काठमाडौं- एडभेन्चर स्पोर्टस नेपालले विभिन्न देशमा दौडमार्फत् भूकम्प पीडितको सहयोगार्थ ३ हजार अमेरिकी डलर संकलन गरिसकेको छ। रन टु रिबिल्ड नेपाल (नेपालपुनःनिर्माणका लागि दौड) नाम रहेको अभियानअन्तर्गत ९ वटा देशमा उपकारी दौड सम्पन्न भइसके र अझै केही देशमा दौड गर्ने तयारी रहेको एडभेन्चर स्पोर्टस नेपालले जनाएको छ।
त्यसै अभियान अन्तर्गत काठमाडौंमा १० किलो मिटर दौडको आयोजना हुँदैछ। चोभार क्षेत्रमा हुने दौडबाट संकलन हुने रकम प्रण नेपालसँगको सहकार्यमा खुम्बु क्षेत्र र अन्य ठाँउमा विद्यालय पूनःनिर्माणमा खर्च गरिने बताइएको छ।
वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका सयौं पराकम्पनपछि नेपालको बारेमा विश्वमा नकारात्मक सन्देश फैलिएको उल्लेख गर्दै एडभेन्चर स्पोट्सले वास्तविकता त्यस्तो नभएको र नेपाल अहिले पनि पर्यकीय गन्तव्यस्थल भएको सन्देश दिन पनि दौडको आयोजना गरिएको जनाएको छ।
अहिले सम्म भारत,जापान, बेल्जियम, अमेरिका, इजरायल, जर्मनी, बेलायत ,फ्रान्स र अमेरीकामा पूर्ननिर्माणका लागि दौड सम्पन्न भइसकेका र त्यसबाट ३ हजार अमेरिकी डलर संकलन भइसकेको एडभेन्चर स्पोर्टसले जनाएको छ।
भारतको रनिड एन्ड लिभिड कम्पनीले गुरगाउँमा २४ मे मा गरेको दौडमा २ सय ५० शौखिन धावकले २१ किलोमिटरको दुरी तय गरेका थिए। गुरगाउँ अर्बाली हिल्स नाम दिएको प्रतियोगिताका आयोजकले त्यहाँका १० हजार धावकलाई पत्रमार्फत भूकम्प र त्यसबाट नेपालमा पुगेको क्षतिबारे जानकारी गराएको र नेपालमा सहयोग गर्न आव्हान गरेको बताइएको छ।
जापानको ताकासी ओकाडाले मे ३० मा दौड आयोजना गर्योे। बेल्जियन धावक फ्रान्सिस क्रिस्टेनले चीनको ग्रेट वाल म्याराथनमा नेपालका लागि दौडिएका थिए। त्यसबाट क्रिस्टेनले ७ सय ५ युरो जम्मा गरेका छन्। जापानमा दौड भएकै दिन इजरालयको तेल अभिभ रनिड क्लबले ८ देखि १० किलोमिटरको जनचेतना मुलक दौड सम्पन्न गर्यो ।
एडभेन्चर स्पोर्टसका अनुसार आउने दिनमा सिंगापुर, चीन, अस्ट्रिया, अस्टे्रलिया, नर्वे लगायतका देशहरुमा पूर्ननिर्माणका लागि दौड हुनेछ।
। एडभेन्चर स्पोर्टसका प्रमुख शिखर पाँडेले दौडको मुख्य उद्देश्य खुम्बु क्षेत्रमा सहयोग पुर्या्उने भएपनि प्रभावित अन्य जिल्लाका वालबालिको पठनपाठनका लागि पनि सहयोग पुर्यादइने बताएका छन्।