काठमाडौं-नेपाली फुटबल २२ वर्षपछि उपाधिसामु रहँदा निर्णायक गोलका लागि तयार थिए अनन्त तामाङ। खेलअवधिभर नेपाल.. नेपाल..भनेर गुञ्जयमान रहेको रंगशाला एकछिनशान्त बन्यो।पेनाल्टीमा ४–४ को अवस्थापछि अनन्त पेनाल्टी हान्ने टोलीका अन्तिम खेलाडी थिए। उनले कुनै गल्तीगरेनन्। रंगशाला विजयकोखुसीमा गुञ्जयमान भयो फेरि, नेपाल.. नेपाल.. नेपाल..।
नेपालले घरेलु मैदानमा साफ यु–१९ च्याम्पियनसिप फुटबलको पहिलो संस्करण फाइनलमाभारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो।
त्यसअघि टाइब्रेकरमा नेपालको जितको आधार पार्ने नायक थिए युवा टोलीका गोलरक्षक सोजित गुरुङ। निर्धारित समय १–१को बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ अघि बढ्यो। पहिलो पेनाल्टी हान्न आएका भारतका मोइनुद्दिनको प्रहार सोजितले बायाँ भागमा डाइभ गर्दै सुन्दर ढंगमा बचाए। त्यही बचाउ नै जितको आधार बन्यो।पेनाल्टी हान्ने अरु खेलाडीको हौसला बढाउने काम गर्यो।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा नेपालले ३१औं मिनेटमा तेज गुरुङको गोलबाट अग्रता लियो। सुनील बलको कर्नर किकमा अनन्तले हेड गरे। त्यसलाई भारतका गोलकिपर सायक बराईले राम्रो नियन्त्रणमा लिन नसकेर रिबाउन्ड हुँदा तेजले सहजै गोल गरी टोलीलाई अग्रता दिलाए।
तर, अन्तिम ५ मिनेट सम्हालिन नसक्दा नेपालले गोल खानुपरेको थियो। ८५औं मिनेटमा कप्तान विमल घर्तीमगरको स्थानमा छिरेका दिनेश राजवंशीले दुई मिनेटपश्चात डी बक्समा हातले बल रोक्न पुग्दा माल्दिभ्सका रेफ्री एडम फजिलले भारतलाई पेनाल्टी दिएका थिए। जसमा भारतका शहबाजले कुनै गल्तीनगरी खेल बराबरीमा ल्याए।
पेनाल्टी सुटआउटमा नेपालका हेमन्त थापामगर, सुनील बल, विश्वास श्रेष्ठ, डोनाथापार अनन्तले गोल गरेका थिए। भारतबाट हेडिन हाब्सन फर्नान्डेज, डेनियल लालमपुरा र शहबाजले गोल गरे। मोइनुद्दिनको प्रहार सुन्दर बचाउ गरेका सोजितले भारतको अन्तिम प्रहार बाहेक सबै बलमा सही 'जज' गरेका थिए।
कप्तान विमलले संगठित प्रदर्शन नै टोलीको जितको आधार भएको बताए।'धेरै अघिदेखिहामी भारतसँग पराजित रहँदै आएका थियौं। त्यसैले भारतलाई हराउँदै उपाधि जित्न चाहन्थ्यौं,' विमलले भने, 'कुनै एक खेलाडीको प्रदर्शनभन्दा पनि सम्पूर्ण टोलीको संगठित प्रदर्शन हाम्रो जितको आधार हो। लामो समयपछि नेपाली दर्शकलाई खुसी पार्न सक्यौं त्यसैमा हर्षित छौं।'
वैशाख १२ को भूकम्पबाट ठूलो क्षति बेहोरेका नेपालीलाई जितले थोरै भए पनि खुसी दिन सकेको बताउँदैप्रशिक्षक बालगोपाल महर्जनले नेपाली फुटबललाई माथि उकास्न यो उपाधि जित महŒवपूर्ण हुनसक्ने बताए।
'२२ वर्षपछि फुटबलमा उपाधि जितेका छौं। मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो यो,'सन् १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दाका टोली सदस्य महर्जनले भने, 'पछिल्लोपल्ट नेपाललाई उपाधि जिताउँदा म खेलाडीको रूपमा थिएँ, आज प्रशिक्षकमा पुनः उपाधि जित्ने सौभाग्य पाएको छु। त्यसैले अत्यन्तै हर्षित छु।'
महर्जनले जितको श्रेय खेलाडीहरूलाई दिए।उनले भने, 'खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु। अग्रपंक्तिका खेलाडी घाइते भएकाले अन्तिम समय रक्षात्मक खेल्ने नीति लियौं। त्यसैमा सानो गल्ती हुँदा हामीले गोल खान पुग्यौं। दबाब झेल्नुपर्यो।'
ठूलो संख्यामा उपस्थित घरेलु दर्शकको साथ पाएको नेपालले सुरुबाटै भारतलाई दबाबमा राख्यो। पहिलो हाफमा नेपालले केही राम्रो मौका खेर फालेको थियो। आठौं मिनेटमा भारतीय रक्षापंक्तिले गरेको गल्तीको फाइदा लिँदै विमलले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो। १० मिनेटपछि अञ्जन विष्टको पासमा विमलको अर्को प्रयास भारतीय रक्षकले विफल तुल्याइदिए।
५३औं मिनेटमा विमल र विश्वासको तालमेलमा विमलले पेनाल्टी बक्सबाट गरेको सशक्त प्रहार विपक्षी किपर सायकले बचाए। उनैले चार मिनेट बित्न नपाउँदै विश्वास श्रेष्ठको क्रसमा सुनील बलको प्रहारमा राम्रो बचाउ गरेका थिए।
दुईखेलाडी परिवर्तन गरेर दोस्रो हाफमा फरक रणनीतिमा उत्रिएको भारतले सुधारिएको प्रदर्शन गर्यो। पाँचौं मिनेटमा भारतका कप्तान डेनियलको प्रहार गोलकिपर सोजितले बचाए। खेल सकिनु ९ मिनेटअघि अनिरुद्ध थापाको प्रहार नेपाली रक्षापंक्तिले विफल पारिएको थियो।
'नेपाली टोलीलाई बधाई छ। नेपाली खेलाडीले अन्तिम समयसम्म पनि हिम्मत हारेन। दर्शकको साथले नेपाली खेलाडीको हौसला बढाउन मद्धत गर्यो,' भारतीय प्रशिक्षक सैयद सब्बिर पासाले भने, 'हाम्रा खेलाडीले राम्रो खेले। अवे मैदानमा खेल्न गाह्रो हुन्छ।केही खेलाडी नयाँ छन्। उनीहरूले यस प्रतियोगिताबाटधेरै सिक्ने मौका पाए।'
विजेतालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ट्रफीप्रदान गरे। खेल हेर्न मन्त्रीलगायत उच्चपदस्थ व्यक्तित्वको पनि उपस्थिति थियो। साथै, चर्चित हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) लगायत अन्य कलाकार पनि रंगशाला पुगेका थिए।
दुई दिनअघि खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपालले उपाधि जिते सरकारको तर्फबाट प्रशिक्षक र प्राविधिकलगायत प्रत्येक खेलाडीलाई जनही १ लाख दिने घोषणा गरिसकेका छन्।