मनाङ र पुलिस स्तब्ध, बलियो बन्दै आर्मी
१२ असोज २०७२
•
८ मिनेट पाठ
मनाङ र पुलिस स्तब्ध, बलियो बन्दै आर्मी
काठमाडौं–विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुधबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई १–० ले स्तब्ध पार्दै रेडबुल राष्ट्रिय लिगको उपाधि दौडपुनः बलियो बनाएको छ। मनाङको हारले आर्मी तेस्रो स्थानमा मात्र उक्लेनत्यसको फाइदा शीर्ष दुईमा रहेका रुमपम झापा र रुस्लान थ्री स्टारलाई समेत पुगेको छ । अर्को खेलमा खराब प्रदर्शनले निरन्तरता पाउँदा नेपाल पुलिसले सुदूर बिस्कुट सुदूरपश्चिमाञ्चलसँग ४–१ ले नतिजा सुम्पेको छ।हारसँगै पुलिस उपाधि दौडबाट बाहिरिएको छ । बाँकी चार खेल जित्दा पनि पुलिसको अहिले शीर्षस्थानमा रहेको झापा (२४) सँग बराबर अंक हुनेछ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार नवयुग श्रेष्ठले १८औं मिनेटमा गरेको गोल नै आर्मीको जितका लागि पर्याप्त बन्यो । टंक बस्नेतको पासमा कप्तान भरत खवासले दुई विपक्षी रक्षकछलाएको गरेको प्रहार मनाङका गोलकिपर दिपेश यादवले राम्रो नियन्त्रणमा लिन सकेनन् । त्यही बलमा कसैको निगरानीमा नरहेका नवयुगको कडा प्रहारले पोस्टको दिशा लिएको थियो ।




अघिल्लो खेलमा झापासँग १–० ले स्तब्ध भएको आर्मी क्लब मनाङविरुद्ध विजयी भएपछि लिगको तेस्रो स्थानमा उक्लिएको छ । ११ खेलबाट आर्मीले २० अंक जोडेको छ भने चौथो स्थानमा झरेको मनाङको समान खेलबाट १९ अंक छ । २४ अंकका साथ झापा शीर्ष स्थानमा छ भने दोस्रो स्थानको थ्री स्टारले २२ अंक बनाएको छ ।शीर्ष चारमध्ये झापाले दुई खेल बढी खेलेको छ । त्यसै गरी मंगलबार पहिलो खेलजित्न सफल सुदूरपश्चिम १७ अंक लिएर छैटौं स्थानमा यथावत छ भने पुलिस क्लब हारको बाबजुद पनि सातौं स्थानमा छ । पुलिससँग १२ अंक छ ।

पहिलो लेगमा १–१ को बराबरी खेलेको मनाङसँग मंगलबार महत्वपूर्ण ३ अंक खोसेपछि आर्मीका प्रशिक्षक मेघराज केसीले उपाधि होड रोचक बनेको प्रतिक्रिया दिए ।'आज हामीले सोचेजस्तै प्रदर्शन ग¥यौं । खेलाडीहरूले उच्च मनोबलका साथ अन्तिम समयसम्म पनि डटेर खेले,' प्रशिक्षक केसीले भने, 'आज खेलाडीको मिहिनेत र अनुशासनले जित सम्भव भएको हो । खेलाडीको प्रदर्शनप्रति सन्तुष्ट छु ।'

नेपालमा स्टार खेलाडीहरूले कम मिहिनेत गर्ने बताउँदै केसीले मनाङ बलियो टोली भए पनि स्टार खेलाडीले शतप्रतिशत योगदान नदिएको बताए । उनले लिगमा ११ खेल सकिए पनि अझै ५ खेल बाँकी रहेकाले टोली उपाधि दौडमै रहेको प्रस्ट्याए । 'हामी १–२ खेल राम्रो हँुदैमा मात्तिने र १–२ खेल बिगँ्रदैमा हतास हुने टोली होइनौं,' केसीले भने, 'अन्तिमसम्म हाम्रो मिहिनेत जारी रहनेछ ।'

सुरुआटै आक्रामक बनेको आर्मीले अधिकांश समय बल नियन्त्रणमा राखेको थियो । दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको मनाङले पाएको केही राम्रो अवसर सदुपयोग गर्न नसक्दा आर्मीलाई नतिजा सुम्पन पुगेको थियो ।

पछिल्लो खेलमाभन्दा दुई खेलाडी परिवर्तन गराएका मनाङका प्रशिक्षक राजुकाजी शाक्यले आफ्नो त्यो रणनीति गलत भएको प्रतिक्रिया दिए । मनाङले नवीन न्यौपानेको स्थानमा विक्रम लामा र सिस्सोकोको ठाउँमा लियोनल स्टेफनलाई मौका दिएको थियो ।

'मैले सेट भएको टोलीमा परिवर्तन नगरेको भए हुन्थ्यो । त्यो गल्ती भयो । जसका कारण पहिलो हाफमा टोलीले राम्रो गर्न सकेन,' शाक्यले भने, 'मौसासँग नेपालको अनुभव धेरै छ र उनी प्रविधिक रूपमा पनि राम्रा थिए तर आज राम्रो गर्न सकेनन् । दोस्रो हाफमा पाएको मौकामा गोल गर्न नसक्दा हार्न पुग्यौं । तर, हामी उपाधि दौडमा कायमै छौं ।'

मनाङका पहिलो रोजाइका गोलकिपर विशाल श्रेष्ठ चोटका कारण मैदान बाहिर छन् । उनी सुदूरपश्चिमसँगको खेलमा घाइते भएपछि ४५औं मिनेटमा मैदान छाड्न पुगेका थिए ।

दोस्रो हाफको ११औं मिनेटमा मनाङका शिव श्रेष्ठले टोलीलाई बराबरीमा ल्याउने मौका खेर फालेका थिए । डोडेको फ्रिकिकमा कप्तान अनिल गुरुङले दिएको हेड पासमा शिवले गरेको हेडिङ सिधै आर्मीका गोलकिपर विकेश कुथुको हातमा पुगेको थियो । त्यस्तै खेल सकिनु चार मिनेटअघि विशाल राई गोल गर्नबाट चुकेका थिए । लगत्तै प्राप्त अवसर सुशील केसीले खेर फाले । त्यस्तै पहिलो हाफको ३५औं मिनेटमा टंक बस्नेत वान भर्सेस वानमा गोल गर्नबाट चुकेका थिए ।

एन्फा कम्प्लेक्समै भएको पहिलो खेलमा यू–१९ टोलीका खेलाडीले भरिएको सुदूरपश्चिमले विभागीय टोली पुलिस क्लबमाथि सहज जित निकालेको हो । टोलीको जितमा कप्तान विमल घर्तीमगर, अनन्त तामाङ, शिव सुवेदी र तेज तामाङले गोल गरेका थिए । एएफसी यु–१९ च्याम्पियनसिप छनोटका लागि इरान जानु एक दिनअघि भएको खेलमा टोलीले सुखद नतिजा निकालेको हो । यु–१९ टोली बुधबार इरान जाँदैछ । पुलिससँगको पहिलो खेलमा २–२ को बराबरी खेलेको सुदुरपश्चिमले मंगलबार भने ३ अंक लिन सफल भयो ।

लगातार दुई खेल हारेको सुदूरपश्चिमका प्रशिक्षक किरण श्रेष्ठले टोलीले राम्रो खेलेको प्रतिक्रिया दिए । उनले खेल्दै जाँदा टोलीमा तालमेल मिल्दै आएको बताए । पुलिसलाई सुरुबाटै दबाबमा राखेको सुदूरपश्चिमका विमलले पाँच राम्रो मौका खेर फाले भने नोबर्ट कार्डिक आवाले एक मौकागुमाए । पुलिसका जुमानु राईले १८औं मिनेटमा गरेको गोल सान्त्वनामा परिणत भयो ।

'टोलीले सुरुबाटै विपक्षीलाई दबाबमा राख्नुपथ्र्यो तर, त्यो नहँुदा खराब नतिजा भोग्न पुग्यौं,' पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, 'उनीहरूमाथि दबाब दिन नसकिरहेको अवस्थामा आफ्नो बल पोसेसन पनि राम्रो भएन । उनीहरूले बल अगाडि पास दिनेबित्तिकै वान भर्सेस वानको स्थिति हुन पुग्यो। खेलाडीले दिएको निर्देशन पनि राम्रो पालना गरेनन् । गोल गरेपछि विपक्षीको मनोबल बढ्दै गयो ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस