काठमाडौं- एउटा गुरुको सन्तुष्टि शिष्यको सफलता र कीर्तिमा हुन्छ। तर, जब कुनै शिष्य आफूले सिकाएका मूल्य, मान्यता र आदर्शबाट च्युत हुन्छ, गुरुका लागि त्यो क्षण सबैभन्दा पीडादायक हुने गर्छ। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक श्याम थापा अहिले त्यस्तै एउटा अभागी गुरुको नियति भोगिरहेका छन्।
फुटबलमा सबैभन्दा ठूलो अपराधका रूपमा लिइने खेलमिलेमतोमा आफ्ना चेलाहरूको संलग्नताको खबरले थापालाई कर्मभूमि कोलकातामा चैन मिलेन। मातृभूमिको यादले सताइरह्यो। राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई नेपाल प्रहरीले खेल मिलेमतोको अभियोगमा पक्राउ गरेको खबर उनले कोलकातामै पाएका थिए। नेपाल पुलिसले खेल मिलेमतोको अभियोगमा सागरसहित उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा र पूर्व राष्ट्रिय खेलाडी अञ्जन केसी र विकाससिंह क्षेत्रीलाई असोज २७ मा पक्राउ गरेको थियो। फुटबल अत्यन्तै लोकप्रिय रहेको कोलकातामा थापा पनि उत्तिकै चर्चित छन्। उमेरमा भारतीय राष्ट्रिय टोलीबाट खेल्दै दक्षिण एसियाकै महान खेलाडीमध्ये एकका रूपमा स्थापित थापाको त्यहाँ ठूलै सम्मान छ। तर, नेपाली खेलाडी मिलेमतो प्रकरणमा परेपछि उनले कोलकातामै धेरै प्रश्नको सामना गर्नुपर्यो।
'नेपाली फुटबलमा केही गर्न सकिन्छ भन्ने विश्वासका आधारमा म ११ वर्षअघि यहाँ आएको थिएँ। खेलाडीको क्षमता र प्रतिभामाथि मलाई ठूलो आशा र विश्वास थियो। सम्पूर्ण देशले विकासको बाटोमा एक फड्को मार्ने बित्तिकै चार फड्को मार्ने क्षमता नेपाली फुटबलमा थियो,' दशंै मान्न नेपाल आएका थापा भावुक भए, 'तर, यो घटनाले नेपाली फुटबलको साख धेरै गिराएको छ। पाँच खेलाडी पक्राउ परेको खबर आउनेबित्तिकै मैले कोलकातामा सबैभन्दा बढी यही विषयमा स्पष्टीकरण दिइरहनुपर्योच। अघिल्लो दिनसम्म मैले गौरव गर्ने नेपाली फुटबल र खेलाडीमाथिको सम्मान त्यही अवस्थामा रहेन।'
युवा विकास परियोजनाअन्तर्गत एन्फा एकेडेमी हेर्ने गरी सन् २००४ मा आबद्ध भएका थापाले तीनवर्ष नेपाली फुटबलमा बिताए। एकेडेमीबाट प्रतिभा उत्पादन र उमेर समूहको टोली हेर्ने सम्झौता भए पनि आवश्यकता पर्दा उनले दुई महŒवपूर्ण प्रतियोगितामा राष्ट्रिय टोलीलाई पनि नेतृत्व प्रदान गरे। २००६ मा बंगलादेशमा भएको पहिलो एएफसी च्यालेन्ज कपमा नेपालले सेमिफाइनलसम्म यात्रा तय गर्दा थापा मुख्य प्रशिक्षक थिए। लगत्तैको वर्ष २०१० को विश्वकप छनोटअन्तर्गत ओमानविरुद्ध भएको होम एन्ड अवे खेलमा पनि थापा नेपाली टोलीका प्रशिक्षक थिए। मस्कटमा भएको पहिलो तथा दशरथ रंगशालामा भएको दोस्रो लेगमा नेपाल २–० को समान अन्तरले पराजित भएको थियो। चित्तागोङमा भएको पहिलो एएफसी च्यालेन्ज कपको समूह चरणमा भुटानलाई २–० ले हराएको नेपालले ब्रुनाईलाई २–१ ले नतिजा सुम्पेको थियो भने श्रीलंकासँग १–१ को बराबरी नतिजा निकालेको थियो। यसैगरी भारतलाई ३–० को अन्तरमा हराएर सेमिफाइनल यात्रा तय गरेको नेपाल सेमिफाइनलमा श्रीलंकासँग दुर्भाग्यजक रूपमा पराजित भएको थियो। तत्कालीन टोलीका सबैभन्दा भरपर्दा खेलाडी प्रदीप महर्जनले पेनाल्टीको मौका चुकाउँदा १–१ को बराबरीमा सीमित नेपाल निर्धारित समयमा जित निकाल्न असफल भएको थियो। टाइब्रेकरमा पनि प्रदीपकै पेनाल्टी खेर गएपछि नेपाल फाइनल पुग्न वञ्चित भएको थियो।
नेपालको फुटबलमा यी दुवै प्रतियोगिताको नतिजालाई सफल मानिन्छ। खेलाडीका रूपमा जन्मभूमिका लागि योगदान गर्न नसकेका थापा प्रशिक्षकको भूमिकाबाट भए पनि नेपाली फुटबल उकास्न चाहन्थे। सन् २००४ मा मोहन बगान एकेडेमीबाट आएको आकर्षक जागिरको प्रस्ताव अस्वीकार गरेर उनी नेपाल आउनुमा त्यही कारण थियो। तीन वर्षमात्र नेपाली फुटबलमा काम गरे पनि आफ्नो कार्यकालका थोरै सफलतामा उनी सन्तुष्टि खोजिरहेका थिए। सागर, अञ्जन, सन्दीपजस्ता चेलामाथि उनलाई धेरै हदसम्म गौरव पनि थियो। तर, खेल मिलेमतो प्रकरणपछि ग्लानिको विषय बनेको छ।
'त्यतिबेला सागर, अञ्जनहरू भर्खर १९ वर्षका थिए। मैले नेपाल आउनेबित्तिकै यु–१९ एएफसी च्याम्पियनसिपमा पहिलोपल्ट टोलीको नेतृत्व गर्दा उनीहरू मुख्य खेलाडी थिए। रितेश थापा पनि टिममा थिए। सन्दीप र विकास त झनै साना थिए,' थापाले सम्भि्कए, 'सागरको अनुशासन सबैको चिन्ताको विषय थियो। हप्तांैसम्म पनि अभ्यासमा नआउने, भनेको नमान्ने, राति अबेरसम्म डिस्को र क्लबहरू जाने जस्ता समस्या उनमा थियो। तर, उनीसँग फुटबलको असाधारण क्षमता थियो। त्यतिबेला फुटबल अहिलेजस्तो थिएन। खेलेर खास पैसा पाइँदैनथ्यो। त्यस्तो अवस्थामा खेलाडीलाई सही बाटोमा राख्ने भनेकै हौसलाले मात्र हो। त्यसैले मैले धेरै सम्झाएर उसलाई उच्चस्तरीय फुटबलमा फर्काएको हुँ। मैले त्यो बेला उसलाई भविष्यमा नेपाल टिमको कप्तान बन्नुपर्छ भनेर हौस्याउँथे। पछि सागर कप्तान हुँदा मलाई सबैभन्दा खुसी लागेको थियो। तर, अहिले आफैलाई त्यसमा ग्लानि भइरहेको छ।'
थापालाई अञ्जन आफ्ना चेलामध्ये अत्यन्तै प्रतिभावान, गम्भीर र भलाद्मी लाग्थ्यो। 'लेफ्ट ब्याकमा उसको प्रदर्शन निकै राम्रो थियो। क्रसिङ र ओभरल्यापमा ऊ निकै चलाख थियो। साथमा प्रशिक्षणमा पनि निकै मिहिनेत गर्ने, कम बोल्ने र आज्ञाकारी भएका कारण ऊबाट मैले ठूलो आश राखेको थिएँ,' उनले भने, 'तर, चोटका कारण सानै उमेरमा उसले खेल्न छोडेकोमा मलाई दुःख थियो। पछि प्रशिक्षकका रूपमा राम्रो गरिरहेको छ भन्ने सुन्दा खुसी लाग्थ्यो। अहिले ठान्छु ऊसँगका खुसी पनि गलत रहेछन्।'
भैरहवा मणिग्रामका थापा सानैमा भारतीय लाहुरे बुबासँगै मुग्लान पसेका थिए। उतै पढेका थापाले स्कुलदेखि नै फुटबल खेल्न थाले। भारतको प्रतिष्ठित सुब्रोतो मुखर्जी कपमा गरेको उत्कृष्ट प्रदर्शनका कारण उनले भारतीय फुटबल पण्डितहरूको ध्यान आफूतिर ताने। उतै बस्ने क्रममा भारतकै नागरिकता लिएर थापाले अन्तर्राष्ट्रिय फुटबल खेले। अहिले पनि थापाका चारमध्ये तीन दाजुभाइ र आमा मणिग्राममै बस्छन्। तर, थापा भने भारतीय भएर मातृभूमिका लागि खेल्न नपाएकोमा अत्यन्तै दुःखी थिए।
'मैले आफैले नेपालका लागि खेल्न पाइनँ। तर, विश्वको जुन कुनामा भए पनि नेपाली जातिले फुटबलमा राम्रो गरेको म हेर्न चाहन्छु। म पहिला नेपाल आउनुको कारण पनि त्यही थियो,' थापाले भने, 'नेपाली फुटबल माथि जाओस भन्ने मेरो पहिलो कामना हो। त्यसो नभए अरु देशमै पनि नेपाली मूलका खेलाडीले राम्रो गरुन् भन्ने लाग्छ। तर मिलेमतोजस्तो गम्भीर अपराधमा नेपाली मुछिँदाको पीडा खप्न सकिँदो रहेनछ।'
प्रत्यक्ष रूपमा अनुबन्धित नभए पनि थापा नेपाली फुटबलका हरेक क्षणका खबर राख्छन्। यहाँका सबैखाले गतिविधिसँग चासो राख्छन्। नेपाली फुटबलका सफलताका खबर सुन्दा खुसीले उत्तेजित हुने थापालाई यसका नराम्रा पक्षले त्यतिकै दुःखी बनाउने गरेको छ। पछिल्लो तीन वर्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा र एन्फामाथि भ्रष्टाचारको अभियोग लाग्दा पनि उनलाई त्यतिकै दुःख लागेको थियो। भन्छन्, 'गणेश भाइ हामीसँगै खेलेका एउटा राम्रो खेलाडी हुन्। एउटा खेलाडी एन्फाको अध्यक्ष भएको, एएफसीको उपाध्यक्ष जस्तो पदमा पुगेको खबरले निकै खुसी दिएको थियो। तर, उहाँ पछि जसरी विवादमा पर्नुभयो, त्यसले उत्तिकै दुःख लाग्यो।'
मिलेमतोको रोगलाई बेलैमा निमिट्यान्न पार्न नसके यसले सम्पूर्ण देशको फुटबल नै धराशयी पार्ने थापा बताउँछन्। 'फुटबलमा सबैभन्दा ठूलो रोग मिलेमतो हो। अहिले राष्ट्रिय टोलीका पाँच खेलाडी यसमा मुछिँदा धेरै युवाको फुटबलप्रति लगाव स्वाभाविक रूपमा घट्छ। अभिभावकले पनि फुटबलमा आफ्ना बच्चालाई लाग्न नदिन सक्छन्,' थापाले सुझाए, 'त्यसैले यसको राम्ररी अनुसन्धान हुनुपर्छ। निर्दोषलाई हानी पुग्नु हुँदैन। दोषीजति एउटा पनि उम्कन पाउनुहुँदैन। भविष्यमा इमान्दारिता र प्रतिबद्धता नभएकाहरू फुटबलमा आउन नसक्ने अवस्था सिर्जना गर्नुपर्छ। नेपालको फुटबललाई सही बाटोमा हिँडाउन यो एउटा अवसर पनि हुनसक्छ।'