काठमाडौं- भेट्रान स्ट्राइकर गणेश लावतीको ह्याटि्रकमा एपिएफले शनिबार बुद्ध एयर मोरङ फुटबल क्लबलाई ४–१ ले हराएसँगै रेडबुल राष्ट्रिय लिगको उपाधि सम्भावना कायम राखेको छ।भूकम्पपछि भदौ २८ बाट पुनः लिग सुरु हुँदा लगातार दुई खेल गुमाएको एपिएफ उपाधि दौडबाट बाहिरिने सम्भावना बढेको थियो। तर, जगदम्बा लुम्बिनी क्लबविरुद्ध वैशाख ६ मा खेलेपछि पहिलोपल्ट गणेशले मोरङसँग गोलको खातामात्र खोलेनन् ह्याटि्रक पूरा गरे। उनी लिगमा ह्याटि्रक गर्ने छैटौं खेलाडी हुन्।
रुस्लान थ्री स्टार र आर्मीसँग पराजित भएपछि दबाबमा परेका एपिएफका प्रशिक्षक कृष्ण थापाले मोरङसँगको जितले दबाब कम भएको बताएका छन्।
व्यक्तिगत आफूसँगै टिम पनि दबाबमा रहेको बताउँदै थापाले भने, 'म र मेरो टिम दबाबमा थियो। मोरङसँग नतिजा बिग्रेको भए हामी उपाधि दौडबाट मात्र होइन, लिगको तेस्रो बन्ने अवसरबाट पनि बाहिरिन सक्थ्यौं। यो जितले ठूलो राहत मिलेको छ।'
मोरङका तीन खेलाडी कारबाहीमा परेका कारण पनि टोली कमजोर भएको थापाको निष्कर्ष थियो। बिहीबारको खेलमा रेफ्री सुदीश पाण्डेमाथि हातपात गर्ने तीन खेलाडीलाई शुक्रबारमात्र एन्फाले १८ महिने प्रतिबन्ध लगाएको थियो।
प्रशिक्षक पारस चौधरी (एक वर्ष) र सहायक प्रशिक्षक मनिष तिमल्सिना (दुई वर्ष) लाई पनि प्रतिबन्ध लगाइएको थियो। मोरङले कुमार प्रधानको प्रशिक्षणमा एपिएफविरुद्ध उत्रेको थियो। 'घरेलु मैदानको उनीहरूलाई फाइदा भए पनि रक्षात्मक रूपमा टोली कमजोर थियौं,' थापाले भने, 'लावतीले पहिलो हाफमै दुई गोल गरेपछि खेल जित्न हामीलाई सहज भयो।'
पुनः लिग सुरु भएको पहिलो दिननै एन्फाको आलोचना गरेका थापाले मोरङ र झापाले खेलमिलेमतो गरेको गम्भिर आरोप लगाएपछि उनको चर्को आलोचना भएको थियो। एन्फाले स्पष्टिकरण माग्यो भने झापा र मोरङले संयुक्त विज्ञप्ती जारी गर्दै बर्खास्त गर्न माग गरेको थियो। अर्को साता आर्मीसँगको खेलपछि थापाले सबैसँग माफी मागेपछि विवाद मथ्थर भएको थियो।
पहिलो लेगमा पनि एपिएफले मोरङलाई ४–१ ले नै हराएको थियो।
मोरङका प्रशिक्षक कुमार प्रधानले टोलीको प्रदर्शनमा कहिल्यै एकरुपता हुन नसकेको बताए।
यता एन्फा कम्प्लेक्स सातदोबाटोमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा लुम्बिनीलाई २–० ले हरायो। मनाङलाई जित दिलाउन दोस्रो हाफमा रुपेश केसी र अनिल गुरुङले गोल गरे।
१० औं खेलमा पाँचौं जितपछि मनाङ (१९) पुनः दोस्रो स्थानमा उक्लेको छ। समान अंक भएको रुस्लान थ्री स्टार तेस्रो स्थानमा झरेको छ। झापा (२१) शीर्ष स्थान र जितपछि पनि एपिएफ (१७) पाँचौं स्थानमा यथावत छ। चौथो स्थानमा रहेको त्रिभुवन आर्मीको पनि १७ अंक छ।
पुछारका दुई टोली लुम्बिनीको ८ र मोरङको ६ अंक छ। छैटौं स्थानको सुदूर बिस्कुट सुदूरपश्चिमको १४ र सातौं टोली नेपाल पुलिस क्लबको १२ अंक छ।
पुलिस र थ्री स्टारसँग अंक बाँडेको अर्को खेलमा सुदूरपश्चिममाथि ६–० को जितबाट विजय यात्रामा फर्केको मनाङले लुम्बिनीलाई गोल गर्न भने दोस्रो हाफसम्म कुर्नुपरेको थियो। लिगका कमजोर दुईमध्ये एक लुम्बिनीले मनाङविरुद्ध पाँच रक्षक उतार्दै टोलीलाई पहिलो हाफसम्म गोल गर्नबाट रोकेको थियो।
दोस्रो हाफमा आक्रमण तेज बनाएको मनाङले ५५ औं मिनेटमा पहिलो सफलता प्राप्त गर्योम। रुपेश केसीले डोडोजको पास नियन्त्रयणमा लिँदै गोल गरेका थिए। इन्जुरी समयको पाँचौं मिनेटमा कप्तान अनिलले गोल गर्दै मनाङको जित पक्का पारे। विशाल राईको पास नियन्त्रणमा लिएका अनिलले दुई विपक्षी रक्षक छलाउँदै गोल गरेका थिए। रुपेश र अनिलले सुदूरपश्चिमविरुद्ध अघिल्लो खेलमा पनि गोल गरेका थिए। लुम्बिनीका प्रशिक्षक याम गुरुङले दोस्रो हाफमा योजनाअनुसार प्रदर्शन भएको बताए। 'हामीले पहिलो हाफमा रक्षात्मक रणनीति अपनाएका थियौं,' उनले भने, 'त्यसमा सफलता पनि मिलेको थियो। दोस्रो हाफमा पनि ठिकै भइरहेको थियो। जब रुपेशले गोल गरे त्यसपछि टोली दबाबमा आयो।'
मनाङका प्रशिक्षक राजु शाक्यले टोलीलाई खेलअघि दबाब रहेको बताए। उनले भने, 'लुम्बिनीलाई हार्नु केही थिएन। दबाब जति हामीमाथि थियो।'