चितवन–भरतपुरमा भएको पहिलो सिएमसी गोल्ड कप प्रतियोगिताको उपाधी नवलपरासी कावासोतीको योङ्ग स्टार क्लवले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा योङ्ग स्टारले चितवन माडीको बसन्तपुर युनाइटेड क्लबलाई टाइ ब्रेकरमा पराजित गरेर एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ।उप विजेता वसन्तपुर युनाइटेडले ५५ हजार ५५५ रुपैयाँ पाएको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपालको आयोजना र विएफसी भरतपुरको सहआयोजनामा प्रतियोगिता भएको हो । फाइनल खेलको निर्धारित समयमा दुवै टिमको एक एक गोल भएपछि निर्णयका लागि टाइ ब्रेकरको साहारा लिइएको हो । योङ्ग स्टारले खेलको पहिलो हाफमा एक गोल गरे पनि दोस्रो हाफमा योङ्ग स्टारकै तर्फबाट आत्मघाती गोल भएपछि खेल बराबरी भएको थियो ।
टाइ ब्रेकरका लागि भएको पेनाल्टी प्रहारमा माडीका खेलाडी सञ्जीव कार्कीले हानेको बल योङ्ग स्टारका गोल रक्षक छिरिङ तामाङले रोकेपछि जिल्लामा भएको सर्वाधिक राशीको फुटबल उपाधी योङ्ग स्टारको पोल्टामा परेको थियो । पेनाल्टीमा योङस्टारका सबै खेलाडीले गोल गरे ।
खेलको पहिलो हाफमा योङस्टारका स्टार विष्णु गुरुङले गोल गर्दै टिमलाई १–० को अग्रता दिए । तर, खेलको दोस्रो हाफको मध्यतिर माडीका टंक लामाको क्रसमा योङस्टारका सेन्टर डिफेन्डर सरोज दाहालले आत्मघाती गोल छिराएपछि माडीले खेल बराबरी गर्यो । त्यसपछि पनि माडीले पाएका केही अवसर गुमाउँदा खेल बराबरीमा टुंगिएको थियो ।
प्रतियोगिताभर उत्कृष्ट खेल्दै ४ गोल गरेका योङस्टारका विष्णु गुरुङ उत्कृष्ट खेलाडी बने । त्यस्तै योङस्टारकै किपर छिरिङ तामाङले उत्कृष्ट गोलरक्षकको उपाधि जिते । ह्याट्रिकसँगै प्रतियोगिताभर ४ गोल गरेका भरतपुर फुटबल क्लबका राकेश गुरुङले उच्च गोलकर्ताको उपाधि पाए । उनीहरु तीनैजनाले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए ।
विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि चितवन मेडिकल कलेजका मेडिकल निर्देशक डा. दयाराम लम्साल, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामा, आयोजक संयुक्त एम्बुलेन्स चालक संघ नेपालका अध्यक्ष नवराज लामिछानेलगायतले पुरस्कार वितरण गरेका थिए ।
नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा चितवन, नवलपरासी, रुपन्देही, हेटौंडा र पर्साका १२ टिम सहभागी थिए । सबै टिममा राष्ट्रियस्तरका क्लबबाट खेलेका खेलाडीहरु सहभागी थिए ।