फेरिएको परिचयसँगै विदाईको तयारी
२५ जेष्ठ २०७२
•
१२ मिनेट पाठ
फेरिएको परिचयसँगै विदाईको तयारी
काठमाडौं– विदाईको क्षण सधै भावुक र दुखद हुने गर्छ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा शुक्रबार त्यस्तै क्षणसँग साक्षात्कार गदैछन्। सदस्य सचिवका रुपमा २०६८ जेठ २९ मा एनेकपा माओवादीको कोटामा उनले लिएको चार वर्षे नियुक्तिको समयावधी शुक्रबार सकिँदैछ।परिषदको इतिहासमा सर्वाधिक चर्चित सदस्य सचिवमध्ये एकका रुपमा चार वर्ष राज गरेका लामासँग विदा हुँदा भावुक हुनका लागि थुप्रै कारण छन्। सदस्य सचिवका रुपमा परिषद हातामा प्रवेश गर्दा चार वर्षअघि लामाको परिचय ‘एकादेशको कराते खेलाडी र प्रशिक्षक' भन्दा माथि थिएन। एउटा कलाकार, निर्देशक र निर्माताका रुपमा नेपाली समाजमा परिचय बनाएका लामा परिषदको सदस्य सचिव नियुक्त हुनुले धेरैलाई आश्चर्यमा पारेको थियो। 
एक सयभन्दा बढि चलचित्रकर्मीलाई एकसाथ माओवादीमा छिराएको भन्दै चलचित्र क्षेत्रमा आलोचित लामा परिषदमा सदस्य सचिव हुनुलाई ‘पुरस्कार' का रुपमा चर्चा गरिएको थियो। तर खेलकुदको ज्ञानीका रुपमा आफूलाई प्रमाणित गर्न लामाले खास समय लगाएनन्। नेपालमा मार्शल आर्टस प्रतिवन्धित हुँदादेखि नै कराते खेल्न–खेलाउन सुरु गरेका लामा नेपाली करातेको पहिलो पुश्ताका सदस्य थिए। नेपालमा ब्ल्याकबेल्ट लिनेमा पनि उनी पहिलो पुश्ताका हुन्। २०३ सालअघि नानबुदो कराते खेल्दै गरेका लामालगायतले भारतका सिमावर्ती सहरमा कराते प्रशिक्षण गराइरहेका टिएस ठकुरीलाई काठमाडौं ल्याएर गोप्य रुपमा सितोरियो खेल्न थालेका थिए। उनीसँगै गोपाल भण्डारी र मोहन राई नेपालमा ब्ल्याकबेल्ट लिने पहिलो पुश्ताका खेलाडी हुन्।
२०४४ सालसम्म निरन्तर प्रशिक्षकका रुपमा सक्रिय उनका चेलाहरुमा राजेन्द्र कपाली, दावा गुरुङ, अकबर शाह, आनन्दु लामा, देव लामा, केशव स्थापित, मजिम सिंह, केशवसिंह ठकुरी पहिलो पुश्ताका खेलाडी हुन्। नेपाल सितोरियो कराते संघका तत्कालिन तलवी प्रशिक्षक एवं ब्ल्याकबेल्ट काउन्सिलका संस्थापक सदस्य लामा ०४४ पछि प्रत्यक्ष रुपमा खेलकुदबाट टाढिएका थिए। त्यसपछि एकैपटक २४ वर्षपछि सदस्य सचिवका रुपमा खेलकुदसँग उनको सम्बन्धले पूर्नजीवन पाएको थियो। 
खेलकुदबाट टाढा रहँदा पनि यो क्षेत्रका हरेक गतिविधिसँग जानकार रहेको उनले चार वर्षे कार्यकालमा प्रमाणित गरे। त्यसैले फर्किँदा अहिले उनीसँग खेलकुद हस्तीको रुपमा फेरिएको परिचय भएको छ। राजनीतिक नियुक्ति लिएर आएपछि लामाले सबभन्दा पहिला खेल गतिविधिमा ध्यान केन्द्रित गरे। पूरा चार वर्षको समय नेपाली खेलकुदलाई चलायमान बनाइरहनु लामाको सबभन्दा ठूलो सफलता थियो। त्यसोत सदस्य सचिवका रुपमा उनले आफू आबद्ध राजनीतिक दललाई पनि खेलकुदमा स्थापित गर्ने प्रयासमा कुनै कसर बाँकी राखेनन्। सदस्य सचिवका रुपमा उनको ‘सफलता' को कथा लामो छ। नेपाल घोडचढी संघको अध्यक्ष तथा नेपाल कराते महासंघको संरक्षक हुन परिषदको सदस्य सचिव नभएको भए लामालाई सम्भव थिएन। सदस्य सचिवसँग हुने असिमित अधिकारको दुरुपयोग गर्दै लामाले कुनै खेलसँग सम्बन्ध नराख्ने माओवादीको भ्रातृ संगठन अखिल नेपाल खेलकुद संघलाई राष्ट्रिय संघका रुपमा दर्ता गराए। 
त्यसअघि नै नेपाली खेलकुदमा सबभन्दा बढि अन्तर्राष्ट्रिय सफलता दिलाउने तेक्वान्दोमा बैधानिक तवरमै समानान्तर संघ गठन गरेर लामाले पहिलो गल्ती गरिसकेका थिए। नेपाल तेक्वान्दो संघ अस्तित्वमा रहेकै बेला लामाले नेपाल तेक्वान्दो युनियन राखेपमा दर्ता गराएर यो खेलमा रहेको बिवादलाई औपचारिक रुपमा मलजल गरेका थिए। 
खेलकुदमा ‘राजनीति गर्दिन' भन्दै सबभन्दा बढि राजनीति गर्ने आरोप पनि लामालाई लाग्यो। सदस्य सचिवका रुपमा नियुक्त हुदा उनले ‘तदर्थबादमा अल्भि्कएको नेपाली खेलकुदलाई निर्वाचनको दायरामा ल्याउने' घोषणा गरेका थिए। त्यो अभियानलाई तिब्रताका साथ कार्यान्वयन गर्ने क्रममा उनले अधिकांस जसो संघमा निश्चित संख्यामा माओवादी कार्यकर्ताको सामूहिक प्रवेश गराए। क्रिकेट संघमा त माओवादी कव्जा गराउनै उनी सफल भए। 
कार्यकालको पहिलो ९ महिना अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटिको पक्षमा वकालत गरेर नथाक्ने लामाले त्यसपछि अचानक ‘यु टर्न' लिए। बाँकी ३ वर्ष उनले खेलकुदमा एनओसीसँग पैठाजोरीमै समय खर्चिए। एनओसीसँग पानी बाराबारको अवस्थामा पनि खेलाडीको अन्तर्राष्ट्रिय सहभागितामा कहिल्यै तगारो नबन्नु भने लामाको सकारात्मक पक्ष थियो। कराते महासंघमा आफै संरक्षक बनेर उनले एनओसीसँगको बिवादलाई थप बढावा दिएका थिए। एनओसीसँगको लडाईमा सुरुमा आफैले मानवतस्कर भनेर कार्वाही गरेका नेपाल एमेच्योर एथलेटिक्स संघका तत्कालिन महासचिव एवं एनओसीका प्रवक्ता रवि राजकर्णिकारलाई पछि अन्तर्राष्ट्रिय विज्ञका रुपमा प्रयोग गर्दा लामाको आलोचना भएको थियो। राजकर्णिकारले एनओसीबाट राजीनामा दिएपछि लामाले त्यसको फाइदा उठाउँदै एनओसीविरुद्ध उनलाई प्रयोग गरेका थिए। 
सुरुआति तीन वर्ष खेल गतिविधिलाई चलायमान बनाउने, सरकारी बजेटमा प्रभावकारी लविङ गरेर खेलकुदलाई प्राथमिकतामा राख्न लगाउने, भौतिक पूर्वाधारमा जोड दिनेलगायतका कामले लामाको लोकप्रियता चुलिँदो थियो। तर १५ महिनाअघि युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री आएपछि मन्त्रीसँगको सम्बन्धका कारण लामा आलोचनाका पात्र बने। परिषदको अध्यक्ष समेत रहने मन्त्रीमा नेकपा एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले नियुक्ती पाएपछि मन्त्री र सदस्य सचिवको शक्ति संघर्षका कारण खेलकुद बन्धक बन्न पुग्यो। मन्त्रीले तत्काल लामालगायत माओवादी कोटामा परिषदमा नियुक्ती लिएकालाई पदमुक्त गर्ने प्रयास गरेपनि लामाले सर्वोच्च अदालत गुहारेर पूरा चार वर्ष पदमा रहने पक्का गरे। 
खेलकुदमा स्थायित्वका लागि लामाको कानुन गुहार्ने कदमलाई केहीले सही रुपमा व्याख्या गरेका छन् भने केहीले ‘राजनीतिक नियुक्ती लिनेले नैतिकताका आधारमा अर्को दलको मन्त्री आएपछि राजीनामा दिएर राजनीतिक चरित्र देखाउनु पर्ने' भन्दै लामाको आलोचना गर्ने गरेका छन्। मन्त्रीसँगको त्यही खराव सम्बन्धका कारण अहिले पनि दुई पक्षबीच अदालतमा सातवटा मुद्धा छन् भने गतवर्ष हुनुपर्ने सातौं वृहत राष्ट्रिय खेलकुद हुन सकेको छैन। 
तर सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गर्न नसकेको अपगाल बोकेर जाने तयारीमा रहेका लामाले अघिल्लो संस्करण भने सफलतापूर्वक गरेको जस पनि सँगै लानेछन्। लामाकै नेतृत्वमा थुप्रै बिवाद र अप्ठेराका बीच पनि २०६८ मा सुदूर पश्चिमको धनगढी, टिकापुर र महेन्द्रनगरमा छैटौं वृहत राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न भएको थियो। त्यसैको बहानामा राज्यको प्राथमिकतामा सधै पछि पर्दै आएको सुदूर पश्चिममा खेलकुदका थुप्रै पूर्वाधार पनि बनेका थिए। 
अन्तर्राष्ट्रिय प्रतियोगिताको मुखैमा केही दिन प्रशिक्षण गरेर स्पर्धामा भिड्ने नियतीबाट लामाले नेपाली खेलकुदलाई माथि उठाए। उनकै कार्यकालदेखि वर्षैभरी राष्ट्रिय टोलीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाइयो। खेलाडीको हौसला बढाउन पुरस्कार र सम्मानको विशेष संस्कार सुरु गर्ने क्रममा उनले सबैखाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोतिगाको वर्गिकरण गरी त्यही अनुसारको पुरस्कार दिने कार्यविधि पास गराए।
भौतिक पूर्वाधार निर्माणमा पनि लामाको कार्यकाल उल्लेख्य रहयो। सबै ७५ जिल्लामा सेमि कभर्डहल निर्माण गर्ने तथा दशरथ रंगशाला पुर्ननिर्माणको काम सुरु भइसकेको छ। यसैगरी कीर्तिपुरमा क्रिकेटका लागि इन्डोर अभ्यास स्थल तथा मुलपानीको बहुचर्चित क्रिकेट रंगशाला निर्माणको काम लामाकै कार्यकालमा सुरु भएको छ।
भौतिक पूर्वाधार निर्माणमा लामालाई जस दिने जति छन्, आलोचना गर्ने पनि कम छैनन। ‘सेमि कभर्डहलका नाममा उहाँले बनाउनुभएका सबै संरचना सिमित खेलका लागिमात्र काम लाग्ने खालका छन्,' उनका एक आलोचक भन्छन्, ‘त्यसको उचाई भलिबल, ब्याडमिन्टन, बास्केटबललगायतका खेललाई काम लाग्दैन। उहाँले गाई बाध्नेजस्ता टहरा बनाएर सेमि कभर्डहलको प्रचार गरिरहनुभएको छ।'


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस