भक्तपुर नगरपालिका वडा नं ७ को आयोजनामा मंगलबार भक्तपुरको गोल्मढीमा भक्तपुर कप तेक्वाण्डो प्रतियोगिता हुने भएको छ। भक्तपुर युवा टिमको व्यवस्थापनमा हुने प्रतियोगिता भक्तपुरको नवीन आधारभूत विद्यालय यातामा हुनेछ। प्रतियोगिता विहानदेखि बुलुकीसम्म दिनभर हुने जनाइएको छ।
प्रतियोगिताका उदघाटन भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांले गर्ने कार्यक्रम तय गरिएको छ। समापन तथा पुरस्कार वितरण भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबाट साँंझ गराउने कार्यक्रम तय गरिएको छ।
प्रतियोगितामा विभिन्न उमेर समूहमा महिला पुरुष तौल समूहको हुने भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए। प्रतियोगिताका सवै उत्कृष्ट टिमलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले जनाए। प्रतियोगिता अन्तर्गत सोमबार तौल मापन कार्यक्रम सकिएको छ।