काठमाडौं- भारत भ्रमणमा रहेको नेपाली यु–१९ क्रिकेट टोलीले विजय दाहिया क्रिकेट क्लबलाई बुधबार अभ्यास खेलमा ३७ रनले पराजित गरेको छ। नयाँ दिल्लीको सेन्ट स्टेफन क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा अलआउट हुँदै २ सय ३९ रन बनाएको थियो।कप्तान राजु रिजालले ८२ बलमा ६६ रन र योगेन्द्र कार्कीले ८० बलमा ६२ रन बनाए। राजु र योगेन्द्रले पाँचौं विकेटमा १ सय ६ रनको साझेदारी गरे। राजुले ९ चौका र योगेन्द्रले १ छक्का र ९ चौका प्रहार गरेका थिए।
जवाफमा विजय दाहियाले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय २ रनमात्र बनाउन सक्यो। जलाजले १ सय २ बलमा ६ छक्का र १ छक्कामद्धतमा ८४ रन बनाए। नेपालबाट आरिफ शेख र कौशल भुर्तेलले समान २ विकेट लिए। ंअघिल्लो अभ्यास खेलमा मंगलबार पनि नेपालले सोही टोलीलाई ६ विकेटले हराएको थियो। मलेसियामा अक्टोबर १५ बाट सुरु हुने आइसिसी यु–१९ विश्वकप छनोटको तयारी गर्न युवा टोली भारत भ्रमणमा छ। टोलीले अझै तीन अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ।