काठमाडौं– भूकम्पका कारण स्थगित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन यसै महिना हुने भएको छ। हिमालयन एक्सपिडिसन नेपालले नेपालको पर्यटन व्यवसायलाई पुनर्जीवित गर्ने लक्ष्यसाथ म्याराथनको १३ औं संस्करण असोज १८ मा आयोजना गर्ने जानकारी दिएको थियो।
विश्वको सर्वोच्च शिखर सगरमाथा आधारशिविर (५ हजार ३ सय ६४ मिटर) बाट सुरु हुने म्याराथन नाम्चे बजार (३ हजार ४ सय ४६ मिटर) मा आएर टुंगिने मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो।
प्रतियोगिता व्यवस्थापक शिखर पाण्डेले वैशाख १२ को विनाशकारी भूकम्पका कारण हरेक वर्ष मे २९ मा हुँदै आएको म्याराथन यस वर्ष उक्त मितिमा गर्न नसकिएको बताए। उक्त म्याराथन सन् २००३ बाट सुरु भएको थियो।
पाण्डेले अक्टोबर म्याराथनका लागि उपयुक्त समय भएको बताए। उनले भने, 'पयर्टनको नयाँ सिजन पनि यही महिना सुरु हुन्छ।' प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएका उनले ३० विदेशीले सहभागिता निश्चित गरिसकेको बताए। ३० देखि ४० स्वदेशी खेलाडीले भाग लिने आयोजकको अपेक्षा छ।
'हामीले सयजति विदेशी खेलाडी अपेक्षा गरेका थियौं,' व्यवस्थापक पाण्डेले भने, 'तर, भूकम्पका कारण यसमा पनि असर परेको छ।' नेपालको पयर्टन क्षेत्रमात्र नभई देशकै आर्थिक क्षेत्रलाई समेत म्याराथन आयोजनाले सहयोग पुग्ने हिमालयन एक्सिपिडिसनको विश्वास छ।
प्रतियोगितामा पुरुष/महिला म्याराथन र हाफ म्याराथनमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै म्याराथनमा विदेशीको अलग्गै स्पर्धा हुनेछ। शीर्ष तीनमा आउने खेलाडी पुरस्कृत हुनेछन्।
म्याराथन विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। विदेशी र हाफ म्याराथन विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रो हुनेले २५ हजार जित्नेछन्। महिलाको उपाधि जित्नेले ५० हजार, दोस्रोले ३० र तेस्रोले २५ हजार पाउने छन्।