विराटनगरमा जारी दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विराटनगरको साइनो स्पोर्टिङ क्लब पुगेको छ।
पाहुना टोली सुनसरी धरानको गोधुली क्लबलाई साइनोले सडेन डेथमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। खेलको निर्धारित समयमा दुवै टोली गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा पनि गोल संख्या बराबरी भएपछि सडेन डेथका आधारमा साइनोले गोधुलीलाई ९–८ गोल अन्तरमा हराएको हो।
साइनोका अशोक खवास, कैलाश बस्नेत, दिवाकर चौधरी, निशेन सुब्बा, मीन धिमाल, खमिर गिल्सन, दिनेश राई, भुवन बस्नेत र एन्जल श्रेष्ठले गोल गरे भने निशान लिम्बूको प्रहार पोस्टमा लागेर बाहिरियो।
धरानका दोर्जे तामाङ, सुशील राई, दिवस सुनवार, मनोज राई, जीवन गुरूङ, मनिष थापा, तपन कार्की र उमेश राईले गोल गरे भने मिलन राई र सन्जित राईको प्रहारलाई साइनोका गोलरक्षक एन्जल श्रेष्ठले पिफल पारे। साइनोका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ द म्याच हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे।
निर्धारित समयसम्म धरानका खेलाडीले लगातार प्रहार गरे पनि साइनोका गोलरक्षक एन्जल बाधक भए। मध्यान्तरपछि आक्रमक खेलेको साइनोका निश्चल लिम्बूले ४५ औं मिनेटमा डिबक्सबाट गरेको बाइसाइकल प्रहारलाई धरानका गोलरक्षक सृजन राईले उत्कृष्ट बचाउ गरे। साइनोका भुवन बस्नेतको सशक्त प्रहार पोस्टमाथिबाट बाहिरियो। ६० औं मिनेटमा साइनोका निश्चल लिम्बूले बक्सभित्रबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो।
मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबार सिरहाको गोलबजार प्रतिभा फुटबल क्लब र झापाको दमक एकेडेमीबीच हुनेछ।