काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिवमा नियुक्त केशवकुमार विष्टसामु युवराज लामाको चर्चित छविको चुनौती हुनेछ। हरिबाबु चौधरीलाई स्थानान्तरण गर्दै परिषद नेतृत्व लिँदा लामालाई सफल हुन खास अप्ठेरो थिएन। लामो समयदेखि कुनै काम हुन नसकेको खेलकुदमा थोरै गरे पनि लोकप्रिय बनिने अवसरको लामाले भरपूर उपयोग गरे। विभागीय मन्त्रीको इच्छाविपरीत १५ महिना परिषदमा रहिरहे पनि जाने बेलासम्म उनी चर्चाको दृष्टिमा सफल सदस्यसचिव बनिसकेका थिए। त्यसैले विष्टसामु कम्तीमा लामाभन्दा राम्रो गर्न सक्नुपर्ने चुनौती सधैँ हुनेछ।तर, परिषदको त्रिपुरेश्वरस्थित कार्यालयमा बिहीबार पदभार ग्रहण गर्नेबित्तिकै विष्टले नेपाली खेलुकद इतिहासमै अबको चार वर्ष स्वर्णकाल हुने दाबी गरे। 'लामाको लोकप्रियताको छायाँबाट खेलकुद ग्रस्त भएको साँचो हो। तर, त्यसलाई मजाले चिर्न सकिन्छ। म पनि खेलकुद बाहिरको मानिस होइन। लामाजीको कार्यकालमा केही राम्रा काम भएका थिए, म पनि तिनलाई निरन्तरता दिनेछु। आवश्यक भए त्यसमा परिमार्जन पनि गर्न सकिन्छ,' लामाको कार्यकाललाई 'प्रचारमूलक' को संज्ञा दिँदै विष्टले नागरिकसँग भने, 'उहाँको कार्यकालको सबैभन्दा कमजोर पक्ष त्यो बेला खेलकुदको स्पष्ट भिजन थिएन।'
विष्टले एक साताभित्र आउँदो चार वर्ष गर्ने कामको श्वेतपत्र जारी गर्ने जानकारी गराए। 'अघिल्लो कार्यकालजस्तो प्रचारमूलक नभई हामी परिणाममुखी योजनासाथ अघि बढ्नेछौं। त्यसका लागि खेलाडी, प्रशिक्षक, कर्मचारी, राष्ट्रिय संघ लगायत सबै सरोकारवालासँग छलफल गर्नेछौं,' उनले भने।
जेठ २९ मा सदस्यसचिव लामाको कार्यकाल सकिएपछि निमित्त सदस्यसचिव नियुक्त शकुन्तला नगरकोटीलाई विष्टले स्थानान्तरण गरेका हुन्। एमालेभित्रको आन्तरिक किचलोका कारण पुरुषोत्तम मन्त्री पौडेलले तत्काल पूर्णकालीन सदस्यसचिव नियुक्त गर्न सकेनन्। तर, नगरकोटीले पनि १२ दिनभन्दा बढी काम गर्न पाइनन्। पार्टीभित्र समस्या रहेको स्विकार्दै विष्टले भने, 'ठूलो पार्टीमा आकांक्षी धेरै हुनु स्वाभाविक हो। तर, हामी पार्टीभित्रको कुरा त्यही मिलाउँछौं। खेलकुदमा मिलेर विकास गर्छौं।'
खेलकुद महासंघले सदस्यसचिवका लागि महासचिव लामा टेन्डी शेर्पाको नाम सिफारिस गरेको थियो। नेपाल ओलम्पिक कमिटीका सहमहासचिव रहेका शेर्पा परिषदका उपाध्यक्ष पनि हुन्। शेर्पाबाहेक ओलम्पिक कमिटी सदस्य एवं अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे, परिषदका पूर्वउपाध्यक्ष पिताम्बर तिम्सिना, मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक रमेश सिलवाल लगायत सदस्यसचिव बन्ने दौडमा रहेको बताइएको थियो।
नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघका उपाध्यक्ष तथा सेपाकटाक्रो संघका वरिष्ठ उपाध्यक्ष विष्टलाई बिहीबार मन्त्रालयले चार वर्षका लागि सदस्यसचिव नियुक्त गरेको हो। राष्ट्रिय संघको तर्फबाट बिहीबारै पहिला सदस्यमा नियुक्त गरेपछि त्यही दिन उनलाई सदस्यसचिवको जिम्मेवारी दिइएको खेलकुदमन्त्री पौडेलले नागरिकलाई जानकारी गराए। अध्यक्ष पौडेल मन्त्री भएपछि विष्ट महासंघका विष्ट कार्यवाहक अध्यक्ष थिए।
बिहीबार विष्टसँगै पौडी संघका राजेन्द्र श्रेष्ठ र अखिल नेपाल फुटबल संघका मोहम्मद समिउल्लाहलाई राखेप सदस्यमा नियुक्त गरिएको थियो। विष्टसँग २०५४ सालमा सुनसरी जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तथा २०६४ मा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भएर काम गरेको अनुभव छ।
'सदस्य नियुक्त गर्ने तीनथरी प्रक्रिया छन्। मन्त्रिपरिषदले ११ सदस्य नियुक्त गर्ने तथा राष्ट्रिय संघबाट ३, विकास क्षेत्रबाट ५, विश्वविद्यालयबाट २ र ३ पदेन सदस्य हुने व्यवस्था ऐनले तोकेको छ,' मन्त्रिस्तरीय निर्णयबाट सदस्यसचिव नियुक्त गरिएकोबारे मन्त्री पौडेलको सफाइ थियो, 'सदस्यमध्येबाट जो कोही सदस्यसचिव नियुक्त गर्न सक्ने अधिकारका आधारमा मन्त्रालयले यस्तो निर्णय गरेको हो।'
विष्ट मन्त्री पौडेल अध्यक्ष रहेको १७ औं एसियाली खेलकुद प्रतियोगिता कार्यसम्पादन समितिले कारबाही गरेका अधिकारी हुन्। गत असोजमा दक्षिण कोरियामा सम्पन्न इन्चोन एसियाली खेलकुदमा सहभागितापछि खेलाडी उतै लुकेको कारण कारबाहीमा पर्ने ४ खेलाडी, ५ प्रशिक्षक र ३ व्यवस्थापकमध्ये विष्ट एक थिए। उनी व्यवस्थापक भएर गएको खेल सेपाकटाक्रोका अमन पोडे उतै लुकेका थिए। समितिले ४ खेलाडीलाई खेलकुदका सबैखाले गतिविधिमा लाग्न नपाउने गरी कम्तीमा १० वर्षे प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यसैगरी खेलाडी भाग्ने तीन खेलका ५ प्रशिक्षक र विष्ट सहितका तीन व्यवस्थापकलाई एक वर्ष वैदेशिक खेलकुद गतिविधिमा काम गर्न नपाउने गरी निलम्बन गरेको थियो।