पाेखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु
२४ चैत्र २०७८
•
२ मिनेट पाठ
पाेखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु
प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ




पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए। सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पुर्‍याउने विश्वास गरे। 

उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताए। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यवालोकन गरेर आनन्द लिन सकिने प्याराग्लाइडिङले पोखराको पर्यटन प्रर्वद्धनमा ठूलो भूमिका खेलेको बताए।

उनले कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रमा विशेष सहुलियत प्याकेजसहित प्याराग्लाइडिङ उडान गरेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको स्मरण गर्दै प्रतियोगितालगायत प्रबन्धात्मक कार्यक्रममा जोड दिनुपर्ने बताए।  

प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र आठ महिला तथा टेन्डमतर्फ ३७ खेलाडीबीच प्रतिस्पर्धा भएको र आज बाँकी खेलबीच प्रतिस्पर्धा हुने  संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए। उनकाअनुसार प्रतियोगितामा ७७ प्रतियोगी छन्। त्यसमा आठ महिला पाइलट रहेका छन्। प्रतियोगिताको अन्तिम दिन यही चैत २५ गते विभिन्न सांस्कृतिक वेषभूषासहित पाइलटले कौशल प्रदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शोसमेत हुने उनको भनाइ छ।

पोखरामा व्यावसायिकरुपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ३६६ प्याराग्लाइडिङ पाइलट रहेको ना अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। उनले कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता स्थगित भएको जनाउँदै यस प्रतियोगिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतियोगिता नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोग र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवद्र्धन गरेको हो। उक्त प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिस्पर्धा हुनेछ।  रासस
अर्को समाचार
प्याराग्लाइडिङ व्यवसायीको अनुरोधः १० देखि १२ बजेसम्मको समय हामीलाई देउ
२५ असार २०७९
•
६ मिनेट पाठ
प्याराग्लाइडिङ व्यवसायीको अनुरोधः १० देखि १२ बजेसम्मको समय हामीलाई देउ
पोखराको आकाशमा उडिरहेको प्याराग्लाइडिङ।
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएकोले आगामि जनवरी एकदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ।




हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनवरी एकदेखि विमानस्थल सञ्चालन गर्ने बताइसकेको छ। त्यही अनुसार पोखराको आकाशमा उडान हुने प्याराग्लाइडिङलाई अन्यत्रै सार्न प्राधिकरणले व्यवसायीलाई निर्देशन पनि दिइसकेको छ।

तर, व्यवसायीले भने पोखराको आकाशमा झन्डै अढाइ दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडानलाई अन्यत्र सार्दा पर्यटन क्षेत्रमै धक्का पुग्ने, ठुलो जनशक्ति बेरोजगार हुने, लगानी खेर जाने र समग्रमा पर्यटनमै नोक्सान हुने  भएकोले सकेसम्म अहिलेकै आकाशमा उडान गर्न पाउनुपर्ने बताइरहेका छन्। समय तोकेरै उडान गर्न दिन पनि व्यवसायीको आग्रह छ। अहिले दिनभर जसो उडान भइरहेकोमा अब समय तोकेर उडान गर्न दिन व्यवसायी र पाइलटको माग छ।

विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङलाई विस्थापित नगरी स्थापित गर्नुपर्ने उनीहरुको भनाइ छ। बरु, थप अनुशासनमा बसेर उडान गर्न आफूहरु तयार रहेको उनीहरु बताउँछन्। विमानस्थलको उडान र अवतरणलाई धेरै समय अप्ठेरो नपार्ने गरी दिनमा दुई घण्टा (बिहान १० देखि १२ बजेसम्म) समय प्याराग्लाइडिङ उडानका लागि छु्ट्याइदिन उनीहरुको आग्रह छ। प्याराग्लाइडिङ विस्थाति भए पोखराको साहसिक पर्यटनले ठूलो क्षति व्यहोर्नुपर्ने उनीहरुको तर्क छ।
नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष बिमल पहारीले भने, ‘हामीलाई बरु अहिले भन्दा कडाइ गरियोस्, तर, पोखराको यो आकाशबाट विस्थापित नगरौ।’ प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए) को शनिबार भएको साधारणसभामा पाइलट पहारीले भने, ‘बिहान १० देखि मध्यान्ह १२ बजेसम्म मात्र हामीलाई दिए पुग्छ। त्यो अवधिमा हामी अनुशासित भएर उडान गर्नेछौं,’ उनले भने, ‘पोखराको यो विमानस्थल तत्कालै २४ सै घण्टा सञ्चालनमा नआउने भएकोले सुरुका केही वर्षका लागि भएपनि दिनमा दुई घण्टा समय प्याराग्लाइडिङका लागि दिने हो भने पोखराको पर्यटन क्षेत्र जोगिन्छ।’

पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडानलाई मध्यान्ह १२ बजेसम्मका लागि मात्र अनुमति दिने हो भने व्यवसायी, जनशक्ति र पर्यटन क्षेत्र नै जोगिने उनको भनाइ छ। यसअघि व्यवसायी र केही पाइलट अनुशासित हुन नसक्दा आफूहरुमाथि प्रश्न उठाउँदै प्राधिकरणले प्याराग्लाइडिङलाई अन्यन्त्र सार्न खोजेको उनले बताए। ‘हामी आफू पनि सुध्रिनुपर्छ। हामीले पछिल्ला दुई वर्ष केही कमजोरी गर्‍यौँ। पैसाका लागि भएजतिका उडान गर्‍यौँ,’ उनले भने, ‘पछिल्ला दुई वर्ष मात्र हामी सुध्रेको भए यो अवस्था आउने थिएन। यो बिगार्न र यहाँबाट बाहिरिनुमा हामी पाइलट र व्यवसायी पनि कारक छौं।’

पछिल्लो दुई वर्ष मिलेर काम गर्न सकेको भए हाम्रो काम देखेर नियमनकारी निकाय पनि पोखरामै प्याराग्लाइडिङ उडानलाई राखिरहन बाध्य हुने उनको भनाइ छ। ‘हामीले बिहान १० देखि १२ बजेसम्म मात्र अनुशासनमा रहेर उडान गर्न सकेनौं। हिजोसम्म पैसाका लागि मात्र सोच्यौँ,’ उनले भने, ‘तर, अहिले कठिन अवस्थामा छौं। अब पनि रहन नसके समस्या आउँछ।’

यो व्यवसायमा करिब ३५० जना पाइलट छन। ती मध्ये आधा पाइलट व्यवसाय सर्नासाथ अप्ठेरोमा पर्ने उनले बताए। ‘पाइलटको परिवारलाई पनि समस्या पर्नेछ। त्यही भएर अझै एकपटक नियमनकारी निकायसँग समन्वय गरौ र सकेसम्म पोखराबाट बाहिरिन नदिऔं,’ उनले भने।

उनका अनुसार पोखराका प्याराग्लाइडिङ व्यवसाय सुरु भएदेखि अहिलेसम्म करिब ४० लाख पर्यटकले उडान गरिसकेका छन्। कतिपय मुलुकका सैनिक नै पोखराको यो ठाउँमा प्याराग्लाइडिङ प्रशिक्षण लिन आउने गर्छन्। अक्टोवर–नोभेम्बर महिना प्याराग्लाइडिङ उडानका लागि विश्वकै उपयुक्त समय हुने उनले बताए।

उनका अनुसार पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट तीनमा पर्छ। पोखराबाट विस्थापित भएको खण्डमा पर्यटकको बसाई अवधि कम हुने, पर्यटक आगमनमै हस आउने उनले बताए । ‘केही गरी पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुनु परेमा नेपालमै कतैपनि व्यवस्थापन हुनेछैन,’ पहारीले भने।

पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो। सन् २००० देखि कम्पनी खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए। अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गराइन्छ। सराङकोट आडैको तोरीपानी र मान्द्रेढुंगा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो।

मान्द्रेढुंगा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्ने हुन्। सराङकोटको चुचुरो १६ सय मिटर उचाइको छ। तर, प्याराग्लाइडिङ उडान १४ सय मिटरबाट हुन्छ। त्यस्तै तोरीपानीको उचाइ १७ सय मिटर रहेकोले त्यो भित्र समेटिने गरी उडान गर्न सकिने अवस्था रहनसक्ने व्यवसायीले बताउँदै आएका छन्।

संस्थाका उपाध्यक्ष इन्द्र भण्डारी पनि विमानस्थलको विकास भित्रिँदा वर्षाैदेखि स्थापित व्यवसाय विस्थापित हुन नहुने बताउँछन्। ‘हामी नियन्त्रित बक्सभित्र रहेर उडान गर्न तयार छौं। दिनमा दुई घण्टा समय दिए हुन्छ,’ भण्डारीले भने, ‘विकासको श्रृंखलासँगै विमानस्थल भित्रिएको छ। तर, त्यससँगै प्याराग्लाइडिङ विस्थापित हुनु हुँदैन। पोखराको लागि मात्र नभइ नेपालकै लागि प्याराग्लाइडिङको महत्व बुझौंर बुझाउन सकौं।’ उनका अनुसार यो व्यवसायमा करिब एक अर्ब भन्दा बढी लगानी छ।  

पोखराका ६२ कम्पनिमा करिब २ हजार कामदार निर्भर रहेको उनले बताए। ‘हामीले सक्दो प्रयास गरिरहेका छौं। सकेसम्म बचाउनुपर्छ भन्नेमा दुईमत छैन,’ उनले भने, ‘यो हाम्रा लागि मात्र नभइ पर्यटकको मागमा निर्भर छ। दिनमा ६ सय जति उडान हुँदा धेरै ठूलो राहत पर्यटनमा पुगेको छ।’
महासचिव बलराम आचार्यले पनि दिनमा बढीमा दुई घण्टा समय दिएर पोखराको आकाशमा उडान भइरहेको प्याराग्लाइडिङ उडानलाई जोगाउनुपर्ने बताए। ‘दिनमा कम्तिमा दुई घण्टाको समय प्याराग्लाइडिङ उडानका लागि देउ भन्ने हाम्रो माग छ,’ उनले भने, ‘दिगो व्यवस्थापन हुन नसके यसले पर्यटनमा मार पर्छ।’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि विमानस्थलका कारण प्याराग्लाइडिङ क्षेत्र  चिन्तित बन्नुपरेको बताए। उनले पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडानलाई पोखरामै राखिरहन हरदम प्रयास गरिरहेको बताए।

‘पोखराको यो विमानस्थल अहिले नै चौबिसै घण्टा चल्ने होइन, त्यसैले दिउँसोको केही समय प्याराग्लाइडिङ उडानका लागि छुट्याएर व्यवस्थापन गर्ने अन्तिम प्रयास भइरहेको छ,’ उनले भने, ‘विमानस्थल सञ्चालन, ल्याण्डफिलसाइट व्यवस्थापन र प्याराग्लाइडिङको संरक्षण अहिलेको मुख्य मुद्दा छन।’  

पोखरामा भइरहेका साहसिक उडानका गतिविधि बन्द हुने हो भने पर्यटकको औषत बसाई अवधि झनै कम हुने उनले बताए। ‘अहिले पोखरामा पर्यटकको बसाई अवधि औषतमा दुई दिन छ, हामीले पाँच वर्षभित्र पाँदिन पुर्‍याउने लक्ष्य लिएका छौ,’ उनले भने, ‘त्यसका लागि पनि पदयात्रा, प्याराग्लाइडिङ जस्ता साहसिक पर्यटकीय प्रडक्ट बच्नुपर्छ।’ उनले केही गरी पोखराबाट विस्थापित हुनै परेमा अन्यत्र पनि सम्भावना खोज्न व्यवसायीलाई आग्रह गर।

संस्थाका अध्यक्ष कृष्ण भण्डारीले भने पोखराको आकाशमा वर्षाैदेखि उडान भइरहेको प्याराग्लाइडिङ विस्थापित हुँदा त्यसको मार पोखराको समग्र पर्यटन क्षेत्रमा पर्ने भएकोले विस्थापित हुन नदिने गरी सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस