दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा गोलबजारको प्रतिभा फुटबल क्लब पुगेको छ।
मिल्स गोल्डकप ट्रष्टले विराटनगरमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबले झापाको दमक एकेडेमीलाई ६–१ को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको हो। गोलबजारले शुक्रबार विराटनगरको साइनो स्पोर्टस क्लबसँग उपाधि जितका लागि प्रतिष्पर्धा गर्ने छ।
विदेशी खेलाडी अलमानले ३ गोल, कुलदेव कार्की, संजीव कार्कीले समान १–१ गोल गर्दै टोलीका फाइनलमा पुर्याए भने दमकका ओमप्रकाशले आत्मघाती गोल गरे। दमकका लागि एक मात्र गोल राजन धिमालले गरे।
खेलको सुरुवाती समयदेखि नै गोलबजारले दमकलाई दबाबमा राख्दै तेस्रो मिनेटमा गोलबजारले पाएको फउलको सदुपयोग गर्दै गरेको कुलदेव कार्की गरेको फ्रिकिक प्रहारले सिधै जाली चुमेको थियो। ७ औं मिनेटमा बिनु आलेले मिलाइ दिएको पासमा अलमानले हेडमार्फत गोल संख्या थपे। १३ औं मिनेटमा दमकका राजन धिमालले गोल फर्काए।
मध्यान्तरअघि थप गरिएको ३ मिनेटको अतिरिक्त समयको अन्तिम समयमा दमकका खेलाडीले आत्मघाती गोल गरेपछि गोलबजारको गोल संख्यमा वृद्धि भयो। गोलबजारका सन्जित कार्कीले दायाँ कर्नरबाट गरेको प्रहार दमकका डिफेन्स ओमप्रकाश तामाङले क्लीयर गर्न खोज्दा गोल भयो।
गोलबजारको गोलसंख्या बढेसँगै मध्यान्तरपछि दमकलाई थप दबाबमा राख्दै खेलेको थियो। ५० औं मिनेटमा गोलबजारका सुजित कार्कीले कर्नर लाइनबाट निकालिएको पास अलमानले गोल गरे। ७३ औं मिनेटमा नरेश राईले कर्नरतीरबाट निकालिदिएको क्रस पासलाई संजीव कार्की गोल गरे। ७८ औं मिनेटमा गोलबजारका अलमानले गोल गरे। ७७ मिनेटमा दमकका राजन धिमालको प्रहार पोस्टमाथिबाट बाहिरियो। म्यान अफ द म्याच गोलबजारका अलमान भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे।