प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्ड विघटन गरी नयाँ बोर्ड गठन गरेको छ।
विराटनगरमा मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले खेलकुद विकास बोर्डको सदस्यसचिवमा हंसराज वाग्ले र उपाध्यक्षमा जीना कार्कीलाई नियुक्त गरेको जनाएको छ। प्रदेश सरकारका प्रवक्ता यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बैठकको निर्णयको जानकारी दिँदै बोर्डमा वाग्ले र उपाध्यक्षमा जीना कार्कीलाई नियुक्त गरेको बताए।
सोमबार साँझमा बसेको मन्त्री परिषद्को बैठकले यस अघि रहेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले नियुक्त गरेका बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)सहितको टोलीलाई पदबाट हटाउने निर्णय गरेको थियो।
प्रदेश १ सरकारले राजनीतिक भागबण्डाका आधारमा भलिबलका पूर्व खेलाडी तथा वैदेशिक रोजगार व्यवसायी एवं एकीकृत समाजवादीका ओखलढुंगा अध्यक्ष वाग्लेलाई सदस्यसचिवमा नियुक्त गरेको हो। यस अघि वाग्ले वैदेशिक रोजगार व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा नेपाली कांग्रेसबाट विजयी भएका थिए। कांग्रेसको वैदेशिक विभागको केन्द्रीय सदस्य रहिसकेका वाग्ले ०७७ पुसमा तत्कालीन नेकपा प्रवेश गरेका थिए। झनाथ खनाल निकट रहेका वाग्ले ०७८ भदौदेखि ओखलढुंगाको जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरेका थिए।
त्यसैगरी नेपाली काँग्रेसको कोटामा सिफारिस भएकी विराटनगरकी सञ्चारकर्मी जीना कार्की उपाध्यक्षमा नियुक्त भएकी हुन्। कार्कीको नियुक्तिलाई लिएर असन्तुष्टि बाहिर आएको छ। प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा खेलकुद क्षेत्रदेखि बाहिरका व्यक्तिलाई नियुक्ति गरेको भन्दै काँग्रेसको निकट संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले असन्तुष्टि जनाएको छ। संघका केन्द्रीय सदस्य रञ्जन थापाले प्रदेश १ मा भएको नियुक्तिका विषयमा केन्द्र र प्रदेशमा छलफल नभएको बताए। ‘केन्द्रको सदस्यसचिव वा अन्य कुनै पनि पदमा नियुक्त गर्नु पूर्व संघमा छलफल र समन्वय हुने गरेको थियो,’ थापाले भने, ‘तर, प्रदेशमा त्यो परिपाटी देखिएन।’
लोकतान्त्रिक खेलकुद संघका प्रदेश १ का अध्यक्ष वसन्त अर्यालले खेलकुद बोर्डको उपाध्यक्षमा नियुक्त गर्ने कुरा समितिसँग छलफल र समन्वय नभएको बताए। उनले खेलकुद वा खेलकुद क्षेत्रभन्दा बाहिरको व्यक्तिलाई नियुक्ति दिएको प्रति पूर्ण असन्तुष्टि रहेको बताए। ‘खेलकुद क्षेत्रभन्दा बाहिरको व्यक्तिलाई कसले र कसरी सिफारिस गर्यो थाहा छैन,’ अध्यक्ष अर्यालले भने, ‘हामीसँग समन्वय गरेको भए खेलकुद क्षेत्रमा लामो समय बिताएका महिला खेलाडी धेरै थिए। उनीहरूले खेल र पार्टी दुवैमा योगदान गरेका छन्।’ यस नियुक्तिबाट खेलकुद र पार्टी दुवै क्षेत्रमा लाग्नेलाई ठूलो चोट पुगेको छ।
पदच्युत गरिएका बस्नेत एमालेतर्फको खेलकुद महासंघको अध्यक्ष रहेका छन्। बस्नेतले आधिकारिक रूपमा आफूले पदबाट हटाइएको पत्र नपाएको बताए। ‘विगत ६ महिनादेखि सरकारले प्रतिशोध साँधेर काम गर्ने वातावरण सिर्जना नभएको बताउँदै, बस्नेतले भने, ‘आधिकारिक रूपमा पत्र पाएपछि आफू वैधानिकतातर्फ अघि बढ्ने छु। पूर्व सरकारले वैधानिक रूपमा ४ वर्षका लागि खेलकुदको जिम्मेवारी दिएको थियो।’ 'वर्तमान सरकारले बजेटदेखि दैनिक खर्चसमेत रोकेर खेलकुदलाई ठप्प पारेको थियो। यो हठात र प्रतिशोधको निर्णयविरूद्ध म अदालत जान्छु,' बस्नेतले भने।