खेलमन्त्रीलाई कारबाही गर्न अख्तियारको पत्र
२५ भदौ २०७२
•
७ मिनेट पाठ
खेलमन्त्रीलाई कारबाही गर्न अख्तियारको पत्र
काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्यसचिवमा केशवकुमार विष्टलाई नियुक्त गरेको विषयमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले अर्को बखेडा सामना गर्नुपर्ने भएको छ।सदस्यसचिव नियुक्तिमा स्वेच्छाचारी तथा गैरकानुनी निर्णय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मन्त्री पौडेललाई कारबाहीका लागि प्रधानमन्त्री सुशील कोइरालालाई पत्राचार गरेको छ। गत वर्ष दक्षिण कोरियामा सम्पन्न इन्चोन एसियाली खेलकुदमा सहभागीमध्ये उसु, एथलेटिक्स र सेपाकटाक्रोका गरी चार खेलाडी उतै भागेपछि सम्बन्धित खेलका प्रशिक्षक र टिम व्यवस्थापकलाई मन्त्री पौडेलको निर्देशनमा राखेपले एक वर्षका लागि निलम्बन गरेको थियो। सेपाकटाक्रोका व्यवस्थापक भएर गएका विष्ट पनि एकवर्षे कारबाहीमा रहेकै बेला परिषद सदस्यसचिव नियुक्त गरिएका थिए।

'खेलकुद विकास नियमावलीमा निलम्बन वा खारेजीमा भएको राष्ट्रिय संघ, संघका पदाधिकारी तथा सदस्यले कुनै खेलकुद गतिविधि सञ्चालन गर्न, सहभागी हुन र कुनै सरकारी सुविधा प्रयोग गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था भए पनि खेलकुदमन्त्रीले त्यसलाई ध्यान दिएको देखिएन,' अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले नागरिकसँग भने, 'कानुनबमोजिम जुन मानिसलाई सदस्यसचिवमा नियुक्त गर्नु हँुदैनथ्यो, उसैलाई नियुक्त गरिएको र मन्त्रीले पालना गर्नुपर्ने पदीय आचरण पूरा नगरेका कारण हामीले प्रधानमन्त्रीसमक्ष मन्त्री पौडेललाई कारबाहीका लागि लेखि पठाउने निर्णय गरेका हौं।'

'मन्त्री पौडेलले जानी जानी आफूलाई प्राप्त अधिकार कानुन, निर्णय वा आदेशविपरीत अर्कै उद्देश्यले प्रयोग गरी आफ्नो तजविजी अधिकार बदनियत साथ स्वेच्छाचारी रूपमा प्रयोग गर्नुका साथै आफ्नो पदको प्रकृतिअनुसार पालना गर्नुपर्ने पदीय कर्तव्य पालना नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसारको अनुचित कार्य गरेको पुष्टि हुन आएकाले उहाँलाई आवश्यक कारबाहीका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरी लेखी पठाइएको छ,' अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

अख्तियारले सदस्यसचिव नियुक्ति अवैध ठहर गर्दै प्रक्रिया सच्याउन पनि सरकारलाई निर्देशन दिएको छ। 'उहाँको नियुक्ति प्रक्रिया नै अवैध देखिएपछि सच्याउने भनिएको छ। त्यसो भन्नुको अर्थ उहाँलाई पदमुक्त गर्ने भन्नु नै हो,' प्रवक्ता पुष्करले भने।

यसैगरी अनुसन्धानका क्रममा परिषदको कागजात सही ढंगले राख्न नसकेको, कागजपत्र लुकाएको तथा फाइलहरू संशोधन गर्नेजस्ता काम गरेको आरोपमा परिषदका संघसंस्था समन्वय शाखा प्रमुख टेकप्रसाद कट्टेललाई स्पष्टीकरण लिई विभागीय कारबाहीका लागि अख्तियारले निर्देशन दिएको छ।

इन्चोन एसियाडबाट खेलाडी भागेको विषयमा भएको समीक्षा बैठकमा मन्त्री पौडेल अध्यक्ष रहेको कार्यसम्पादन तथा व्यवस्थापन समितिले कात्तिक २ मा सम्बन्धित खेलका प्रशिक्षक, व्यवस्थापक र संघलाई समेत कारबाही गर्न निर्देशन दिएको थियो। मन्त्रालयले कात्तिक ५ मा कारबाहीका लागि परिषदलाई निर्देशन दिएको थियो भने परिषदले कात्तिक २० मा विष्टलगायत सबै खेलका टिम व्यवस्थापकलाई १ वर्षका लागि सम्बन्धित संघको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो।

आफ्नै निर्णयविरुद्ध मन्त्री पौडेलले असार १० मा विष्टलाई सदस्यसचिव नियुक्त गरेपछि उनको व्यापक आलोचना भयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री पौडेललाई राजीनामा दिन निर्देशन दिएका थिए। तर, पार्टीका पूर्वअध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधव नेपालको अडानका कारण मन्त्री पौडेलको पद जोगिएको थियो।

मन्त्री पौडेलले अख्तियारको निर्णय पूर्वाग्रही ढंगले आएको प्रतिक्रिया दिँदै आफूले ऐनअनुसार निर्णय गरेको बताए। 'अख्तियारले अनुसन्धान नगरी आफूखुसी निर्णय गरेजस्तो लागेको छ,' मन्त्री पौडेलले भने, 'विष्टलाई कारबाहीका लागि सिफारिसमात्र गरेको हो। तर, कारबाहीका लागि बोर्डले निर्णय गर्नुपर्छ। त्यसअघि अभियुक्तलाई स्पष्टीकरणको मौका दिइन्छ। विष्टको विषयमा त्यो केही भएको छैन।'

'मैले अख्तियारको ऐनअनुसार काम गर्ने होइन। मैले खेलकुद ऐनअनुसार काम गरेको हुँ। ऐनले प्रस्ट रूपमा अदालतले कसुरदार ठहराएको वा मगज बिग्रिएको मानिसलाई मात्र अयोग्य मानेको छ,' अख्तियारको निर्णय विषयमा मन्त्रिपरिषद बैठकले निर्णय गर्ने बताउँदै मन्त्री पौडेलले थपे, 'खेलकुद विकास ऐनअनुसार संघले गरेको सिफारिसका आधारमा सदस्य नियुक्त गर्ने र सदस्यमध्येबाट सदस्यसचिव बनाउने हो। मैले त्यही गरेको हुँ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस