो।
प्रतियोगिताको बिजेताले नगद तीन लाख र उपविजेताले एक लाख ५० हजार पुरस्कार पाउनेछन। सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीले नगद १० हजार पाउने छन्। यस्तै प्रत्येक खेलको म्याच अफ दि म्याचले नगद ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ।