डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीलाई हराउँदै गोल बजार प्रतिभा क्लब दोस्रो मिल्स गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
विराटनगरको जुट मिलको खेल मैदानमा सोमबार भएको खेलमा सिराहको गोल बजार प्रतिभा क्लबले सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ)लाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। निर्धारित समयसम्म दुवै टोली गोल रहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेरकमा दुवै टोलीको ५–५ गोलको बराबारी भएपछि सडन डेथमा सिराह विजयी भएको हो। जितसँगै सिराहले बुधबार झापा दमक एकेडेमीसँग सेमिफाइनल खेल खेल्ने छ।
सिराहको जितमा सनम थापा, आसिप चौधरी, कुलदेव कार्की, विदेशी खेलाडी अली ओला, निश्चल मोक्ताङ र बिनु आले मगरले गोल गरे। धर्मेन्द्र थारूको प्रहार एपिएफका गोलरक्षक दीपेन्द्र गिरीले उत्कृष्ट बचाउ गरे।
एपिएफका सन्तोष कट्वाल, पदम भट्टराई, बुद्धिमान राई, हिसुब थपलिया र निशन खड्काले गोल भने श्याम मुर्मुको प्रहार पोस्टमा लागेर बाहिरियो। सौरभ लिम्बूको प्रहार सिराहका गोलरक्षक निश्चल मोक्ताङले विफल पारे। सिराहका गोलरक्षक निश्चल मोक्ताङ म्यान अफ द म्याच भए। उनले नगद पाँच हजार प्राप्त गरे।
दुवै टोलीले गोलका धेरै अवसर चुकाए। ३ जना विदेशी खेलाडीसहित सिराह मैदानमा उत्रेको थियो। एपिएफका हरी कार्कीले ३२ औं मिनेटमा वान भर्सेस वानमा गरेको प्रहारलाई गोलरक्षक निश्चले विफल पारिदिए। ४५ औं मिनेटमा सिराहका अली ओलास्ले डिबक्सभित्रबाट गरेको प्रहार गोलरक्षकले उत्कृष्ट दीपेन्द्र गिरीले उत्कृष्ट बचाउ गरे। ७७ औं मिनेटमा एपिएफका हरी कार्कीको प्रहार पोस्टमाथि लाग्दै बाहिरियो।
मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको सेमिफाइनल खेल सुनसरी धरानको गोधुली क्लब र विराटनगरको साइनो स्पोर्टस क्लबबीच हुनेछ।