पूर्वाधार क्षतिले अस्तव्यस्त खेलकुद
०१ असार २०७२
•
१० मिनेट पाठ
पूर्वाधार क्षतिले अस्तव्यस्त खेलकुद
काठमाडौं-दक्षिण एसियाली खेलकुदको १२औं संस्करण हुने टुंगो छैन। एसियाली खेलकुद आउन चार वर्ष बाँकी छ। ओलम्पिक आउँदो वर्ष भए पनि त्यहाँ नेपालको उपस्थिति सहभागिताका लागि मात्र हो।

बृहत खेलमेलाको हकमा अन्तर्राष्ट्रिय सहभागिताका लागि नेपाली खेलकुदलाई तत्काल तयारीको चटारो छैन।

घरभित्र भने गत वर्ष संविधानसभाको दोस्रो निर्वाचनको बहानामा नगरिएको सातौं बृहत राष्ट्रिय खेलकुद यो वर्ष गर्नुपर्ने दबाब खेलकुद प्रशासनसमक्ष हुनेछ। विनाशकारी भूकम्पको बहानामा फेरि स्थगित नगर्ने हो भने सातौं राष्ट्रिय खेलकुद यस वर्ष हुने सम्भावित ठूलो घरेलु खेल महोत्सव हो। 

चार वर्षअघि सुदूरपश्चिममा सम्पन्न छैटौं संस्करणको समापनमा सातौं संस्करण पूर्वाञ्चलमा गर्ने घोषणासाथ झन्डा हस्तान्तरण गरिएको थियो। त्यस अर्थमा यसपालि राष्ट्रिय खेलकुद भूकम्पले खासै प्रभाव नपारेको पूर्वाञ्चलमा हुनेछ। भूकम्पले भौतिक पूर्वाधार ध्वस्त पार्दा खेल गतिविधि ठप्प भए पनि राष्ट्रिय खेलकुद भने त्यसबाट प्रभावित नहुन सक्छ। 

तर देशको एकमात्र अन्तर्राष्ट्रिय बहुउद्देश्यीय दशरथ रंगशाला, त्रिपुरेश्वरस्थित कभर्डहल र कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान लगायत प्रभावित १६ जिल्लाका सबैजसो पूर्वाधार क्षतिग्रस्त हुँदा पूरा देशको खेलकुद भने ठप्प भएको छ। जसका कारण विभिन्न खेलका अन्तर्राष्ट्रिय सहभागिताको तयारी प्रभावित भइरहेको छ। आउँदो महिना आयरल्यान्डमा हुने ट्वान्टी–२० विश्वकपको तयारी गर्न देशभित्र अनुकूल व्यवस्था नहुँदा राष्ट्रिय क्रिकेट टोली भारतको धर्मशालामा अभ्यासरत छ। 

गत सातामात्र चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले राष्ट्रिय टोलीलाई प्रतियोगिता नभए पनि बाह्रै महिना नियमित प्रशिक्षणको व्यवस्था मिलाएका थिए। तर भूकम्पबाट भएको क्षतिले पूरा खेलकुद अनिश्चितकाल लागि ठप्प पार्दा थुप्रै खेलका प्रशिक्षण प्रभावित भएका छन्। यस्तो अवस्थामा राष्ट्रिय खेलकुद गर्न सहज नहुने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव दीपक श्रेष्ठ बताउँछन्। 

‘करिब दुई दर्जन जिल्लामा भूकम्पको प्रभाव धेरै छ। खेलाडीको मानसिकता बिग्रिएको छ। खेल्ने पूर्वाधार छैन,' दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदकधारी करातेका पूर्वखेलाडी एवं वर्तमान राष्ट्रिय कराते टिमका प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘त्यसैले पहिला पुनर्निर्माणमा जोड दिनुपर्छ। त्यसपछि प्रतियोगिता गर्नेबारे सोच्नुपर्छ। खेल्ने ठाउँ र वातावरण मिलाउनु प्रशासनको पहिलो दायित्व हो। खेलिरहेका खेलाडीलाई चाहिँ अन्तर्राष्ट्रिय खेलाउनुपर्छ। नियमित प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको राष्ट्रिय टोलीलाई यो अवस्थामा अन्तर्राष्ट्रिय सहभागिता गराएर घरभित्र पूर्वाधार बनाउनुपर्छ।'
श्रेष्ठको विचारमा राष्ट्रिय खेलकुदको सातौं संस्करण एकै ठाउँमा बृहत रूपमा गर्न गाह्रो भए पनि फरक समय र स्थानमा फरक खेलको प्रतियोगिता गराए भूकम्पीय त्रासबाट खेलाडीलाई मुक्त हुन पनि सजिलो हुन्छ। 

परिषदको तथ्यांकअनुसार विभिन्न १७ जिल्लामा गरी १ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। अघिल्लो साता कार्यकाल पूरा गरेर बिदाइ लिनेक्रममा सदस्यसचिव लामाले खेलकुदीय पूर्वाधार पुनर्निर्माणमा १ अर्ब रुपैयाँ लाग्ने बताएका थिए। जसले खेलाडीका लागि खेल्ने ठाउँको अभाव सिर्जना गरेको छ। भूकम्पलगत्तै परिषदद्वारा गठित भौतिक पूर्वाधार क्षति विवरण संकलन समितिका संयोजक मदनजंग राणाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, गोरखा, रामेछाप, ओखलढुंगा लगायतका जिल्लामा भएका कभर्डहलमा तत्काल खेल्न नमिल्ने गरी क्षति पुगेको छ। तथापि कतिपय ठाउँमा प्राविधिकबाट विस्तृत जाँच भएर यकिन रिपोर्ट आइसकेको छैन। काठमाडौंको दशरथ रंगशाला, पौडी पोखरी, टेनिस कोर्ट, कार्यालय भवन, कभर्डहल, कीर्तिपुरको क्रिकेट मैदान, सानो गौचरणस्थित जिल्ला खेलुकद विकास समिति (जिखेविस) को कार्यालय भवन र पर्खाल तथा लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा पनि मर्मत आवश्यक छ। 

उनले सबै जिल्लाको क्षति विवरणसँगै गर्नुपर्ने तत्कालीन र दीर्घकालीन योजना आगामी बजेटमा समावेश गर्न सहज होस भनेर युवा तथा खेलकुद मन्त्रालय पठाइसकेको जानकारी गराए। ‘जिल्लामा भएका पूर्वाधार भनेकै कभर्डहल र सामान्य मैदान हुन्। सबैजसो जिल्लामा मैदान पीडितको आश्रयस्थल बनेको छ। कभर्डहल नलडे पनि खेल्न नमिल्ने अवस्थामा चर्किएका छन्,' राणाले नागरिकसँग भने, ‘अझै केही ठाउँका विवरण आउनेक्रममा छ। हामीले त्यस्तो विवरण आउनेबित्तिकै मन्त्रालय पठाउने गरेका छौं।'

समितिमा आएको विवरणअनुसार भक्तपुरको कभर्डहलमा सामान्य क्षति पुगेको छ भने ललितपुरमा खास क्षति छैन। काभ्रे, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, सिन्धुली, दोलखा, दाङ, रोल्पा, सल्यान, सप्तरी र झापाका कभर्ड हलमा क्षति पुगेको छ। सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सितोरियो करातेको हल पूरै क्षति भएको छ भने नुवाकोटमा जिखेविसको भवन पनि चर्केको छ। 
यसैगरी धादिङको जिखेविस कार्यालय बसेको घर तथा खेलमैदानमा सामान्य क्षति पुगेको छ भने पर्साको वीरगन्जस्थित नारायणी रंगशालाको प्यारापिट चर्किएको समितिले जनाएको छ। 
सिन्धुलीको कमलामाई नगरपालिका तथा रोल्पामा भर्खरै बनाइएको सेमी कभर्डहलमा क्षति पुगेको छ सप्तरी रंगशालाको पर्खाल आधाभन्दा बढी भत्किएको छ। झापाको कभर्डहल, नयाँ बनाइएको सेमी कभर्डहल, मेची रंगशाला तथा जिखेविसको कार्यालय भवन चर्केको समितिका संयोजक राणाले जानकारी गराए। 

खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले क्षतिग्रस्त पूर्वाधारको विषयमा भूकम्प गएको दुई महिना हुनलाग्दा पनि यकिन विवरण आइनसकेको स्वीकार्दै निर्माणका लागि सरकारको पुनर्निर्माण आयोजनामा प्रस्ताव गरेको जानकारी गराए। ‘हामीले आफ्नै बजेटमा पनि पुनर्निर्माण लागि व्यवस्था गर्न पहल गरेका छौं। मर्मत गरेर काम चल्नेको हकमा आफैले बनाउने र भत्काएर नयाँ बनाउनुपर्नेका लागि डिपिआर तयार गर्नुपर्ने अवस्था छ,' मन्त्री पौडेलले भने, ‘अहिलेसम्म आएका विवरण सबै अनुमानित मात्र हुन्। प्राविधिक ढंगले जाँच भएर नआएसम्म यही भन्न सकिन्न।'
भूकम्पको प्रभावका बाबजुद सातौं राष्ट्रिय खेलकुद गर्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै भने, ‘हामीले राष्ट्रिय खेलकुदका लागि बजेट प्रस्ताव गरेका छौं। बजेट आउँछ। यसपालि राष्ट्रिय खेलकुद सम्भव छ र गर्नैपर्छ भन्ने हाम्रो मान्यता छ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस