काठमाडौं–अफगानिस्तान र बंगलादेशसँगको खेलमा मिलेमतो गरेको आरोपमा नेपाली फुटबल टिमका क्याम्पेटन सागर थापा सहित ३ राष्ट्रिय खेलाडी पक्राउ परेका छन् ।विदेशी र स्वदेशी प्रतियोगितामा सट्टेवाजसँग मिलेर खेल हारेको दावी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले थापा सहित राष्ट्रिय टिमका खेलाडी रितेश थापा र सन्दिप राई तथा पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री, र अञ्जन केसीलाई पक्राउ गरेको हो । केसी थ्रिस्टार क्वलका पूर्व प्रशिक्षक समेत हुन् ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले नेपाली राष्ट्रिय खेलाडीहरुले राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा सट्टेवाजसँग मिलेमतोगरी खेल हार्ने र जित्ने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा संलग्नता देखिएपछी अनुसन्धानका लागी पक्राउ गरिएको जानकारी दिए ।
'आएको सूचनाबारे अनुसन्धानगर्दा तथ्यहरु देखियो'खनालले नागरिकसँग भने' त्यसैले थप अनुसन्धानका लागी पक्राउ गरेका हौं, थप अनुसन्धान जारी छ ।
नेपालले खेलेको पछिल्लो नौ अन्तराष्ट्रिय खेलमा गोलविहन रहँदै आएको छ । पक्राउ परेकामध्ये रितेश नेपाल प्रहरीको टिम पुलिसक्लवकै खेलाडी हुन्।