एनओसी विवाद समाधानतिर
०६ साउन २०७२
•
६ मिनेट पाठ
एनओसी विवाद समाधानतिर
काठमाडौं- एक दशकभन्दा लामो समयदेखि जकडिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद समाधानका लागि बुधबार दुई पक्षबीच सहमति भएको छ। पाँच वर्षअघि सर्वोच्च अदालतको निर्णयपछि अस्तित्वमा रहेका दुई ओलम्पिक कमिटीका नेतृत्व बुधबार विवाद टुंग्याउँदै नेपाली खेलकुदको विकासमा लाग्न सहमत भएका छन्।राजधानीको एक होटलमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठ तथा अदालतले ब्युँताएको पुरानो ओलम्पिक कमिटीका अध्यक्ष रुक्म शम्शेर राणाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।




'नेपाली खेलकुदको हित र ओलम्पिक अभियानलाई ध्यानमा राख्दै हामी ओलम्पिक कमिटीको समस्या समाधान गरेर अघि बढ्न सहमत भयौं,' प्रधान, श्रेष्ठ र राणाद्वारा हस्ताक्षरित सहमतिपत्रमा उल्लेख छ।

राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीबाट सदस्य प्रसन्नमान श्रेष्ठ तथा पुरुषोत्तमलाल श्रेष्ठ पनि छलफलमा उपस्थित थिए। तर सहमतिपत्रमा भने राणालेमात्र हस्ताक्षर गरेका छन्। अदालतबाट ब्यँुताइएको ओलम्पिक कमिटीका अध्यक्ष राणाले बुधबारको सहमतिलाई मेलमिलापको सुरुआतका रूपमा बयान गर्दै भने, 'हामीले सहमतिको सुरुआत गरेका छौं। दुवै पक्षले अविश्वासको वातावरण छोडेर अघि बढ्न यसले सहयोग गर्नेछ। हामीले रहेका सबै विवाद मिलेर समाधान गरौं तथा नेपाली खेलकुद विकासका लागि विवादरहित रूपमा अघि बढौं भन्ने सम्झौता गरेका छौं। मुख्य कुरा यही हो।'

उनले सहमतिको विस्तृत जानकारी गराउन भने अस्वीकार गरे। 'सबै कुरा अहिले नगरौं। आज एउटा महŒवपूर्ण सम्झौता भएको छ। अब नेपाली खेलकुद विवादबाट मुक्त हुनेछ।'

अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीमा महासचिव श्रेष्ठले ओलम्पिक अभियानको अपरिहार्यता स्वीकार्दै दुवै पक्ष मिलेर जान सहमत भएको बताए। 'अहिलेसम्म नेपालमा अन्तर्राष्ट्रिय मान्यता भएको र नभएको दुई ओलम्पिक कमिटी अस्तित्वमा थिए। अब नेपालमा दुवै पक्षले ओलम्पिक अभियानलाई स्वीकार्दै एक भएर अघि बढने सहमति गरेका छौं,' श्रेष्ठले नागरिकसँग भने, 'यो सहमतिले नेपाली खेलकुदलाई बेग्लै ऊर्जा दिनेछ। खेलकुदका सबै सरोकारवाला यो सहमतिबाट उत्साहित हुने विश्वास लिएका छौं।'

श्रेष्ठले आगामी दिनमा दुवै पक्षका पदाधिकारी मिलेर नेपालमा ओलम्पिक अभियान अघि बढाउने बताए। 'जिम्मेवारी लिएर खेलकुदमा काम गर्न चाहने उताका साथीहरूलाई पनि आगामी दिनमा सँगै लिएर जाने सहमति भएको छ। काम गर्ने सबै पक्षले सहकार्य गर्ने योजना छ,' श्रेष्ठले भने, 'विवादको अन्त्य गर्दै खेलकुदलाई अघि बढाउन आजको सहमति एउटा राम्रो कदम हो।'

राणा अध्यक्ष तथा प्रधान महासचिव भएको ओलम्पिक कमिटीले २०६३ फागुन २९ मा गरेको निर्वाचन अवैधानिक भएको भन्दै कमल चित्रकार र प्रसन्नमान श्रेष्ठले एक वर्षपछि सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदालतले २०६७ असोज १८ मा निर्णय गरेपछि नेपालमा दुई ओलम्पिक कमिटी अस्तित्वमा आएका हो। प्रसन्नमान श्रेष्ठ आफै सदस्य पदमा उमेदवारी दिएर पराजित भएका थिए।

सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्नाका बाबजुद राणा अध्यक्ष रहेकै अवस्थामा अन्तर्राष्ट्रिय प्रतिनिधिद्वय मिचेल फिलाउ र हैदर फरमानको उपस्थितिमा एनओसीको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनमा एनओसी अध्यक्षका रूपमा राणाले उद्घाटन सत्रमा भाग लिनाका साथै आफू अध्यक्ष रहेको नेपाल तेक्वान्दो संघबाट महासचिव दीपराज गुरुङलाई प्रतिनिधिमा सिफारिस गरेका थिए।

त्यसअघि २०६२ सालमै किशोरबहादुर सिंह राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव हुँदा पनि ओलम्पिक कमिटीमा विवाद सुरु भइसकेको थियो।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीको चारवर्षे कार्यकाल अप्रिल २ मा सकिइसकेको छ। तर, कमिटीले साधारणसभाबाट अक्टोबर १ सम्मका लागि कार्यकाल लम्ब्याएको थियो। कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मा चुनावको मिति मागिसकेको छ। आइओसी र ओसिएबाट चुनावको मिति पाउनेबित्तिकै ओलम्पिक कमिटी चारवर्षे नयाँ कार्यकालका लागि चुनाव गर्ने तयारीमा रहेको बताइएको छ।

बुधबार दुवै पक्षबीच आगामी कार्यकालका लागि चुनाव गर्दा राणा पक्षका केही पदाधिकारीलाई कमिटीमा ल्याइने भद्र सहमति भएको बुझिएको छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस