खेलाडीलाई थप एक साता हिरासत
१५ कार्तिक २०७२
•
८ मिनेट पाठ
खेलाडीलाई थप एक साता हिरासत
काठमाडौं- अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरी राज्यविरुद्ध अपराध गरेको अभियोग खेपिरहेका पाँच राष्ट्रिय खेलाडीलाई थप सात दिन हिरासत राखेर अनुसन्धान गर्न प्रहरीले विशेष अदालतबाट म्याद पाएको छ।

खेल मिलेमतो गराउन सक्रिय समूहसँग मिलेर सन् २००८ देखि खेलिएका अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले असोज २७ मा राष्ट्रिय टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, रितेश थापा, विकाससिंह क्षत्री र अञ्जन केसीलाई पक्राउ गरेको थियो। पहिलो पटक पाएको १७ दिने म्याद सकिएपछि प्रहरीले आइतबार राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पक्राउ परेका पाँच जनालाई अनुसन्धान नसकिएको भन्दै थप हिरासतमा राख्न म्याद मागेको थियो।

पक्राउ खेलाडीले विदेशी एजेन्टमार्फत पाएको आर्थिक विवरण प्राप्त गर्ने, एन्फाबाट पत्र प्राप्त गर्ने र बुझिएका व्यक्तिको कागज गर्ने काम बाँकी रहेकाले थप आठ दिन हिरासत राख्न अनुमति मागेको थियो। विशेषले कात्तिक १४ बाट गणना हुनेगरी दोस्रोपटक एक साता हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको हो।

प्रहरीले उनीहरुमाथि राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ अनुसार विदेशी मुलुकको संगठित समूहसँग मिलेर राष्ट्रको प्रतिष्ठामाथि खेलबाड गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ। उनीहरुमाथिको अभियोग पुष्टि भए आजन्म कैददेखि न्यूनतम १० वर्ष कैद सजाय हुनसक्छ। 'अदालतले दोस्रोपटक सातदिनको म्याद दिएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी विश्वराज पोखरेलले भने, 'यो बीचमा अनुसन्धान सकाउँछौं।'

पक्राउ परेका खेलाडीले आफूहरुमाथि लागेको आरोप निराधार रहेको दाबी गरे पनि प्रहरीले १३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको र मिलेमतोमा सक्रिय बुकीसँग एक खेलबापत प्रतिखेलाडी ५ हजार अमेरिकी डलर लिएको भन्दै अनुसन्धान अगाडि बढाइरहेको छ।

प्रहरीले दोस्रोपटक पाएको एक साताको म्यादभित्रै अनुसन्धान सकाएर जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अनुसन्धानअनुसारको प्रस्तावित राय पठाउनुपर्ने छ। पक्राउको २५ दिनभित्र अदालतमा अभियोगपत्र दर्ता हुनुपर्ने कानुनी प्रावधानका कारण जिल्ला न्यायधिवक्ताको कार्यालयले प्रहरीको प्रस्तावित रायमा संलग्न प्रमाणलाई आधार बनाएर खेलाडीको संलग्नता र दण्ड सजायको दाबीसहित अभियोगपत्र दर्ता गर्नुपर्नेछ।

पाँच खेलाडी, तीन बुकी र एक एन्फा अफिसियललाई अभियुक्त बनाउँदै प्रहरीले खेल मिलेमतोको अनुसन्धान गरिरहेको छ। खेलाडीबाहेक अन्य व्यक्ति पक्राउ परेका छैनन्। मिलेमतोमा पोलिएका एक एन्फा अफिसियलको पक्राउ प्रयास भइरहे पनि मुलुकबाहिर रहेकाले मुद्दा अदालत पुग्नुअगाडि उनीहरुको पक्राउ सम्भव देखिन्न।

खेलाडीको व्यवहार फेरियो

प्रारम्भिक बयानका आरोप सकारेका खेलाडीले पछिल्लो बयानमा अस्वीकार गरे पनि अनुसन्धान क्रममा फेला परेका प्रमाणका आधारमा मिलेमतोमा उनीहरुको संलग्नता पुष्टि हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकारी दाबी गर्छन्। 'अनुसन्धानमा खेलाडी सहयोगी देखिएका छैनन्,' अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले नागरिकसँग भने, 'उनीहरुले इन्कारी बयान दिए पनि अभियोग पुष्टिका पर्याप्त आधार जुटाइसकेका छौं।'

खेल मिलेमतो गरेको आरोप लागेका खेलाडीले खेलेको खेलको नतिजा, उनीहरुको सम्पर्कमा रहेका विदेशी बुकी र उनीहरुको पृष्ठभूमि, खेलाडीको आर्थिक गतिविधि र आम्दानीको स्रोत तथा उनीहरुको नाममा विदेशबाट आएको रकमको विवरणका आधारमा अभियोग पुष्टिका आधार बनाएका छन्। पक्राउअघिको अनुसन्धानमा खेल मिलेमतो गराउने एजेन्टका रूपमा अन्तर्राष्ट्रिय फुटबलमै कुख्यात सिंगापुर र मलेसियन नागरिकसँग सागर र अञ्जनको नियमित सम्पर्क देखिनु र सागरले समेत त्यसलाई स्वीकार्नु अनुसन्धानको सबैभन्दा बलियो पाटो देखिएको छ।

अनुसन्धानमा फेला परेका विवरणबाट खेल मिलेमतोमा कहलिएका बुकी विल्सन राज पेरुमल, टिटानी पेरीसामी, तमन प्रमाटा, केशवन पट्टानसँग अञ्जन र सागर नियमित सम्पर्कमा रहनु र सागर र विल्सनबीच नेपालमै भेट भएको विवरणलाई समेत प्रहरीले अभियोग पुष्टिको बलियो आधारको सूचीमा राखेको छ। प्रारम्भिक बयानमा सागरले समेत सन् २००८ मा विल्सन र आफूबीच दरबारमार्गको एक रेस्टुरेन्टमा भेट भएको र उनले म्याचफिक्सिङको प्रस्ताव गरेको खुलाएका थिए। हिरासतमा रहेका खेलाडी र उनीहरु निकटको नाममा सिंगापुर र मलेसियाबाट वेस्टर्न युनियन मनी ट्रान्सफरबाट आएको पैसाको विवरणलाई समेत प्रहरीले अभियोग पुष्टिको बलियो आधार बनाएको देखियो। अनुसन्धानमा अञ्जनले पाँचपटक लिएको रकम खेल मिलेमतोको भएको र रितेशले मलेसियाबाट बैंकमा काम गर्ने आफन्तको नाममा पठाएको नौ लाख रुपैयाँसमेत सोही प्रकृतिको भएकोमा अनुसन्धान टोली विश्वस्त देखिन्छ।

प्रहरी अनुसन्धानमा सघाउन एसियाली फुटबल महासंघ र स्पोर्ट्स राडारले बुकी र खेल मिलमतोमा संलग्न खेलाडीबीच भएको आर्थिक कारोबारको सूची पठाएको छ। सूचीमा सन् २००९ को डिसेम्बरमा रितेशको नाममा सिंगापुरबाट ४ हजार २ सय सिंगापुर डलर आएको थियो। अञ्जनको नाममा सन् २००९ बाट रकम आएको विवरण छ। २००९ डिसेम्बरमा ७ हजार १ सय सिंगापुर डलर, २०१२ सेप्टेम्बरमा २ हजार ४ सय ८० मलेसियन रिंगेट, २०१३ को अगस्टमा ९ हजार ८ सय, सेप्टेम्बरमा १ हजार ६ सय मलेसियन रिंगेट र फेब्रुअरीमा १ हजार सिंगापुर डलर आएको थियो।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस