डचविरुद्धको शृंखला आजबाट
१४ असार २०७२
•
८ मिनेट पाठ
डचविरुद्धको शृंखला आजबाट
काठमाडौं- विश्व ट्वान्टी–२० छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली सोमबार इङ्ल्यान्डमा भएको अभ्यास खेलमा लगातार दोस्रो जित पाउनबाट चुकेको छ। मंगलबारबाट नेदरल्यान्ड्सविरुद्ध हुने अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाका लागि मनोबल उच्च बनाउने नेपालको अभियानमा इङ्लिस काउन्टी टोली ग्लुचेस्टरसायरको दोस्रो रोजाइ टोलीसँग भोगेको ४ विकेटको हारले धक्का लागेको छ।२०१४ जुन २८ मा ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले खेल्न लागेको यो दोस्रो दुईदेशीय ट्वान्टी–२० शृंखला हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउनुअघि नै नेपालले गत वर्ष बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकपमा तीन अन्तर्राष्ट्रिय खेल खेलिसकेको थियो। तर, मान्यता पाएपछि भने नेपालले एकमात्र ट्वान्टी–२० खेल खेलेको छ। अहिलेसम्म कुल चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको नेपालले २ जित र २ हारको नतिजा निकालेको छ।




नोभेम्बरमा श्रीलंकामा नेपाल र हङकङबीच चार ट्वान्टी–२० खेलको शृंखला तय भए पनि वर्षाका कारण एक खेलमात्र सम्भव भयो। उक्त खेल हङकङ २ विकेटले जित्यो। त्यसअघि मार्चमा बंगलादेशमा सम्पन्न विश्वकपमा पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेललाई मैदान उत्रिँदा नेपालले हङकङलाई ८० रनले हरायो। दोस्रो खेलमा टेस्ट खेल्ने आयोजक बंगलादेशलाई ८ विकेटले नतिजा सुम्पेको नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि ९ रनको जित दर्ता गराएको थियो।

दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको सुरुआत नेपालले मंगलबार एमस्टेल्भिनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरु गर्नेछ। त्यसपछि लगातार तीन दिन बाँकी तीन खेल हुनेछन्। पहिलो दुई खेल एम्सटेल्भिनमा र बाँकी दुई खेल रोटेरडममा हुनेछन्। नेदरल्यान्ड्सको शृंखला सकिएलगत्तै टोली आइतबार विश्व ट्वान्टी–२० को छनोट खेल्न आयरल्यान्ड पुग्नेछ।

आयरल्यान्ड र स्कटल्यान्डमा १४ टोलीबीच हुने छनोट प्रतियोगिताका शीर्ष ६ टोली अर्को वर्ष भारतमा हुने विश्वकपको पहिलो चरणलाई छानिन्छन्। पहिलो चरणमा यहाँबाट छानिने ६ टोलीले बंगलादेश र जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो चरणबाट दुई टोली सुपर १० का लागि छनोट हुनेछ। प्रतियोगितामा नेपाल रहेको समूह 'ए' मा आयरल्यान्ड, हङकङ, पपुवा न्युगिनी, नामिबिया, अमेरिका र जर्सी छन् भने समूह 'बी' मा अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई), नेदरल्यान्ड्स, स्कटल्यान्ड, क्यानडा, केन्या र ओमान छन्।

इङ्ल्यान्ड भ्रमणको अन्तिम खेलमा ग्लुचेस्टरसायरसँग पराजित हुनुअघि नेपालले शुक्रबार नेपालले फ्री फरेस्टर्स क्रिकेट क्लबमाथि विजय पाएको थियो। इङ्ल्यान्ड भ्रमणमा खेलेका तीन खेलमा नेपालले जित पाएको त्यही खेलमात्र हो। बाँकी दुईमा नेपाल पराजित भयो।

पिएस ह्यान्डस्कम्बले ५४ रनको सानदार इनिङ खेलेपछि ग्लुचेस्टरसायरले नेपालबाट पाएको १ सय ७१ रनको लक्ष्य एक ओभरअघि नै ६ विकेट गुमाएर पूरा गरेको थियो। ह्यान्डस्कम्बले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाउँदा घरेलु टोलीको जित सहज बन्यो। मोहम्मद हामोन्डले ३८, बी गिल्मोरले २२ रनको योगदान गरेको खेलमा अविजित रहेका एमडी लेजरले १८ तथा जे बारेटले १२ रन बनाए। नेपालका करण केसीले ३ तथा सोमपाल कामी, वसन्त रेग्मी र सागर पुनले १–१ विकेट लिएको खेलमा ग्लुचेस्टरसायरका अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन्।

त्यसअघि पारस खड्काले कप्तानी इनिङ खेलेपछि टस हारेर ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाई १ सय ७० रनको योगफल बनाएको थियो।

६३ मिनेट क्रिजमा बिताउँदा पारसले अविजित ७३ रन जोड्दै नेपालको धर्मराउँदो इनिङ सम्हाले। २–२६ को अवस्थाबाट खेलेका पारसले ५४ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे। उनले ओपनर सागर पुनसँग तेस्रो विकेटमा ४९ रनको साझेदारी गरे भने चौथो विकेटमा उनले शरद भेषावकरसँग ६५ रन जोडेर नेपाललाई उच्च स्कोरतर्फ डोर्याझए। त्यसपछि पारसले प्रदीप ऐरीसँग अविजित २० रनको साझेदारी गरे।

३२ बल खेलेका सागरले २ चौका र १ छक्काको मद्धतमा २२ रन बनाए भने शरदले १४ बलमा १२ रन जोडे। प्रदीपले आक्रामक इनिङ खेल्दै ६ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाए।

त्यसअघि ओपनर सुवास खकुरेल तथा ब्याटिङमा भर गरिएका उपकप्तान ज्ञानेन्द्र मल्ल उल्लेख्य स्कोर गर्न नसक्दै पवेलियन फर्किए। व्यक्तिगत ३ रन बनाएर सुवास रनआउट हुँदा नेपालको स्कोर १२ रनमात्र थियो। अपेक्षित प्रदर्शन गर्न चुकेका ज्ञानेन्द्रले १४ रन बनाए। १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे। नेपालले अतिरिक्तबाट ३० रन पायो।

जुलाई ९ देखि २६ सम्म स्कटल्यान्ड र आयरल्यान्डमा हुने विश्व ट्वान्टी–२० छनोटका लागि नेपाली टोली मंगलबार इङ्ल्यान्ड लागेको थियो। इङ्ल्यान्डबाट टोली नेदरल्यान्ड््स हुँदै जुलाई ५ मा आयरल्यान्ड पुग्नेछ। यही छनोट प्रतियोगिताका लागि नेपालले इङ्ल्यान्ड जानुअघि भारतमा तीन साताको अभ्यास भ्रमण गरेको थियो। भारत भ्रमणमा हिमाञ्चल प्रदेश टोलीविरुद्ध नेपालले चार अभ्यास खेल खेल्दा शृंखला २–२ को बराबरीमा टुंगिएको थियो।

बिहीबार काउन्टी क्रिकेटको क्लब मिडलसेक्सको दोस्रो रोजाइको टोलीसँग १४ रनको हार बेहोर्दै इङ्ल्यान्डको अभ्यास यात्रा थालेको नेपालले शुक्रबार दोस्रो फ्री फरेस्टर्स क्रिकेट क्लबलाई २४ रनले हराएको थियो।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस