कोलम्बो- अहमेद सेहजाद र मोहम्मद हफिजले अर्धशतक बनाएपछि चौथो एकदिवसीय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई ७ विकेटले हराएको छ। पाँचौं तथा अन्तिम एकदिवसीय खेलअघि नै पाकिस्तानले शृंखला ३–१ ले आफ्नो पक्षमा पारेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो। पाकिस्तानले ९ ओभरभन्दा बढी खेल बाँकी रहँदा नै ३ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो।
टोलीलाई जित दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका सेहजाद एकदिवसीय क्रिकेटमा सातौं शतक बनाउनबाट चुके। ९० बलमा १ छक्का र १२ चौकाका साथ उनले ९५ रन बनाए। शृंखलामा उच्च प्रदर्शन जारी राख्ने क्रममा हफिजले ७० रन बनाए। ८८ बल खेलेका उनले १ छक्का र ८ चौका प्रहार गरे। पाकिस्तानी टोलीका कप्तान अजर अलीले खेलाडी सबै पक्षमा राम्रो अवस्थामा रहेको बताए। उनले टोलीका ब्याट्सम्यानहरू उच्च फर्ममा रहेको उल्लेख गरे।
'श्रीलंकाविरुद्धको एकदिवसीय शृंखला हामीले ९–१० वर्षदेखि जित्न सकेका थिएनौं,' उनले भने, 'हामी शृंखला जित्न चाहन्थ्यौं र खेलाडीले त्यहीअनुसार प्रदर्शन गरे।' पाकिस्तानले श्रीलंकाविरुद्ध पछिल्लोपल्ट सन् २००६ मा शृंखला जितेको थियो।
श्रीलंकाली कप्तान मार्भान अत्तापट्टुले टोलीको प्रदर्शनमा असन्तुष्टि जनाए। 'सबै क्षेत्रमा यो निराशजनक प्रदर्शन हो। हाम्रो चिनारी जुन किसिमको थियो, इमान्दारीपूर्वक भन्दा त्यसरी खेल्न सकेनौं,' अत्तापट्टुले भने, 'फिल्डिङ सबैभन्दा चासोको विषय हो। हामीले मैदानमा जुझारुपन प्रदर्शन गर्नुपर्थ्यो तर सकेनौं।'
कप्तान अली र सेहजादको जोडीले पहिलो विकेटमा राम्रो सुरुआत दिलाए। उनीहरूले ६७ बलमा ७५ रन बनाए। अली लासिथ मालिङ्गाको बलमा सुचिथ्रा सेनानायकेबाट समातिए। सेहजाद र हफिजले दोस्रो विकेटमा १ सय २० बल खेल्दै १ सय १५ रनको साझेदारी गरेका थिए। सुरङ्गा लकमालको बलमा सेहजाद कुशल परेराबाट क्याचआउट भए।
त्यसअघि लगातार दोस्रोपल्ट अर्धशतक बनाएका लाहिरु थिरिमानेले दोस्रो विकेटमा तिलकरत्ने दिलसानसँग १ सय ९ रनको साझेदारी गरेका थिए। १ सय २६ बल खेलेका थिरिमानेले ५ चौकासहित ९० रन बनाए। उनले तेस्रो एकदिवसीयमा ५६ रन बनाएका थिए। ५९ बलमा ५० रन बनाएका दिलसान इमाद वसिमद्वारा बोल्ड भए। थिरिमानेले ८४ औं मिनेटमा जीवनदान पाएका थिए। यासिर शाहको बलमा सेहजादले उनको क्याच छुटाएका थिए। तर, त्यसपछि थिरिमाने लामो समय टिकेनन्। अर्को ६ रन जोड्दा उनी यासिरकै बलमा सेहजादबाट समातिए। दिनेश चन्डिमालले २० रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले २० रन नघाउन सकेनन्। पाकिस्तानका मोहम्मद इरफानले ३, अनवर अलीले २ तथा राहत अली, शाह र वसिमले १–१ विकेट लिए।