पाहुना टोलीसँग स्तब्ध हुँदै साइनो स्पोर्टस् क्लबले सिरहाको गोलबजार प्रतिभा फुटबल क्बललाई दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुम्पियो।
मिल्स गोल्डकप ट्रष्टले विराटनगरमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा गोलबजारको प्रतिभा फुटबल क्लबले विराटनगरको साइनो स्पोर्टस् क्लबलाई २–१. गोलले पराजित गर्दै उपाधि जितेको हो। जितसँगै गोलबजारले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेता साइनोले नगद १ लाख १ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गर्यो।
खेल सुरू भएको ८ औं मिनेटमा गोलबजारका विदेशी खेलाडी अलीले गोल गरि टिमललाई अग्रता दिलाए। उनले मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भयो। पहिलो गोल भएपछि दबावमा परेको सनाइनोका विदेशी खेलाडी फुफनाले १४ औं मिनेटमा गरेको प्रहार गोलबजारका किपर निश्चल श्रेष्ठले उत्कृष्ट बचाए। ३५ औं मिनेटमा गोलबजारका कुलदेव कार्कीले प्रहार गरेको फ्रिकिक साइनोका गोलकिपर एन्जल श्रेष्ठले बचाए। साइनकोका फुफनाले ३९ औं मिनेटमा ३० यार्डबाट गरेको प्रहार जाली चुम्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफदेखि आक्रमक खेल पस्किएको गोलबजारले ४७ औं मिनेटमा विदेशी विनु अलीले निकालिदिएको क्रस पासलाई विदेशी खेलाडी यामुले गोल गरी टिमको जित सुनिश्चत गरे। ५१ औं मिनेटमा भुवन बस्नेतले डिबक्सभित्रबाट गरेको कडा प्रहार गोलबजारका किपर सुरज मिरारले उत्कृष्ट बचाए।
घरेलु दर्शकको साथ पाएको साविकको उपविजेता साइनोले थुपै गोल गर्ने अवसर खेर फाल्यो। ६३ औं मिनेटमा साइनोका फुफानोले निकादिएको पास भुवन बस्नेतले डिबक्सभित्रबाट गरेको हेड बाहिरयो। बक्सभित्र निशान लिम्बूले वान भर्सेस वानको प्रहार फितलो रहँदा गोल गर्ने अवसरबाट चुके ।
फाइनल खेलको प्लेयर अफ म्याच उपविजेताका फोपोनो भए। त्यसैगरी उत्कृष्ट खेलाडी गोलबजारका कुलदीप कार्की, हाईस्कोरर गोलबजारका अलमान भए। उनले प्रतियोगितामा तिन गोल गरेका थिए।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो। विजेता हुने खेलाडीहरूलाई कार्यक्रममको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, ट्रष्टका अध्यक्ष किशोर शाही, संयोजक किशोर सुब्बालगायतकाले पुरस्कार वितरण गरेका थिए।
चन्देश्वर सम्मानित
विराटनगरको रानीमा रहेर खेलाडीहरूको जुत्ता सिलाउँदै आएका चन्देश्वर रामलाई सम्मान गरिएको छ। उनलाई नगद २५ हजार रुपैयाँसहित कगद पत्रले सम्मान गरेको थियो। सम्मानित भएका रामले सिलाएको जुत्ता लगाए थुप्रै राष्ट्रिय खेलाडी भएका छन्। सम्मानित भएका रामलाई विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले कदर पत्रले सम्मान गरे।