काठमाडौं– बीस महिनाअघि नेपाली राष्ट्रिय क्रिकेट टोली ट्वान्टी–२० विश्वकपलाई छानिँदा सिंगो देश खुसीले गदगद भयो। सर्वत्र खुसियाली मनाइयो। किनकि, कुनै पनि टिम खेलको विश्वकपमा नेपालले उपस्थिति पक्का गरेको त्यही पहिलो अवसर थियो। देशको ऐतिहासिक सफलतामा त्यो खुसियाली स्वस्फूर्त थियो। खेलकुद मात्र नभई सरकार, समर्थक, व्यापारिक जगत, राजनीतिकर्मी, सर्वसाधारण देशका सबै अंगलाई क्रिकेटले खुसी दिएको थियो।
पूरा देश विश्वकपको मञ्चमा नेपाली झन्डा फहराउने खुसीमा झुमिरहँदा क्रिकेटकै जिम्मेवार भने बेग्लै चुनौती अनुभव गरिरहेका थिए। राष्ट्रिय टोलीका पूर्वकप्तान एवं वर्तमान टोलीका सहायक प्रशिक्षक विनोद दासले त्यतिबेलै भनेका थिए, 'यो उपलब्धि फ्लुक (काकताली) मात्र होइन भन्ने प्रमाणित गर्न अब राज्य सचेत हुनुपर्छ।'
राष्ट्रिय टोलीले विश्वकपमा छानिएर क्रिकेटमा लगानी गर्न प्रशासनलाई उपयुक्त समय दिएको विनोदको बुझाइ थियो। भौतिक पूर्वाधार थिएन। खेलाडीमा खेलेरै बाँच्न सकिन्छ भन्ने विश्वास जगाउन सकिएको थिएन।
राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) आपसी शक्तिसंघर्ष, खिचातानी, अपारदर्शी गतिविधि र राजनीतिक द्वन्द्वको उर्वर भूमिझैं देखिन्थ्यो। यहाँसम्म कि खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोणै सकारात्मक थिएन। खेलकुदलाई दोस्रो दर्जाका कार्यकर्ताको क्रीडास्थल बनाउन उद्यत थिए, राजनीतिक दल।
एउटा खेलाडीका रूपमा त्यस्तो घृणित अवस्थाको लामो समय सिकार भएको अनुभव बोलिरहेका थिए, विनोद। भन्दै थिए, 'क्रिकेटमा लगानी सुरु गर्न यो उपयुक्त समय हो। दुई वर्षपछि फेरि हामी ट्वान्टी–२० विश्वकपमा छानिनुपर्छ। एक दिवसीय विश्वकप हाम्रो अर्को लक्ष्य हो। सधंै यस्तै कमजोर अवस्थाका बीच सफलता आउँदैन। यो उपलब्धि एक रातमा आएको होइन। यसका लागि लामो समयको मेहनत लागेको छ। भविश्यमा योभन्दा माथिल्लो स्तरको सफलताका लागि नेपाली क्रिकेटमा समग्र परिवर्तनको खाँचो छ।'
नेपालले विश्वकप खेल्ने समाचारबाट उत्साहित राष्ट्रिय खेलकुद परिषदका क्रिकेट मुख्य प्रशिक्षक जगत टमाटाले पनि विनोदसँग सही थप्दै क्रिकेटमा 'व्यापक सुधार' औंल्याएका थिए। राष्ट्रिय टोलीले भौतिक पूर्वाधार अभावका कारण आवश्यक तयारीसमेत गर्न नपाएको अवस्थामा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा सम्पन्न छनोट प्रतियोगितामा त्यो ऐतिहासिक सफलता हासिल गरेको थियो। एउटै अन्तर्राष्ट्रिय स्तरको रंगशाला नभएको देशले गत वर्ष बंगलादेशमा विश्वकप पनि खेल्यो। लामो समयदेखि खेलाडीको एउटै समूहको भरमा अडिएको नेपाली क्रिकेटले विश्वका उत्कृष्ट १६ भित्र आफूलाई उभ्यायो। हङकङ र अफगानिस्तानमाथि प्रभावशाली जित हासिल गर्योे। १५ वर्षदेखि टेस्ट खेलिरहेको महारथी बंगलादेशलाई उसकै भूमिमा कडा टक्कर दियो।
खेलाडी र प्रशिक्षकको मिहिनेतकै भरमा टोलीले अन्तर्राष्ट्रिय स्तरमा ठुल्ठूला सफलता हात पारिरहँदा टमाटाले त्यो उपलब्धि जोगाउँदै अघि बढ्न सल्लाह दिएका थिए।
सरकारी लगानीमै काठमाडौंमा कम्तीमा तीन र पाँचै विकास क्षेत्रमा एकएकका दरले अन्तर्राष्ट्रिय स्तरका रंगशाला तत्काल बनाउनुपर्ने, घरेलु क्रिकेट संरचनामा सुधार गर्दै क्लब क्रिकेट लिग सुरु गर्नुपर्ने, राष्ट्रिय टोलीसँगै सधै 'ए' टिम तयार राख्नुपर्ने, स्कुल स्तरबाट दुई दिवसीय क्रिकेट सुरु गर्नुपर्ने, अन्तर्राष्ट्रिय क्रिकेटमा फरक प्रकृतिको विकेटमा खेल्नुपर्ने भएकाले त्यहीअनुरूप देशभित्र पनि फरक प्रकारका विकेट बनाउने, नेपाली टोलीलाई विदेशमा लगेर खेलाउने र विदेशीलाई पनि नेपाल बोलाएर मैत्री खेल गराउने टमाटाका सुझाव थिए।
अहिले नेपाली टोली २० महिनाअघि भन्दा फरक अवस्थामा छ।
त्यतिबेला दुबई जाने क्रममा नेपालको तयारी कमजोर भनेर आलोचित थियो तर विश्वकपमा त्यहीबेला नेपाल पहिलोपटक छानियो।
यसपालि प्रशिक्षक पुबुदु दासानायके र कप्तान पारस खड्काको भनाइअनुसार 'इतिहासकै सबभन्दा राम्रो तयारी' साथ टोली विश्वकप छनोट खेल्न आयरल्यान्ड प्रस्थान गरेको थियो। तर लगातार दोस्रोपटक ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको लक्ष्य छनोटको समूह चरणमा पुछारमा थन्कँदै चकनाचुर भयो।
विश्वकप छनोटपछि स्कटल्यान्डमा भएका विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतका पहिलो दुई खेलमा पनि नेपालको नतिजा सुखद हुन सकेन।
तैपनि नेपालले किन युरोप यात्रामा शृंखलाबद्ध रुपले निराशाजनक नतिजा सामना गर्नुपर्यो त?
कप्तान पारस खड्काले त्यसका लागि सबै दोष आफू र टिममै राखेका छन्। 'हामीले आफ्नै स्तरअनुसार खेल्न सकेनौं। हामीले आफ्नो क्षमताको २० देखि ३० प्रतिशत मात्र प्रदर्शन गर्यौंअ,' नेपाल फर्किएपछि पारसले असफल नतिजाको दोष शिरमा लिए।
प्रशिक्षक दासानायकेले पराजयका धेरै कारणमध्ये युरोपको अवस्था मुख्य रहेको बताए। अन्य कारण नखुलाएका उनले असफलताको अपजस आफैंले लिने बताउँदै समर्थकसँग माफी मागे।
टमाटाले यसपालिको असफलतामा केही कारण देखेका छन्– 'दीर्घकालीन योजनामा काम नहुनु, खेलाडी उत्पादन प्रक्रिया ठप्प हुनु, घरेलु क्रिकेट संरचनामा कुनै सुधार नगर्नु, भौतिक पूर्वाधार निर्माणमा उदासीन हुनु, क्रिकेटलाई विभिन्न दल, गुट तथा व्यक्तिको स्वार्थका लागि राजनीतिक द्वन्द्वस्थल बनाउनु।
एउटा कालखण्डमा गरेको तयारीले सम्बन्धित प्रतियोगितामा नतिजा दिने सम्भावना रहन्छ तर दीर्घकालीन रूपमा उकालो लाग्ने हो भने तात्कालिक योजना पर्याप्त हुँदैन।
'दुई वर्षअघि पहिलोपटक विश्वकपलाई छानिँदा हाम्रो प्रशासन त्यसको जस लिन तँछाडमछाड गर्दैभयो। त्यहीबेलादेखि नेपाली क्रिकेटको असीमित सम्भावना बुझेर दीर्घकालीन योजनासाथ काम थालेको भए अहिले नतिजा पक्कै योभन्दा राम्रो आउँथ्यो,' राष्ट्रिय टोलीका एक पूर्वकप्तान टमाटासँग सहमति जनाउँछन्, 'राम्रो काम गर्न कहिल्यै ढिलो हुँदैन। अझै पनि बितेको छैन। राम्रो योजनाका साथ काम थाले आगामी दिनमा सधंै नेपाल छनोट भइनेछ। २० ओभरको मात्र नभई हामी एकदिवसीय विश्वकपका लागि पनि लायक छौं। हामी सधैं प्रतियोगितालाई फलो गरेर मात्र तयारी गछर्ौं। त्यसरी हुँदैन। घरेलु क्रिकेट १२ महिनै सक्रिय हुनुपर्छ। खेलाडीलाई बढीभन्दा बढी अनुभव दिनुपर्छ। त्यसो भयो भने पक्कै राम्रो हुन्छ।'
पूर्वाधार निर्माण, बलियो घरेलु संरचना स्थापना र नयाँ खेलाडी उत्पादनका लागि हरेक विकास क्षेत्रमा अनिवार्य एकेडेमी स्थापना गर्नुपर्ने उनी सुझाउँछन्। 'समयमै यस्तो गर्न सकेको भए अहिले पनि २० खेलाडीमा राष्ट्रिय टोली निर्भर हुनुपर्ने थिएन,' उनले भने, 'वैकल्पिक खेलाडी धेरै भएको भए राष्ट्रिय टोलीमा कसैले आफूलाई ढलान सम्झँदैनथे र प्रदर्शनमा गम्भीर हुन्थे।'
क्यानले सरकारको समेत सहयोगमा काठमाडौंको मूलपानी र कञ्चनपुरको महेन्द्रनगरमा मैदान निर्माण सुरु गरेको धेरै भइसक्यो। महेन्द्रनगरमा तीन वर्षअघि छैटौं राष्ट्रिय खेलकुद आयोजनाका लागि थालिएको मैदान निर्माण पछिल्लो समय थाती छ। २० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको मैदान आठ वर्षभन्दा बढी समय हुँदासम्म तयार भएको छैन।
सरकारले अघिल्लो वर्ष मात्र मूलपानी क्रिकेट मैदानका लागि २० करोड रुपैयाँ छुट्ट्याएको थियो भने यसपालि पनि बजेटमा मूलपानी, कीर्तिपुर र धनगढीलगायत मैदानका लागि ३० करोड रुपैयाँ हाराहारी रकम छुट्ट्याइएको छ। तर कार्यस्थलमा नतिजा शून्यझैं छ।
गत वर्ष नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा गरेको उच्च प्रदर्शनका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई च्याम्पियनसिप खेल्ने मौका दिएको थियो। आठ टोली रहेको च्याम्पियनसिपअन्तर्गत दुई वर्ष चल्नेछ। दुई वर्षको दौरान नेपालले सबै सात विपक्षीसँग 'होम एन्ड अवे' पद्धतिमा खेल्नुपर्नेछ।
'विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि पनि हामीलाई पर्याप्त मैदान चाहिन्छ। आइसिसीले स्तरीय मैदान बनाए अन्तर्राष्ट्रिय खेल आयोजनाको अवसर दिने संकेत गरिसके पनि नेपाली क्रिकेट प्रशासन कानमा तेल हालेर बसेको छ,' उनले भने, 'जग बलियो भएमात्र बलियो घर कल्पना गर्न सकिन्छ। ग्रासरुट, घरेलु क्रिकेट संरचना र पूर्वाधार बनाए तत्काल सफलता नआए पनि दीर्घकालीन रूपमा नेपाली क्रिकेट उँभो लाग्ने पक्का छ।'
क्रिकेटभित्रको राजनीति पक्कै पनि खेललाई माथि जानबाट रोक्ने मुख्य अवरोध हो। सुरुदेखि नै आन्तरिक शक्तिसंघर्षको कारण थिलथिलो भएको क्रिकेटमा पछिल्लो चार वर्ष राजनीति मुख्य खेलाडीका रूपमा सक्रिय रह्यो। २०६८ कात्तिक ८ मा राष्ट्रिय खेलकुद परिषद्ले विनयराज पाण्डे अध्यक्ष रहेको नेपाल क्रिकेट संघ (क्यान) को तदर्थ समिति पुनर्गठन गर्दै माओवादी नेता टंक आङबुहाङलाई नेतृत्व सुम्पेको थियो। माओवादीका तर्फबाट नियुक्ति लिएर परिषद सम्हालेका सदस्यसचिव युवराज लामाले क्रिकेटमा औपचारिक रूपमा गराएको माओवादी प्रवेशले त्यसको दुई महिनामै आधिकारिकता हासिल गर्योा। आङबुहाङ नेतृत्वले चितवनमा पुस ३ मा निर्वाचन गर्दै वैधानिक रूपमा क्यानमा कब्जा गरेको थियो।
माओवादीको बाहुबलसामु स्वर दबिइरहेका बेला झन्डै तीन वर्ष आङबुहाङ नेतृत्वले सर्वेसर्वा भएर क्यानमा काम गर्योद। तर गतवर्ष जेठमा पूर्व राष्ट्रिय खेलाडी आमिर अख्तरको जोहरा स्पोर्टस्ले गरेको एनसेल एनपिएलको विषयमा क्यानमा विभाजन सुरु भयो। अख्तर आङबुहाङका प्यारा थिए। खासमा उनलाई क्यानमा आउनका लागि प्रेरित गर्नेमध्ये अख्तर मुख्य थिए। आङबुहाङ अध्यक्ष भए पनि अख्तरले पर्दापछाडिबाट क्यानको नेतृत्व गरिरहेको चर्चा चल्ने गरेको थियो। जबकि क्यानमा आएका खाँटी माओवादीबाहेक कुनै बेला उनीहरूलाई क्रिकेटमा हुल्ने बाँकी पदाधिकारी अख्तरविरुद्ध थिए। क्यानभित्र एनसेल एनपिएलको निहुँमा दुई गुट खडा भयो। उपाध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा आङबुहाङमाथि कार्यसमितिका सदस्यहरूले नै अविश्वासको प्रस्ताव राखे। आपसी फुटले क्यानलाई कमजोर पारिरहेको थियो।
त्यही बेला राष्ट्रिय खेलाडीहरूले पारिश्रमिक नपाएको, क्रिकेट विकासका लागि क्यानले काम नगरेको लगायतका आरोपसहित आन्दोलन गरिरहेका थिए। खेलाडीले क्यानको सम्पूर्ण कमिटी विघटन गर्नुपर्ने र क्यानको नेतृत्वमा कुनै बेला आइसकेकालाई पनि ल्याउन नहुने मागसहित राष्ट्रिय प्रतियोगिता बहिस्कार गर्दै आन्दोलन थालेका थिए। आन्दोलनसँगै खेलाडीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि क्यानमाथि छानबिनको उजुरी गरे। अख्तियारले जेठ २५ मा क्यान अध्यक्ष आङबुहाङ र महासचिव अशोकनाथ प्याकुर्याुलसहित १० जनालाई भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा चलाउँदै बाँकी समितिलाई पनि अयोग्य ठहर गर्दै पुनर्गठनका लागि सरकारलाई निर्देशन दियो। अख्तियारको निर्णयपछि मुद्दा चलाइएका १० जना मुद्दा किनारा नलागेसम्मका लागि निष्त्रि्कय भए। अख्तियारले आङबुहाङ नेतृत्वको कमिटीले त्रिकेटप्रेमीको अपेक्षाअनुसार काम गर्न नसक्ने ठहर गर्दै क्रिकेटका अनुभवी, स्वच्छ छवि भएकालाई समावेश गरी पुनर्गठन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो।
आङबुहाङको ठाउँमा उपाध्यक्ष तारणीविक्रम शाहले कार्यबाहक अध्यक्ष तथा प्याकुर्याोलको सट्टा उत्तम कर्माचार्यले कार्यबाहक महासचिवका रूपमा काम थाले। काम थालेको केही महिनामै स्वास्थ्यका कारण शाह निष्त्रि्कय भए। उनको सट्टा अनौपचारिक रूपमा श्रीनिवास राणाले क्यानलाई नेतृत्व दिन थाले। तर, माओवादी पक्षलाई त्यो चित्त बुझिरहेको थिएन।
माघ १२ मा शाहको मृत्यु भएपछि माओवादी पक्षलाई क्यान कब्जामा लिने बाटो खुल्यो। शाह रहुन्जेल केही गर्न नसकिरहेको समूहले उनको निधनलगत्तै माघ २९ मा एकतर्फी दीपक कोइरालालाई कार्यबाहक अध्यक्ष बनायो। यसले क्यानभित्रको ध्रुवीकरणलाई थप मलजल गर्योा। जबकि यसअघि नै युवा तथा खेलकुद मन्त्रालयमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले नेतृत्व लिएपछि क्यानमाथि हस्तक्षेपको निहँु खोजिरहेका थिए। यसैबीचमा प्रशिक्षक दासानायकेको सम्झौता नवीकरण, खेलाडीसँगको सम्बन्ध स्थापना तथा अन्य विषयमा क्यानलाई बेवास्ता गर्दै आफू अघि सरेर मन्त्रालयले राजनीति घुसाइरहेको थियो। यसैबीचमा मन्त्रालयले गतवर्ष कात्तिक २० मा निर्वाचित कमिटी विघटन गर्दै पूर्वअध्यक्ष विनयराज पाण्डेको नेतृत्वमा नयाँ तीन सदस्यीय कमिटी बनायो। पाण्डेलाई नेतृत्वको जिम्मेवारी दिँदा सरकारले तत्कालीन कार्यसमितिलाई भने प्रतिबन्ध लगायो। तर सरकारी निर्णयविरुद्धको अपिलमा सर्वोच्च निकायले निर्णय दिँदै निर्वाचित क्यानलाई नै वैधानिक ठहर गरेपछि सरकार पनि एक कदम पछि हट्न बाध्य भयो।
खेलाडीको विश्वास क्यानले जित्न सकेको थिएन। क्रिकेटवृत्तले पहिल्यैदेखि पत्याएको थिएन। सरकारको समर्थन थिएन। आफैंमा खेल विकासका लागि काम गर्ने योजना, इमानदारिता र प्रतिबद्धता त झनै थिएन। यस्तो अवस्थामा पनि क्यानले पछिल्ला वर्षहरू आपसी संघर्षमै बितायो। राष्ट्रिय टोलीले त्यही बेला विश्वकपलाई छानिने तथा विश्व क्रिकेट लिग च्याम्पियनसिपसम्मको यात्रा तय गरिसकेको थियो। राष्ट्रिय टोलीको उत्साह र सफलतालाई जोगाउँदै नयाँ पुस्तामा त्यसको ऊर्जा सञ्चार गराउनुपर्ने क्यानले आफ्नो जिम्मेवारीबारे सोच्न पनि भ्याएन।
त्यसो त क्यान नेतृत्वलाई क्रिकेट विकासका लागि गर्नुपर्ने कामबारे जानकारी नभएको भने होइन। बिसाएको बन्दुकमा खिया नलाग्दै क्रिकेटको सर्वोच्च कमान्डर बनेका आङबुहाङले अध्यक्षमा निर्वाचित हुनेबित्तिकै भनेका थिए, 'म क्रिकेट खेलेको मानिस होइन। यहाँ खेल्न आएको पनि होइन। म क्रिकेटको सही व्यवस्थापन गर्दै यसलाई आफ्नो सम्भावनाको नजिक पुर्याोउन आएको हुँ। नेपाली क्रिकेटमा असीमित सम्भावना छ। आउँदा दिनमा ती सम्भावना उजागर हुनेछन्।'
चितवनमा अध्यक्ष निर्वाचित भएलगत्तै आङबुहाङले भौतिक पूर्वाधारलाई विश्वस्तरीय बनाउँदै नेपाललाई भारत र पाकिस्तानको तटस्थ भूमिका रूपमा स्थापित गर्नेसम्मको डिङ हाक्न भ्याएका थिए। खेलाडी उत्पादनलाई प्रभावकारी बनाउन राष्ट्रिय क्रिकेट एकेडेमी स्थापना तथा खेललाई व्यावसायिक बनाउन घरेलु क्रिकेट संरचनामा व्यापक सुधार गर्ने उनको घोषणा थियो।
यद्यपि, उनको कार्यकालमा भौतिक पूर्वाधारमा कुनै सुधार आएन। नाम मात्रको ट्रेनिङ सेन्टरलाई राष्ट्रिय क्रिकेट एकेडेमीको नाम दिएर कीर्तिपुरमा झारो टार्ने काम भइरहेको छ। यसैगरी घरेलु संरचनाको हकमा त क्यानबाट माखोसम्म मरेन।
पदाधिकारीबीच स्वार्थको लडाइँ चरमोत्कर्षमा पुग्दा खेलाडी तथा टिम पनि राजनीतिको हिस्सा बनेको आरोप लगाउँदै राष्ट्रिय टोलीका एक पूर्वखेलाडी भन्छन्, 'खेलाडीको काम खेल्ने हो, राजनीति होइन। व्यवस्थापन र नीति बनाउने पनि होइन। प्रशासनको काम गर्ने सोख हुनेले खेल्न छाडेर क्यानको नेतृत्व लिनुपर्छ। तर, हामीकहाँ पदाधिकारीको शक्तिसंघर्षले खेलाडीलाई राजनीतिमा स्वागत गर्योे। मन्त्रालय स्वयंले त्यसका लागि रातो कार्पेट ओछ्यायो। कसैले पनि आफ्नो काम इमानदारीपूर्वक गरेनन्। अरूको काममा भने अड्को थापिरहे। सबैले अर्काको काममा खोट लगाउनमै ऊर्जा खर्चिए।'
आधिकारिक रूपमा क्यान नेपाली क्रिकेटको एकमात्र सर्वोच्च निकाय हो। बाँकी सबै उसका निकाय वा सहयोगी हुन् तर नेपालमा समानान्तर रूपमा धेरैले सर्वोच्च निकायको जस्तो काम गरिरहेको उनको भनाइ छ। उनका विचारमा नेपालमा समानान्तर रूपमा दुई वटा क्यान अस्तित्वमा छन्। क्यान सर्वोच्च निकाय भए पनि उसलाई सरकारले प्रतिबन्ध लगाएर अर्को समिति बनाएको छ। तर, सर्वोच्च अदालतले सरकारद्वारा प्रतिबन्धितलाई नै आधिकारिकता दिएको कारण दुई समानान्तर संघले हैसियत खोजिरहेका छन्। क्यानको लडाइँमा निर्णायकजस्तो देखिने राष्ट्रिय टोली नेपाली क्रिकेटको अर्को प्रशासन देख्ने उनी क्यानभित्रको कर्मचारीतन्त्र पनि आवश्यकताभन्दा बढी हाबी भएको देख्छन्। 'यसैगरी महत्वपूर्ण निर्णयहरूमा सधंै सरकार र प्रायोजकका हस्तक्षेप देख्दा नेपाली क्रिकेटमा अझ धेरै समानान्तर प्रशासन भएजस्तो देखिन्छ,' उनी भन्छन्, 'यहाँ वास्तविक प्रशासन यति कमजोर छ कि धेरैजसो अवस्थामा 'फ्यान' (समर्थक) ले क्यानका महत्वपूर्ण निर्णयमा प्रभाव पारिरहेका हुन्छन्।'