काठमाडौं- ए डिभिजन राष्ट्रिय लिग पुनः सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को योजना फेरि १५ दिन पछि धकेलिएको छ। यसअघि असार १३ को अनौपचारिक बैठकले भदौ ३ बाट राष्ट्रिय लिग सुरु गर्ने गरी तयारी अघि बढाएको थियो।
यसबीच भारतले राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव राखेपछि त्यसको प्रभाव लिगमा परेको हो। एन्फाले भदौ १८ बाट लिग पुनः सुरु गर्ने प्रस्तावलाई सहभागी ९ क्लबले सहमति जनाएका छन्। 'भदौ पहिलो साताबाट सुरु गर्ने तयारी थियो। भारतको प्रस्तावले गर्दा लिग केही दिन सार्नुपर्ने भयो,' एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, 'त्यसले गर्दा भदौ १८ बाट गर्ने प्रस्तावमा क्लबहरूको सहमति रह्यो।'
वैशाख १२ को विनाशकारी भूकम्पपछि राष्ट्रिय लिग स्थगित भएको थियो। नेपाल र भारतीय राष्ट्रिय टोलीबीच भदौ १४ मा मैत्रीपूर्ण खेल हुनेछ। मैत्रीपूर्ण खेल भारतमा भनिए पनि खेल्ने स्थान अझै तय भइनसकेको सिइओ तुलाधरले बताए।
एन्फाले दसैंअघि असोज मसान्तसम्म लिग सक्ने योजना राखेको छ। क्लब र खेलाडीबीचको सम्झौता चैतमा सकिएको भए पनि लिग नसक्दासम्म त्यसलाई लम्ब्याउने विषयमा पनि एन्फा र क्लब एकमत भएका छन्। प्रत्येक क्लबले बढीमा ४ विदेशी खेलाडी राख्न पाउनेछ। यसअघि क्लबमा रहेका खेलाडीको सट्टा क्लबले अन्य विदेशीलाई खेलाउन सक्ने तुलाधरले बताए।
९ क्लबको सहभागिता रहेको लिगमा झापा १६ अंकसहित शीर्ष स्थानमा छ। लिगमा ७२ मध्ये ४० खेल अझै बाँकी छन्। राजधानीका दशरथ रंगशाला, एन्फा टेक्निकल सेन्टर, सेनाको लगनखेल मैदान वा सशस्त्र प्रहरीको हलचोक मैदानमा लिग हुने एन्फाले जनाएको छ।